२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति
अ अ+ अ-

बागलुङ। बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै रु १० करोडको क्षति पुगेको छ । असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाले गाउँपालिकाले ठूलो धनजनको क्षति व्यहोर्नु परेको हो ।

अविरल वर्षासँगै आएको बाढीपहिरोले बागलुङको निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको छ भने करिब रु १० करोड बराबरको भौतिक क्षति पु¥याएको निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुनमगरले बताउनुभयो ।

निसीखोला गाउँपालिका–३ मा पहिरोले घर पुरिँदा एकैपरिवारका चार जनाको मृत्यु भएको छ । पहिरोमा परी श्यामकुमारी विक र उनका तीन छोरा मनोज, मुकेश तथा निसान विकको ज्यान गएको हो । यस्तै निसीखोला–६ मा गोठ पुरिँदा गोठभित्र सुतिरहेका सुर्ज घर्तीमगरको मृत्यु भएको थियो ।

गाउँपालिका–४ स्थित कानाबगर र झिवाखोला बजारको केही भाग बगरमा परिणत भएको छ । मध्यपहाडी लोकमार्गको निसीखोला खण्डमा ठूलो क्षति बनाएको छ । झिवाखोला बजारको पुरानो बजार, हाडवर्यर, फर्निचर, किराना पसल तथा लिटिल रोज बोर्डिङसहित प्रहरी चौकीमा क्षति पु¥याएको छ ।

गाउँपालिकामा सडक पूर्वाधार, निजी आवास, विद्यालय तथा स्वास्थ्य चौकी भवन, खानेपानी, सिँचाइ, लघु विद्युत्, पुल र कृषि क्षेत्रमा ठूलो क्षति भएको छ । गाउँपालिका भरमा निसीखोलामा आएको बाढी र विभिन्न क्षेत्रमा खसेको पहिरोले रु नौ करोड ९२ लाख २९ हजार ९५० को भौतिक क्षति गराएको छ । सडक पूर्वाधारमा रु तीन करोड ४० लाख, भवन तथा आवासमा रु पाँच करोड ३० लाख, खानेपानीमा रु पाँच लाख १२ हजार, सिँचाइमा रु ३५ लाख ३८ हजार, विद्युत्मा रु ३७ लाख ४० हजार, झोलुङ्गे पुलमा रु २० लाख, कृषि क्षेत्रमा रु ३३ लाख २८ हजार नोक्सानी भएको छ ।

बाढीपहिरोले सडक पूर्वाधारमा क्षति पुर्याउँदा ग्रामीण क्षेत्रको जनजीवन नै प्रभावित बनाएको छ । कालोपत्र सडक, ढलान सडक, ग्याबिन पर्खाल र नालीमा क्षति पुगेको छ । रासस