२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा

एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा
अ अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीको १० प्रतिशत मनोनयन कोटाअन्तर्गत रिक्त रहेका पदहरूमा १३ जना नेतालाई सर्वसम्मत रूपमा मनोनयन गरेको छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा शनिवार सम्पन्न स्थायी कमिटी बैठकले महिलातर्फ ६, पुरुषतर्फ ६ र अन्य दलबाट पार्टी प्रवेश गरेका एक जना केन्द्रिय कमिटीमा गरी १३ जना नेताको मनोनयन टुङ्गो लगाएको हो ।

स्थायी कमिटी बैठकका निर्णय सार्वजनिक गर्दै एमाले उपमहासचिव लेखराज भट्टले पार्टी विधानअनुसारको १० प्रतिशत मनोनयन प्रक्रिया आज पूर्ण रूपमा सम्पन्न भएको जानकारी दिनुभयो ।

उहाँकाअनुसार मनोनयनमा समावेशी आधारमा विभिन्न भूगोल र पृष्ठभूमिका नेताहरूलाई स्थान दिइएको छ । मनोनित हुने महिलाहरूमा सृजना राई (भोजपुर), सावित्रा अर्याल (रुपन्देही), इन्दु कडरिया विष्ट (कञ्चनपुर), सीता पंगेनी (नवलपुर), सीता अधिकारी (भारत प्रवास) र डा. पुष्पा केसी भण्डारी (कास्की) रहनुभएको छ । यस्तै अन्य दलबाट एमाले प्रवेश गर्नुभएका सिरहाका धर्मनाथप्रसाद साहलाई पनि मनोनयन गरिएको छ । पुरुषतर्फ तेजमान कन्दङ्वा (तेह्रथुम), टंक आङ्बुहाङ (ताप्लेजुङ), नविन रोका (रोल्पा), मीनप्रसाद गुरुङ (स्याङ्जा), नवल पाण्डे (दोलखा) र तेजेन्द्र केसी (रुपन्देही) मनोनित हुनुभएको छ । पार्टीका विभागहरू, मञ्च तथा समग्र कार्यविभाजनको सम्बन्धमा आवश्यक गृहकार्यपछि अर्को बैठकको मिति तय गरिने उपमहासचिव भट्टले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आजको बैठकमा केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनयन गर्ने एजेन्डामा छलफल भयो । महिलातर्फ सृजना राई (भोजपुर), सावित्रा अर्याल (रुपन्देही), इन्दु कडरिया विष्ट (कञ्चनपुर), सीता पंगेनी (नवलपुर), सीता अधिकारी (भारत प्रवास) र डा. पुष्पा केसी भण्डारी (कास्की) गरी ६ जना मनोनयन गर्ने निर्णय भएको छ । त्यसैगरी, पुरुषतर्फ तेजमान कन्दङ्वा (तेह्रथुम), टंक आङ्बुहाङ (ताप्लेजुङ), नविन रोका (रोल्पा), मीनप्रसाद गुरुङ (स्याङ्जा), नवल पाण्डे (दोलखा) र तेजेन्द्र केसी (रुपन्देही) गरी ६ जना मनोनयन भएका छन् । अन्य पार्टीबाट नेकपा एमालेमा प्रवेश गर्नुभएका धर्मनाथप्रसाद साह (सिरहा) पनि केन्द्रिय कमिटीमा जोडिनुभएको छ । अन्य विभाग, मञ्च र कार्यविभाजनसम्बन्धी विषयमा गृहकार्य भइरहेको छ । त्यसपछि बैठकको अर्को मिति तय गरिनेछ । बैठकमा सैद्धान्तिक, वैचारिक, राजनीतिक तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबारे पनि विस्तृत छलफल भएको छ । पार्टीभित्र विभिन्न विचार आउनु स्वाभाविक हो । ती विषयमा छलफल गरेर अध्यक्षले अन्तिम निर्णय सुनाउनुहुन्छ र त्यसको कार्यान्वयन हुन्छ । मलाई बैठकमा त्यस्तो केही भएको जस्तो लागेन। कुनै विवाद थिएन । स्थायी कमिटीका सदस्यहरू पनि सर्वसम्मतिबाट चयन भएका हुन् र आजको मनोनयनसम्बन्धी निर्णय पनि सर्वसम्मतिबाटै भएको हो । पार्टीभित्र त्यस्तो विवाद रहेको भन्ने कुरामा कुनै सत्यता छैन ।’

बैठक केवल मनोनयनमा मात्र सिमित नरहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थिति, पार्टीको सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे समेत गहन छलफल भएको उहाँको भनाइ छ ।

पत्रकारहरूको जिज्ञासामा उपमहासचिव भट्टले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलबीच मनोनयनलाई लिएर कुनै मतभेद नरहेको प्रष्ट पार्नुभयो ।

नेतृत्व परिवर्तन र गुटबन्दीबारे बाहिर आएका हल्लाहरू तथ्यहीन रहेको उल्लेख गर्दै उहाँले बैठकका सम्पूर्ण निर्णयहरू पूर्ण सहमतिका साथ सर्वसम्मत रूपमा पारित भएको दाबी गर्नुभयो । –न्युज एजेन्सी नेपाल