२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ

एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’

एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’
अ अ+ अ-

काठमाडौँ।  नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार उल्टो बाटोमा हिडिँरहेको आरोप लगाउनुभएको छ ।

नेकपा एमाले वागमती प्रदेश कमिटिले आयोजना गरेको कार्यक्रममा उहाँले सरकार सुशासन, सेवा प्रवाह र लोकतान्त्रिक अधिकारका विषयमा आफ्नै प्रतिवद्धताबाट पछि हटेको आरोप लगाउनुभएको हो ।

निर्वाचनबाट दुई तिहाईको सरकार बनेको भएपनि सरकारको कार्यशैलीले राजनीतिक स्थायित्व र सुशासनप्रति आश्वस्त पार्न नसकेको उहाँले बताउनु भयो ।

गठन भएको छ महिनामै सरकार सुशासन र सेवा प्रवाह सुधारका प्रतिवद्धताबाट पछि हट्न थालेको उहाँको आरोप छ । वर्तमान सत्तारुढ दलले चुनावका बेला सुशासन कायम गर्ने, भ्रष्टाचार अन्त्य गर्ने र सार्वजनिक सेवा प्रवाहलाई तिब्र बनाउने प्रतिवद्धता जनाएको भएपनि अहिले ती प्रतिवद्धता कार्यान्वयन गर्नुको सट्टा उल्टो दिशामा अघि बढेको उहाँले दाबी गर्नुभयो ।

सरकारले अनलाइन प्रणालीबाट सेवा प्रवाह गर्ने भनेपनि यसअघि नै अनलाइनमा गइसकेका कतिपय सेवाहरू पुनः कागजी प्रक्रियामा फर्काएको उहाँको भनाई छ । विशेषगरी विद्युतीय बोलपत्र (ई–बिडिङ) प्रणालीलाई पुनः कागजी प्रक्रियामा लैजाने तयारी गरिएको उहाँले बताउनु भयो । ई–बिडिङ प्रणालीलाई कागजी प्रक्रियामा फर्काएर सरकारले ठेक्कापट्टामा शक्तिशाली समूहको हस्तक्षेप र अनियमिततालाई प्रोत्साहन गर्न खोजेको आरोप लगाउनु भयो ।

विगतमा ठेक्कापट्टामा पहुँच र शक्तिका आधारमा प्रतिष्पर्धीलाई बोलपत्र दर्ता गर्नसमेत रोक्ने प्रवृत्ति नियन्त्रण गर्न विद्युतीय प्रणाली लागू गरिएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘निर्वाचनबाट बनेको सरकार छ । सरकार पक्षधरहरूको संसद्मा झण्डै दुई तिहाइको समर्थन छ, उपस्थिति छ । तर सरकार जुन बाटो हिँड्न लागिरहेको छ, त्यो बाटो राजनीतिक स्थायित्वका दृष्टिकोणले पनि मान्छे आश्वस्त हुन सकेको छैन । चुनावको समयमा नयाँ भनिनेहरूको सबभन्दा चर्को नारा के रह्यो भन्दाखेरि हामी सुशासन र सेवा प्रवाह मा तीव्रता ल्याउँछौँ । भ्रष्टाचारको अन्त्य गर्छौँ भन्ने नाराले उनीहरूले जनताको विश्वास जित्ने काम गरेका थिए । तर छ महिनाको अवधि पुग्दाखेरि सुशासनका प्रश्नमा हामीले हेर्ने हो भने उनीहरूले अगाडि सारेका १०० बुँदे प्रतिबद्धता बाट उनीहरू स्वयम् आफैँ पछाडि फर्कन थालेका छन् । अगाडि बढ्ने कुरा छोड्दिनुस्, सेवा प्रवाह लाइन लाग्नुपर्दैन भनियो । सबै कुरा अनलाइनमा भन्ने नारा लगाइयो । हिजोको सरकारले बनाईसकेका कतिपय अनलाईन सेवाहरू आज फेरि कागजी प्रक्रियामा फर्कदैछन् । तपाईंहरूले सुन्नुभो होला, टेन्डर प्रक्रियालाई अब कागजी प्रक्रियामा लाने कुरा बाहिर आइराख्या छ । इ–बिडिङ कागजी प्रक्रियातर्फ फर्कनुको अर्थ के हो त भन्दाखेरि सुशासनका प्रश्नमा उनीहरू असफल भए भन्ने कुराको सन्देश नै हो । विद्युतीय कारोबारमा त्रुटि हुन सक्छ, तर त्यो त्रुटि कागजी प्रक्रियाको त्रुटिभन्दा धेरै कम हुन्छ । कागजी प्रक्रियाको सन्दर्भ कुराकानी गर्ने हो भने डनगिरी यति ज्यादा मौलाएको थियो, ठेक्कापट्टाका सन्दर्भमा । बलिया भनिनेहरूले कमजोरहरूलाई दर्ता पनि गर्न नदिने खालको अवस्था थियो । त्यो चिजलाई रोक्नका लागि नै इ–बिडिङको प्रक्रियामा जाने काम भएको हो, आज इ–बिडिङमा समस्या देखियो भन्ने नाममा फेरि कागजी प्रक्रियामा जाने भनेको समाजमा फेरि डनगिरीलाई प्रोत्साहित गर्ने खालको बाटोमा सरकार जाँदैछ भन्ने कुरा देखिन्छ । कुनै चिज नयाँ बाटोमा हिँडिसकेपछि पछाडि फर्कने कुरा उचित हुँदैन । नयाँ बाटोमा समस्या देखा पर्यो भने त्यसको समाधान खोज्नुपर्दछ । कुनै पनि समस्याबाट मुक्त त कुनै पनि विषय हुँदैन । नयाँ काम समस्यारहित हुँदैन तर नयाँ काम थालिसकेपछि त्यसलाई सफल पार्नका लागि त्यहीभित्र उत्पन्न भएको समस्याको समाधान खोज्नुपर्दछ नकि पछाडि फर्कने कुरा । अहिले सरकार जसरी आफैँले गरेका बाचाहरूबाट पछाडि फर्कने खालको काम गरिएको छ, त्यसमा स्वभाविक रुपमा उसले आफ्नो असफलतालाई सङ्केत गरिरहेको छ भन्ने कुरा हामी बुझ्न सक्तछौँ ।’

उहाँले सरकारले लोकतन्त्रमा नागरिकलाई सङ्गठित हुने अधिकारको पनि कुण्ठित गर्न खोजेको आरोप लगाउनु भयो । विश्वविद्यालय र कलेजमा विद्यार्थी सङ्गठनका गतिविधि रोक्ने तथा निर्वाचित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का पदाधिकारीलाई समेत गतिविधि गर्न नदिने काम सरकारबाट भएको उहाँको भनाई छ । –न्युज एजेन्सी नेपाल