२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित

विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी

विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी
अ अ+ अ-

काठमाडौँ। विपद् जोखिम न्युनिकरण विज्ञ एवं संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीका कार्यक्रम विश्लेषक दीपक केसीले जलवायु जोखिमलाई ध्यानमा राखेर जलविद्युत आयोजना निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

इप्पान र क्यानडा फर लोकल इनिसिएटिभले आयोजना गरेको नेपालको हरित भविष्य निर्माणसम्बन्धी नियमित ‘फ्राइडे फोरम’ कार्यक्रममा उहाँले जलवायु परिवर्तन र विपद्का जोखिमलाई ध्यानमा राखेर जलविद्युत आयोजनाको सर्वेक्षण, डिजाइन, निर्माण गर्न सुझाव दिनुभएको हो ।

जलवायु परिवर्तनका कारण बाढी, हिमताल विस्फोटजन्य बाढी लगायतका जोखिम बढिरहेको उल्लेख गर्दै उहाँले प्रविधिको प्रयोगमार्फत जलविद्युत आयोजनालाई सुरक्षित र जोखिमप्रतिरोधी बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले जलविद्युत आयोजनाको सर्वेक्षण तथा अनुमतिपत्र प्रदान गर्ने चरणदेखि नै विस्तृत जोखिम मूल्याङ्कन र नक्साङ्कन गर्नुपर्ने बताउनु भयो ।

सम्भावित जोखिम क्षेत्रको पहिचान, भौगर्भिक तथा भौतिक अध्ययन, हिमतालको गहिराइ मापन र जलाधार क्षेत्रको अध्ययनलाई आयोजनाको प्रारम्भिक चरणमै समेट्न आवश्यक रहेको उहाँको भनाई छ । सीमापार जलाधार क्षेत्रबाट उत्पन्न हुन सक्ने जोखिमको समेत मूल्याङ्कन गर्नुपर्ने उहाँले बताउनु भयो ।

आयोजनाको डिजाइन गर्दा सुरक्षाका मापदण्ड, विस्तृत इन्जिनियरिङ डिजाइन, जोखिमप्रतिरोधी संरचनाको निर्माण र जोखिम न्यूनीकरणका उपायलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ । निर्माण चरणमा विभिन्न परीक्षण तथा प्राविधिक जाँचलाई प्रभावकारी बनाउँदै विपद् आएपछि प्रतिक्रिया जनाउनेभन्दा पनि सम्भावित जोखिमको पूर्वानुमान गरी आवश्यक उपाय अपनाउने प्रणाली विकास गर्नुपर्ने उहाँको सुझाव छ । आयोजनाको सञ्चालनका क्रममा भूउपग्रहबाट प्राप्त तथ्याङ्क, स्याटेलाइट निगरानी, कृत्रिम भूउपग्रहमा आधारित राडार प्रविधि, निगरानी क्यामेरा तथा भूकम्पीय गतिविधि मापन गर्ने सेन्सर प्रयोग गर्न सकिने उहाँले बताउनु भयो । यस्ता प्रविधिले सम्भावित जोखिमको समयमै पहिचान गर्न र आवश्यक सावधानी अपनाउन सहयोग पु¥याउने उहाँको भनाई छ । उहाँले जलविद्युत् आयोजनाको जोखिम व्यवस्थापनका लागि परियोजनाकेन्द्रित दृष्टिकोण मात्र पर्याप्त नहुने बताउनुभयो । नदी करिडोरमा आधारित एकीकृत जोखिम न्युनिकरण प्रणाली निर्माण गर्न आवश्यक रहेको उहाँको भनाई छ । भोटेकोशी बाढीको उदाहरण दिँदै उहाँले नदीको माथिल्लो तथा तल्लो तटीय क्षेत्रमा रहेका विभिन्न आयोजना, प्रसारण प्रणाली, सडक, समुदाय र अन्य पूर्वाधार एकअर्कासँग अन्तरसम्बन्धित हुने भएकाले समग्र करिडोरको सुरक्षालाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो । नदी करिडोरमा रहेका पूर्वाधार र समुदायको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकाय, निजी क्षेत्र तथा आयोजनाबीच समन्वय आवश्यक रहेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जलविद्युत आयोजनाको सर्वेक्षण, डिजाइन, निर्माण र सञ्चालन गरी चारवटै चरणमा सम्बन्धित जोखिम न्युनिकरणका लागि प्रविधिको प्रभावकारी प्रयोग गर्न सकिन्छ । हिमताल विस्फोटजन्य बाढीको जोखिम क्षेत्रमा हाम्रा स्टेसन वा जलविद्युत आयोजनाहरू छन् भने विस्तृत जोखिम तथा संवेदनशीलता मूल्याङ्कन, जोखिम नक्साङ्कन, जलाशयको गहिराइ मापन, भौतिकीय अध्ययन र सीमापार क्षेत्रसमेत समेट्ने जलाधारमा आधारित अध्ययन गर्नुपर्छ । यस्ता विषयलाई सर्वेक्षण र अनुमतिपत्र प्रदान गर्ने चरणदेखि नै समावेश गर्न आवश्यक छ । त्यसैगरी, डिजाइनको चरणमा सुरक्षाका मापदण्ड र सुरक्षा गुणक (फ्याक्टर अफ सेफ्टी) लाई ध्यान दिनुपर्छ । विस्तृत इन्जिनियरिङ डिजाइनमा उत्थानशील संरचना भनेको के हो, त्यस्ता संरचना कसरी निर्माण गर्ने र जोखिम न्यूनीकरणका उपायहरू के–के हुन सक्छन् भन्ने विषय स्पष्ट हुनुपर्छ । निर्माणको चरणमा विभिन्न परीक्षणलाई प्राथमिकता दिनुपर्छ, विपद् आइसकेपछि प्रतिक्रिया दिनुभन्दा जोखिम पहिचान गरेर पहिले नै आवश्यक उपायहरू अवलम्बन गर्नुपर्छ । हामीले आयोजना स्थलमा स्याटेलाइट म्यापिङ, स्याटेलाइट रडार, इन्टरफेरोमेट्रिक स्याटेलाइट रडार, निगरानी क्यामेरा तथा भूकम्पीय गतिविधि पहिचान गर्ने सेन्सरहरू जडान गर्न सक्छौँ । नेपालको आर्थिक विकासका लागि जलविद्युत् विकास अपरिहार्य छ, तर यसको विकास जोखिमलाई ध्यानमा राखेर गर्नुपर्छ । अहिलेको बदलिँदो परिस्थितिमा जलवायु परिवर्तन र हिमताल विस्फोटजन्य बाढीलगायतका जोखिमलाई बेवास्ता गरेर आयोजना विकास गर्न सकिँदैन । जलवायु तथा भूगर्भीय जोखिमलाई ध्यानमा नराखी तयार गरिएका डिजाइन पर्याप्त रूपमा जोखिम–सूचित हुन सक्दैनन् । त्यसैले जलविद्युत् आयोजनाको डिजाइन, निर्माण, सञ्चालन र सेवा समाप्तिपछिको व्यवस्थापनसम्मका सबै चरणमा जोखिमलाई ध्यानमा राख्नुपर्छ । स्याटेलाइट निगरानी, कृत्रिम बौद्धिकता (एआई), डिजिटल ट्विन र आधुनिक पूर्वचेतावनी प्रणालीजस्ता प्रविधिले यसका लागि सक्रिय र प्रभावकारी उपाय अवलम्बन गर्नुपर्छ । भोटेकोशीको घटनाले हामीलाई एउटा महत्वपुर्ण पाठ सिकाएको छ । त्यसैले एउटा आयोजना वा एउटा कम्पनीको सुरक्षामा मात्र सीमित भएर सोच्नु पर्याप्त हुँदैन । हामीले समग्र नदी करिडोरको उत्थानशीलतालाई प्राथमिकता दिनुपर्छ । यो कुनै एउटा कम्पनीको मात्र जिम्मेवारी होइन, राष्ट्रिय महत्त्वको विषय हो । यसमा जलविद्युत् आयोजना, प्रसारण प्रणाली, सडक, समुदाय, व्यापारिक पूर्वाधार र एकअर्कासँग अन्तरसम्बन्धित अन्य संरचनाहरूलाई समेट्नुपर्छ । त्यसैले आयोजना तहको उत्थानशीलतासँगै समग्र नदी करिडोरको उत्थानशीलता अभिवृद्धिमा ध्यान दिन आवश्यक छ ।’

जलविद्युत् आयोजनाको जोखिम व्यवस्थापनमा वास्तविक समयको तथ्याङ्क उपलब्ध गराउने प्रणाली विकास गर्नुपर्ने उहाँको भनाई छ ।

उहाँका अनुसार हिमनदी तथा हिमतालको अवस्था, वर्षा, हिमपात र नदीको बहावसम्बन्धी जानकारी एकीकृत रूपमा उपलब्ध गराउने ड्यासबोर्ड विकास गर्न सकिन्छ । यस्तो प्रणालीले जलविद्युत आयोजनालाई सम्भावित जोखिमबारे समयमै जानकारी दिनुका साथै आवश्यक निर्णय लिन सहयोग पु¥याउने उहाँले बताउनुभयो ।

उहाँले बाढीको नक्साङ्कन तथा निगरानी केन्द्रको तथ्याङ्कलाई बीमा र विपद् वित्तीय व्यवस्थापनसँग जोड्नुपर्नेमा पनि जोड दिनुभयो ।

वैज्ञानिक तथ्याङ्क र जोखिम मूल्याङ्कनका आधारमा जलविद्युत् आयोजनाको बीमा प्रणालीलाई प्रभावकारी बनाउन सकिने उहाँको भनाई छ ।

उहाँले सीमापार सहकार्यलाई पनि ऊर्जा सुरक्षासँग जोडेर हेर्नुपर्ने बताउनु भयो । सीमापार तथ्याङ्क आदानप्रदान, संयुक्त निगरानी तथा समन्वित पूर्वसूचना प्रणाली विकास गर्नुपर्ने उहाँको भनाई छ । –न्युज एजेन्सी नेपाल