२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित)

संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी

संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी
अ अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको पूर्ण कार्यान्वयन नै मुलुकको वर्तमान राजनीतिक निकास र समृद्धिको आधार भएको बताउनुभएको छ ।

जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संविधानका मूल मर्मलाई आत्मसात गर्दै प्रदेश तहमा प्रहरी प्रशासनको अधिकार हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभएको हो । नेता निधीले लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षतासहितका नौ बुँदे राष्ट्रिय सूत्रलाई नेपालको राजनीतिको मूल मन्त्र मान्नुपर्ने बताउनु भयो ।

उहाँले संविधानको सफल कार्यान्वयनबाट मात्र जनताको अधिकार सुरक्षित हुने र संघीयता संस्थागत हुने विश्वास व्यक्त गर्नुभयो । आगामी निर्वाचनको तयारीमा लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिँदै निधिले २०८७ सालको आम निर्वाचनअघि नै स्थानीय तह र प्रदेश सभाको निर्वाचनको तयारीमा जुट्न आग्रह गर्नुभयो ।

उहाँले स्थानीय तहमा भइरहेको विकास निर्माण र बजेट विनियोजनको अधिकारले नै संघीयताको सार्थकता पुष्टि गरिरहेको जिकिर गर्नुभयो । भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न प्रेस स्वतन्त्रता र नागरिक सचेतता आवश्यक रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हामीले लोकतन्त्रको रक्षाका लागि अघि सारेको नौ बुँदे राष्ट्रिय सूत्र नै विवाद र समस्या समाधानको अचुक उपाय हो । भारतजस्तो छिमेकी मुलुकमा जस्तै नेपालमा पनि केन्द्रीय प्रहरी र प्रदेश प्रहरीबीच स्पष्ट कार्यविभाजन हुनुपर्छ । संविधानले दिएको अधिकार कार्यान्वयन गराउन सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बेला आएको छ ।’

विशेषगरी मधेस प्रदेशको सन्दर्भमा उनले प्रहरी प्रशासन हस्तान्तरणमा ढिलाइ भएको भन्दै असन्तुष्टि जनाउनु भयो । संविधानमा प्रदेशको आफ्नै प्रहरी संगठन हुने व्यवस्था भए पनि त्यसको कार्यान्वयन नहुनु दुःखद् भएको उहाँको टिप्पणी छ । उहाँले धर्मनिरपेक्षताको गलत अर्थ लगाउनेहरूबाट भ्रममा नपर्न आग्रह गर्दै नेपालको सन्दर्भमा धार्मिक स्वतन्त्रता नै सबैको साझा मान्यता हुनुपर्ने उल्लेख गर्नुभयो । –न्युज एजेन्सी नेपाल