२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल

खेतमा बेसार, किसानलाई बजारको चिन्ता

खेतमा बेसार, किसानलाई बजारको चिन्ता
अ अ+ अ-

कञ्चनपुर।  कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका खडक बुढाले डेढ बिघा जग्गामा बेसारखेती गर्नुभएको छ ।

धान गहुँभन्दा राम्रो आम्दानी हुन थालेपछि व्यावसायिक रूपमा बेसारखेतीमा लाग्नुभएका उहाँ बेसार बिक्रीका लागि बजारको समस्या देखिन थालेपछि चिन्तित हुनुभएको छ । कुतियाकवरमा उत्पादित बेसार विगतका वर्षमा सीमावर्ती भारतीय बजारमा बिक्री हुने गरेको थियो । गत वर्षदेखि भारतमा बेसार जान बन्द भएपछि यस पटक बेसार बिक्रीका लागि बजार खोज्नुपरेको बुढाले बताउनुभयो ।

“धानखेतीभन्दा बेसारखेतीमा राम्रो आम्दानी हुन थालेपछि डेढ बिघा जग्गामा खेती गरेको छु । तर बिक्रीका लागि बजार पाइँदैन कि भन्ने चिन्ता छ”, बुढाले भन्नुभयो, “गत वर्षदेखि बेसार भारत जान बन्द भएपछि नेपालतर्फका उद्योगमा सम्पर्क गर्न थालेका छौँ ।” भारतीय बजारमा बिक्री हुँदै आएपछि किसानलाई उत्पादनको बजारीकरणमा समस्या थिएन । तर अहिले भारततर्फ बेसार बिक्री हुन बन्द भएपछि किसानले नेपालमै बजार खोज्नुपर्ने अवस्था आएको छ ।

“बेसारखेतीबाट हामीले सबै खर्च कटाएर रु डेढ लाखसम्म आम्दानी गर्थौं”, यहाँका स्थानीय टेकबहादुर सुनारले भन्नुभयो, “यसबाट घरखर्च र बालबच्चाको पठनपाठन राम्रै चलेको थियो ।” उहाँले यहाँका किसानले व्यावसायिक रूपमा बेसारखेती गरे पनि गत वर्षदेखि बजार समस्या आएको बताउनुभयो ।

“यसअघि त हाम्रो उत्पादन भारतीय बजारमा बिक्री हुन्थ्यो हामीलाई समस्या थिएन”, उहाँले भन्नुभयो, “बेसारखेतीबाट राम्रो आम्दानी लिन सकिने सम्भावना भए पनि उत्पादनपछि बजार सुनिश्चित नहुँदा समस्या हुने गरेको छ ।” उहाँले १८ कठ्ठा जग्गामा बेसारखेती गर्दै आउनुभएको छ ।

बाइस कठ्ठा जग्गामा बेसारखेती गरेका यहाँका मोतिराम सुनार पनि उत्पादनभन्दा पनि बजारको समस्या रहेको बताउँछन् । “यहाँको माटो राम्रो उर्वर छ उत्पादन गर्न समस्या छैन”, उहाँले भन्नुभयो, “हाम्रा लागि नजिक र सहज पहुँच भारतीय बजार हो तर गत वर्षदेखि भारतीय बजारमा यहाँको उत्पादन जान बन्द भएपछि हामीलाई बजारको समस्या भएको हो ।”

बेसारखेतीबाट जीविकोपार्जन गर्दै आएका उहाँ यसपटक चिन्तित देखिन्छन् । “हाम्रो घरखर्च सबै खेतीबाट चलेको छ अरु रोजगार छैन”, उहाँले भन्नुभयो, “खेती गर्न पनि ढुक्कसँग गर्न सकिने अवस्था छैन ।” उहाँले किसानको उत्पादनको बजारीकरणमा सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । यहाँका किसानले अहिले बेसार बिक्रीका लागि मसला उद्योगसँग सम्पर्क गरिरहेका छन ।

भारतको बजारमा निर्भर हुँदै आएको बेसारखेतीलाई अब नेपालकै बजारसँग जोड्ने चुनौती रहेको किसान बताउँछन् । उत्पादनसँगै बजारको सुनिश्चितता हुनसके कुतियाकवरमा बेसारखेती किसानको आम्दानीको राम्रो माध्यम बन्न सक्ने विश्वास किसानको छ । यहाँका किसानहरुलाई कृषि ज्ञान केन्द्र कञ्चनपुरले ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराएको हो ।

दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर लिम्बूले किसानको समस्यालाई मध्येनजर गरेर नगरपालिकाले मसला उद्योग सञ्चालनमा ल्याउने तयारी गरिरहेको बताउनुभयो । “कार्यपालिकाबाट मसला उद्योग सञ्चालन गर्ने निर्णय गरिसकेका छाैँ, बजेट पनि विनियोजन भएको छ”, उहाँले भन्नुभयो, “उद्योग सञ्चालनका लागि ठाउँ खोज्ने काम भइरहेको छ ।” स्थानीयस्तरमा उद्योग सञ्चालनमा आए यहाँका किसानले बिक्रीका लागि बजार खोज्नुपर्ने बाध्यता हट्ने छ ।  रासस