२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता

मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे

मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे
अ अ+ अ-

काभ्रेपलाञ्चोक। जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ । यस क्रममा दुई हजार ६०२ मतदाताको नाम हटाइएको छ ।

उक्त कार्यालयका अनुसार दोहोरो दर्ता भएका एक हजार १९८, मृत्यु भएका एक हजार ४०२ र नागरिकता परित्यागका दुई जनाको नाम हटाइएको हो ।

निर्वाचन आयोगले २०८४ वैशाखभित्र स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेको छ । काभ्रेपलाञ्चोकमा गत प्रतिनिधिसभा निर्वाचनमा तीन लाख २६ हजार ६११ मतदाता थिए ।

नाम हटेका सबैभन्दा धेरै भुम्लु गाउँपालिकाका हुन् । उक्त पालिकाबाट ४४७ जनाको नाम कट्टा गरिएको छ । पनौती नगरपालिकाबाट ४३८ जनाको नाम हटाइएको छ भने नमोबुद्ध नगरको ३९० जनाको नाम कट्टा भएको छ ।

यसैगरी, बनेपा नगरका ३२०, धुलिखेलका १७७, मण्डनदेउपुरका १०२ पाँचखालका १३८, महाभारतको चाँैरीदेउरालीका ११८, रोशीका ९९, बेथानचोकका ८८, तेमालका ८२ र खानीखोलाका ६८ जनाको नाम हटाइएको छ । रासस