२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल

चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
अ अ+ अ-

चितवन। चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्यूटले भरतपुर महानगर भित्रका स्वास्थ्य स्वयंसेविकाहरुलाई स्तन क्यान्सर सम्बन्धी सचेतना प्रदान गरेको छ । महानगरका वडा नं. १ देखि २९ सम्मका दुई सय बढी स्वयंसेविकालाई आज सचेतना प्रदान गरिएको हो ।

सो अवसरमा अस्पतालका स्तन क्यान्सर सर्जन डा. संगीता थापाले स्वयंसेविका मार्फत् वडा वडामा सचेतना फैल्याउने अभियान शुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “यहाँ सिकेका ज्ञान तपाईहरुले घरघरसम्म पुर्याएर सचेतना फैल्याउनु हुनेछ ।”

स्तन क्यान्सर भयो भन्दैमा डराउनु नपर्ने जनाउँदै उहाँले समयमा पहिचान गरी उपचार गरेमा निको हुने बताउनुभयो । समय समयमा स्तन क्यान्सर छ छैन भनी परीक्षण गरेर ढुक्क भएर बस्न उहाँको सुझाव छ । स्तनमा भएका कोषिकाहरुको असामान्य बृद्धिलाई स्तन क्यान्सर भनिने जनाउँदै उहाँले आफैले छामेर पनि गाँठागुँठी पत्ता लगाउन सकिन्छ भन्नुभयो । उहाँले भन्नुभयो “स्तनका सबै गाँठागुँठी क्यान्सर हुँदैनन्, तर क्यान्सर हो होइन परीक्षण गरेर निक्र्याैल गर्नुपर्छ ।”

कार्यक्रममा भरतपुर महानगर स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत केशव भट्टले स्वयंसेविका मार्फत् सन्देश घरघरमा पुग्ने हुँदा यो कार्यक्रम निकै प्रभावकारी हुने बताउनुभयो । संघीय सरकारले रु.एक लाख र बागमती प्रदेश सरकारले रु. ५० हजार क्यान्सर उपचारका लागि दिने जनाउँदै स्तन र पाठेघरको क्यान्सरका लागि त्यसमा पनि थप रु. ५० हजार प्रदेशले सहयोग गर्ने जानकारी दिनुभयो ।

अस्पताल निर्देशक प्रा.डा.गोपेन्द्र द्वाले क्यान्सरको सहज उपचारका लागि चितवन मेडिकल कलेजले छुट्टै क्यान्सर ईन्स्टिच्यूट सञ्चालन गरेको जानकारी दिनुभयो । उहाँले क्यान्सर उपचारका लागि आउने बिरामी अन्यत्र भौतारिनु नपर्ने जनाउँदै सम्पूर्ण सुविधा एउटै भवनबाट दिइएको उहाँको भनाइ छ ।

शैक्षिक निर्देशक प्रा.डा.दयाराम लम्साल, प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटा, मेडिकल अंकोलोजिष्ट डा. सुदिप थापा, रेडिएसन अंकोलोजिष्ट डा.सुवास ठाकुर लगायतले अस्पताले संघीय सरकार र प्रदेश सरकारले दिने विपन्न सबै सुविधा यस अस्पतालबाट प्रदान गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा भरतपुर महानगरका सबै वडाका स्वयंसेविकाहरुको सहभागिता रहेको थियो । अक्टोबर महिनालाई विश्वभरी स्तन क्यान्सर सचेतना महिनाका रुपमा मनाउने गरिन्छ । यसै अवसरमा अस्पतालले एक महिनाभरी स्तन क्यान्सर निःशुल्क परीक्षण समेत सुरुआत गरेको छ । रासस