२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके

सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा ४० हजार बढीले हेरिसके
अ अ+ अ-

टेक गिरी

ट्रोम्स, नर्वे। यति बेला नर्वेको चलचित्र जगतमा हिमाल आरोही तेन्जिङ र हिलारी जस्तै तेन्जेन र हरिलाको चर्चा चुलिएको छ।

नर्वेली कीर्तिमानी आरोही क्रिस्टीन हरिलाले निर्माण गरेको वृत्तचित्र “हरिला – निर्दयी पहाड ” ( हरिला-नोद्लोसे फ्येल ) ले गत चार सातादेखि नर्वेको चलचित्र हलहरूमा सफल प्रदर्शन गरिरहेको छ। हालसम्म ४० हजार बढी दर्शंकले उक्त वृत्तचित्र हेरिसकेका छन् ।

सन २०२३ मा ३९ बर्षिया हरिलाले सहयात्री नेपालका तेन्जेन लामा शेर्पाका साथ नेपालका ६ समेत विश्वका १४ वटा आठ हजार मिटर अग्ला हिमालहरू सबैभन्दा कम समय ९२ दिनमा आरोहण गरेर यसअघिको नेपाली मूलका ब्रिटिस आरोही निर्मल पूर्जाको १८९ दिनको विश्व कीर्तिमान तोड्न सफल भएकी थिइन् ।

हरिलाले बिना अतिरिक्त अक्सिजन सगरमाथा आरोहण समेत गरिसकेकी छिन्। उनले यसैवर्ष २०८३ को एउटै सिजनमा नुप्से, ल्होत्से र सगरमाथा ‘ट्रिपल क्राउन च्यालेन्ज’ सफलतापूर्वक आरोहण गरेकी छन्।

ट्रोम्सोको फोकस चलचित्र हलमा नेपाल र वृत्तचित्रका बारेमा जानकारी दिँदै हरिला ।

पुरुष बाहुल्य रहेको आरोहण क्षेत्रमा एक सामान्य उत्तर नर्वेली सामी आदिवासी महिलाले छोटो समयमा कसरी संभव भयो भन्ने कथा देखाइएको छ वृत्तचित्रमा । वृत्तचित्रका मुख्य पात्र हरिला र अंग्रेजी शब्द समेत नजान्ने मुख्य गाइड तेन्जेन बीचको आपसी सम्मान र विश्वासमा आधारित घनिष्ठ मित्रताले सो कीर्तिमान सम्भव भएको उल्लेख छ । कीर्तिमानी आरोहणको एक वर्षपछि अर्को एक हिमाल आरोहणको क्रममा तेन्जेनको निधन हुन्छ।

हिमाल आरोहणमा शेर्पाहरूको साहस, हाइ अल्टिच्यूटमा रहन सक्ने फरक जिन र उच्च हिमालहरूमा बित्ने उनीहरूको जादूगरी जीवनको वृत्तचित्रमा प्रशंसा गरिएको मात्र होइन कीर्तिमानको होडबाजीमा आरोहण गरेर गुजारा गर्ने नेपाली शेर्पाहरूको जीवन बलिदान भएको कुराले दर्शकको मनमा प्रश्न उत्पन्न हुन्छ।

नायिका एवं आरोही हरिलाले हालैको भोटेकोशी घटना लगायत हिमाली दिर्घकालीन बिपद् अनि नेपालको शेर्पा र उनीहरूको परिवारको सुरक्षामा सहयोग गर्न नर्वेमा लामा फाउण्डेसन स्थापना गरेकी छिन् ।

नर्वेकी भूतपूर्व प्रधानमन्त्री अर्ना सोल्बर्गले उक्त वृत्तचित्र बारे स्थानीय मिडियासँग टिप्पणी गर्दै ‘सुख, संघर्ष र साहसको अद्भुत अनुभूति’ भनेकी छिन्।

ट्रोम्सोको फोकस चलचित्र हलमा नेपाली दर्शक सुस्मिता वाग्लेका साथ हरिला।