२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar नेपालको रग्बीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन
अ अ+ अ-

काठमाडौँ। प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको समयमा यात्रु ठग्नेलाई कारबाही गर्न निर्देशन दिनुभएको छ ।

सभापति गजुरेलले आज साँझ गोँगबुस्थित नयाँ बसपार्कको अनुगमन गर्दै चाडपर्वमा हुनसक्ने ठगीलाई नियन्त्रण गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो ।

सभापति गजुरेलले यसवर्ष दशैँ तिहार तथा छठमा १० देखि १५ लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान गरेको भन्दै सोहीअनुसारको व्यवस्थापन मिलाउन सम्बन्धीत निकायलाई आग्रह गर्नुभयो । उहाँले पूर्वाधार विकास समितिले दसैँ, तिहार र छठपर्वमा यात्रुहरूको यात्रालाई सहज, सुरक्षित र व्यवस्थित बनाउन प्रतिनिधिसभा सदस्य धनेन्द्र कार्कीको संयोजकत्वमा उपसमिति गठन गरेर उक्त उपसमितिमार्फत तयार पारिएको प्रतिवेदन प्रधानमन्त्री कार्यालय तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुझाइसकिएको बताउनुभयो ।

सभापति गजुरेलले अध्ययन प्रतिवेदनअनुसार यात्रुको सङ्ख्याअनुसार बसको सङ्ख्या पर्याप्त रहेकाले यसको व्यवस्थापन आवश्यक रहेको उल्लेख गर्नुभयो । फूलपातीदेखि नवमीसम्मको समयमा यात्रुको चाप उच्च हुने भएकाले आवश्यकता परेमा थप बस सञ्चालनका साथै नेपाली सेना, नेपाल प्रहरी तथा सरकारी निकायका सवारीसाधनसमेत प्रयोगमा ल्याउन सकिनेगरी समन्वय भइरहेको उहाँको भनाइ छ ।

अनुगमनका क्रममा नयाँबसपार्कभित्र डिजिटल प्रणालीमार्फत टिकट काट्दा तोकिएको दररेटअनुसार नै भाडा लिइएको र टिकटमा यात्रुको नाम, ठेगाना र सम्पर्क नम्बरसहितको चलानी प्रतिवेदन राखिएकाले ठगी हुने सम्भावना नरहेको पाइएको बताउनुभयो । उहाँले आधिकारिक काउन्टर र प्रणालीबाट मात्र टिकट काट्न यात्रुहरूलाई आग्रह गर्नुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले चाडपर्वको समयमा सहज रूपमा यातायातको प्रबन्ध गर्नका लागि महासङ्घ लागिरहेको बताउनुभयो । नेपाल सरकारबाट तोकिएको भाडामात्र लिएर सवारीसाधन सञ्चालन गर्नका लागि महासङ्घले सबै व्यवसायीलाई निर्देशन दिइसकेको बताउनुभयो ।

नयाँबसपार्क सञ्चालन गरेको ल्होत्से बहुउदेश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लले सभापति गजुरेललाई नयाँबसपार्क सञ्चालनको बारेमा जानकारी दिनुहुँदै दसैँमा घर जाने यात्रुलाई अग्रिम टिकट बुकिङ गर्न १५ काउन्टर थप गरिएको बताउनुभयो ।

अनुगमनमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदी, सडक बोर्ड नेपालका सदस्य अरुणकुमार श्रेष्ठ, उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना, नगर प्रहरी नायब उपरीक्षक प्रकाश पण्डितलगायतको सहभागिता थियो । रासस