काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल सेवाबाट बर्खास्त गरेको छ । मन्त्रालयले शुक्रबारदेखि लागू हुने गरी दाहाललाई सशस्त्र प्रहरी सेवाबाट हटाउने निर्णय गरको हो ।
यो पनि पढ्नुहोस- चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल निलम्बित
गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा दाहालले आचरणसम्बन्धी नियम बारम्बार उल्लङ्घन गरेको, अनुशासनहीन काम गरेको तथा नेपाल सरकार वा आफू कार्यरत सङ्गठनको मानप्रतिष्ठा एवं छविमा आँच पुर्याउने कार्य गरेको उल्लेख छ।
यसअघि सूचना चुहावटको आरोपमा दाहाल असोज १९ गते निलम्बनमा परेका थिए।
यो पनि पढ्नुहोस- गोपनीयता भंग गर्ने जोसुकैलाई कानूनको कठघरामा ल्याइन्छ: गृहमन्त्री गुरुङ









