२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar नेपालको रग्बीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य News Polar गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता News Polar सर्वोच्च अदालतद्वारा सुदूरपश्चिमको बजेटसम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार News Polar काँग्रेस महाधिवेशनः सभापतिका उम्मेदवार थापाद्वारा मतदान, ५ हजार ६ सय बढी मत खस्यो News Polar बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो News Polar पोखरामा स्कुल बस दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाको पहिचान News Polar व्यवसायमैत्री कानुन निर्माण आवश्यक छ : अध्यक्ष श्रेष्ठ News Polar कांग्रेस महाधिवेशनः मतदानको समय बेलुका ७ बजेसम्म थपियो News Polar साहद्वारा बाढीपीडितलाई ३० लाख रुपैयाँ सहयोग News Polar यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू News Polar मन्त्री गिता चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar कोशी प्रदेशसभामा लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस News Polar दुई जलविद्युत् आयोजनाको २१ अर्बभन्दा बढी लगानी स्वीकृत News Polar इन्टर्नको स्टाइपेन्ड माग आयोगको बैठकमा लैजाने सहमतिः हरिजनले तोडे अनशन

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो
अ अ+ अ-

बाँके। जिल्लामा डेङ्गको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य कार्यालय बाँकेले हालसम्म ९० जनामा डेङ्गको सङक्रमण पुष्टि भएको जनाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका सबैभन्दा बढी सङ्क्रमण रहेको स्वास्थ्य कार्यालयका मलेरिया सम्पर्क व्यक्ति रत्नप्रसाद शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाका कोहलपुर नगरपालिका, डडुवा गाउँपालिका, राप्तीसोनरी गाँउपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा समेत डेङ्गको सङ्क्रमण देखिएको छ ।

नेपालगञ्जको भेरी अस्पताल, सञ्जीवनी अस्पताललगायत अन्य अस्पतालहरूमा जाँचका क्रममा गत पुसदेखि असोज १६ गतेसम्म ९० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका सम्पर्क व्यक्ति शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार डेङ्ग सङ्क्रमण देखिएका बिरामीमध्ये धेरैले उपचार गराएर घर फर्किसकेको र केही बिरामीको विभिन्न अस्पतालमा उपचार जारी रहेको छ ।

त्यसैगरी डेङ्ग सङ्क्रमणको जोखिम बढेपछि जोखिम न्यूनीकरणका लागि नेपालगञ्ज उपमहानगरपालिकाले ‘लार्भा नष्ट’ अभियान सञ्चालन गर्न लागेको छ ।

डेङ्ग सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न स्थानीय तहका २३ वटा वडामा लामखुट्टेको बासस्थानसहित लार्भा नष्ट अभियान सञ्चालन गर्न लागिएको उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख जागेश्वर बस्नेतले बताउनुभयो ।

उहाँका अनुसार अभियानअन्तर्गत घर तथा समुदाय वरिपरि जमेको पानी, गमला, एसी, कुलरलगायत पानी जम्मा हुने स्थानमा डेङ्ग सार्ने लामखुट्टेको बासस्थान तथा लार्भा खोजी गरी नष्ट गरिनेछ ।

नेपालगञ्जको जनस्वास्थ्य प्रवर्द्धन शाखाका जनस्वास्थ्य अधिकृतसमेत रहनुभएका कीटजन्य रोगका सम्पर्क व्यक्ति सरोज रिमालले केही दिनभित्रै लार्भा खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन गर्ने गरी सम्बद्ध सरोकारवालासँग छलफल गरिएको बताउनुभयो ।

उहाँका अनुसार विगतमा सञ्चालन गरिएको ‘लार्भा खोज र नष्ट गर’ अभियानपछि डेङ्ग सङ्क्रमण घटेको थियो । डेङ्गु सार्ने लामखुट्टे मङ्सिरसम्म सक्रिय रहने भएकाले सो अवधि अघि नै अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न लागिएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । रासस