२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू News Polar मन्त्री गिता चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar कोशी प्रदेशसभामा लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस News Polar दुई जलविद्युत् आयोजनाको २१ अर्बभन्दा बढी लगानी स्वीकृत News Polar इन्टर्नको स्टाइपेन्ड माग आयोगको बैठकमा लैजाने सहमतिः हरिजनले तोडे अनशन News Polar पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो News Polar मुगुम समाज कल्याण केन्द्रद्वारा विपद् प्रभावितका लागि ६ लाख सहयोग News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा News Polar कांग्रेस महाधिवेशन: दिउँसो २:३० बजेसम्म ३ हजार ७५४ मत खस्यो News Polar सिभिल अस्पतालमा १७ सदस्यीय चिनियाँ चिकित्सक टोलीद्वारा निःशुल्क स्वास्थ्य परीक्षण News Polar यी हुन् २१ किलो सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिक News Polar दीपक भट्टको मानव अधिकार संरक्षणको माग गर्दै बुवाद्वारा आयोगमा निवेदन News Polar बाढीपहिरो प्रभावित ६ जिल्लाका स्थानीय तह तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषित News Polar चाडपर्वमा अत्यावश्यक सेवा नियमित राख्न सरकारको निर्देशन News Polar कांग्रेस महाधिवेशनको मतदान समय साँझ ५ बजेसम्म थपियो News Polar मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै News Polar भ्रष्टाचारविरुद्धको महासन्धि कार्यान्वयनबारे सबै जिल्लामा अनुगमन गरिने News Polar हुलाक सेवालाई सरकारी कुरियरका रूपमा विकास गर्ने सरकारको योजना प्रभावकारी बन्दै : सञ्चारमन्त्री तिमिल्सिना News Polar मुगुका २० बालिकालाई शान्ति समाजद्वारा छात्रवृत्ति News Polar बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन समस्या

इन्टर्नको स्टाइपेन्ड माग आयोगको बैठकमा लैजाने सहमतिः हरिजनले तोडे अनशन

इन्टर्नको स्टाइपेन्ड माग आयोगको बैठकमा लैजाने सहमतिः हरिजनले तोडे अनशन
अ अ+ अ-

काठमाडौं । इन्टर्न चिकित्सकहरूको मासिक निर्वाह भत्ता (स्टाइपेन्ड) सम्बन्धी माग चिकित्सा शिक्षा आयोगको आगामी बैठकमा प्रस्तावका रूपमा लैजाने सहमति भएपछि आमरण अनशनरत इन्टर्न चिकित्सक डिल्ली हरिजनले अनशन तोड्नुभएको छ ।

एमबिबीएस तथा बिडीएस इन्टर्न चिकित्सकहरूको निर्वाह भत्तासम्बन्धी माग आयोगको आगामी बैठकमा प्रस्तावका रूपमा लैजाने सहमति भएसँगै हरिजनले आज अनशन तोड्नुभएको हो ।

सम्झौतामा सरकारका तर्फबाट शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव जयराम अधिकारी र चिकित्सा शिक्षा आयोगका सदस्यसचिव हरिप्रसाद निरौलाका साथै अनशनरत हरिजन तथा चिकित्सा शिक्षाका विद्यार्थी रेशम विष्ट, सन्तोष चौधरी र महेश्वर अधिकारी सहभागी हुनुहुन्थ्यो ।

इन्टर्न चिकित्सकको पारिश्रमिक निर्धारण गर्नुपर्ने, श्रमको मूल्याङ्कन गर्नुपर्नेलगायत माग राख्दै हरिजन गत साउन १९ गतेदेखि माइतीघर मण्डलामा आमरण अनशन बस्नुभएको थियो । सरकारले साउन २२ गते पाँच बुँदे सहमति गरेपछि उहाँले अनशन तोड्नुभएको थियो । उक्त सहमति कार्यान्वयन नभएपछि हरिजनले यही असोज १९ गतेदेखि पुनः आमरण अनशन सुरु गर्नुभएको थियो ।

सम्झौताअनुसार अन्य मागका सम्बन्धमा चिकित्सा शिक्षा आयोगबाट सम्बोधन भइरहेको र आगामी दिनमा पनि सम्बोधन गरिने जनाइएको छ ।

हरिजनले स्वीकृत शुल्कबाहेक अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था गर्नुपर्ने, एमबीबीएस तथा बीडीएस विद्यार्थीका लागि छात्रावासलाई अनिवार्य नभई वैकल्पिक बनाउनुपर्ने, इन्टर्न तथा आवासीय चिकित्सकको कार्यघण्टा श्रम ऐनअनुसार समान बनाउन समिति गठन गर्नुपर्ने र मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क छानबिन गरी फिर्ता गराउनुपर्ने लगायतका माग राख्नुभएको छ ।