२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिभिल अस्पतालमा १७ सदस्यीय चिनियाँ चिकित्सक टोलीद्वारा निःशुल्क स्वास्थ्य परीक्षण News Polar यी हुन् २१ किलो सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिक News Polar दीपक भट्टको मानव अधिकार संरक्षणको माग गर्दै बुवाद्वारा आयोगमा निवेदन News Polar बाढीपहिरो प्रभावित ६ जिल्लाका स्थानीय तह तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषित News Polar चाडपर्वमा अत्यावश्यक सेवा नियमित राख्न सरकारको निर्देशन News Polar कांग्रेस महाधिवेशनको मतदान समय साँझ ५ बजेसम्म थपियो News Polar मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै News Polar भ्रष्टाचारविरुद्धको महासन्धि कार्यान्वयनबारे सबै जिल्लामा अनुगमन गरिने News Polar हुलाक सेवालाई सरकारी कुरियरका रूपमा विकास गर्ने सरकारको योजना प्रभावकारी बन्दै : सञ्चारमन्त्री तिमिल्सिना News Polar मुगुका २० बालिकालाई शान्ति समाजद्वारा छात्रवृत्ति News Polar बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन समस्या News Polar काठमाडौं महानगरले सम्यक महादान परम्परालाई पुनर्जीवित गर्ने News Polar खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित News Polar निर्माण व्यवसायी महासंघद्वारा पूर्वअध्यक्ष गौचनको नवौँ स्मृति सभा News Polar काठमाडौं जिल्ला अदालत पुगेर रवि लामिछानेले बुझे तारेख News Polar प्रसारण शुल्क महँगो भएको भन्दै पुनर्विचार गर्न इप्पानको माग News Polar लामो समयदेखि अलपत्र लालबकैया पुल सञ्चालनमा आउने चरणमा News Polar कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो News Polar भोटेकोशी विपत्तिका ४५ दिनः बगेको बस्ती, हराएको चैन News Polar हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

भ्रष्टाचारविरुद्धको महासन्धि कार्यान्वयनबारे सबै जिल्लामा अनुगमन गरिने

भ्रष्टाचारविरुद्धको महासन्धि कार्यान्वयनबारे सबै जिल्लामा अनुगमन गरिने
अ अ+ अ-

काठमाडौं । सरकारले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिका प्रावधान कार्यान्वयनको अवस्थाबारे क्रमशः सबै जिल्लामा अनुगमन तथा निरीक्षण गर्ने जनाएको छ ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित प्रेस ब्रिफिङमा कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले महासन्धि कार्यान्वयनको अवस्थाबारे दोलखा र रामेछापमा अनुगमन सम्पन्न गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकारले भ्रष्टाचारविरुद्धको महासन्धि कार्यान्वयनको अवस्था बुझ्न जिल्लास्तरमा अनुगमन गरिरहेको छ । आगामी दिनमा क्रमशः सबै जिल्लामा अनुगमन तथा निरीक्षण गरिने उहाँले बताउनुभयो ।

यसैगरी, सरकारले धनकुटा, सुनसरी र मोरङका कारागार तथा केही हिरासतमा रहेका कैदीबन्दी र थुनुवाको मानव अधिकार अवस्थाबारे पनि अनुगमन तथा निरीक्षण गरेको छ । निरीक्षणका क्रममा कैदीबन्दी तथा थुनुवाको मानव अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।

यसैबीच, सरकारले असोज २२ देखि २८ गतेसम्म सिंहदरबारस्थित सबै मन्त्रालय र मन्त्रालय परिसरमा सरसफाइ सप्ताह सञ्चालन गरेको छ । मन्त्रालयभित्र र परिसरमा सरसफाइलाई व्यवस्थित तथा प्रभावकारी बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

अभियानअन्तर्गत प्रत्येक मन्त्रालयमा सरसफाइसम्बन्धी कामको अनुगमन तथा निरीक्षण गर्न एक जना सम्पर्क व्यक्ति (फोकल पर्सन) तोकिएको छ । ती व्यक्तिमार्फत सरसफाइको अवस्था नियमित अनुगमन गरिने र भएका कामको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गर्न मन्त्रालयहरूलाई निर्देशन दिइएको अर्यालले बताउनुभयो ।

सरकारले नागरिकका गुनासा प्रभावकारी रूपमा सम्बोधन गर्नसमेत आवश्यक काम गरिरहेको उहाँको भनाइ छ ।