२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै News Polar भ्रष्टाचारविरुद्धको महासन्धि कार्यान्वयनबारे सबै जिल्लामा अनुगमन गरिने News Polar हुलाक सेवालाई सरकारी कुरियरका रूपमा विकास गर्ने सरकारको योजना प्रभावकारी बन्दै : सञ्चारमन्त्री तिमिल्सिना News Polar मुगुका २० बालिकालाई शान्ति समाजद्वारा छात्रवृत्ति News Polar बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन समस्या News Polar काठमाडौं महानगरले सम्यक महादान परम्परालाई पुनर्जीवित गर्ने News Polar खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित News Polar निर्माण व्यवसायी महासंघद्वारा पूर्वअध्यक्ष गौचनको नवौँ स्मृति सभा News Polar काठमाडौं जिल्ला अदालत पुगेर रवि लामिछानेले बुझे तारेख News Polar प्रसारण शुल्क महँगो भएको भन्दै पुनर्विचार गर्न इप्पानको माग News Polar लामो समयदेखि अलपत्र लालबकैया पुल सञ्चालनमा आउने चरणमा News Polar कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो News Polar भोटेकोशी विपत्तिका ४५ दिनः बगेको बस्ती, हराएको चैन News Polar हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित News Polar पशुपति शर्मा लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध News Polar दुर्गमदेखि विपन्न समुदायसम्म सहुलियतपूर्ण ऊर्जा कर्जा दिइने, दिगो ऊर्जा कोष स्थापना गर्ने प्रस्ताव News Polar हुम्लाकाे सिमकोट बजारमा म्याद गुज्रिएका खाद्यवस्तु फेला News Polar भोटेकोशी बाढी प्रभावितलाई तीन संस्थाद्वारा ३५ लाख सहयोग News Polar भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद News Polar काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो

लामो समयदेखि अलपत्र लालबकैया पुल सञ्चालनमा आउने चरणमा

लामो समयदेखि अलपत्र लालबकैया पुल सञ्चालनमा आउने चरणमा
अ अ+ अ-

रौतहट । रौतहटको निजगढस्थित लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल र ढिलाइपछि सञ्चालनमा आउने चरणमा पुगेको छ। पुलका सबै ६ वटा स्पान निर्माण सम्पन्न हुनुका साथै फुटपाथ, रेलिङ र एक्सपान्सन जोइन्टको कामसमेत सकिएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएका छन्।

मन्त्री लम्सालका अनुसार तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७१ सालमा ठेक्का सम्झौता भएको उक्त पुल पटक–पटक म्याद थप्दा पनि पूरा हुन सकेको थिएन। निर्माणमा ढिलाइ भएपछि सम्बन्धित निर्माण कम्पनीलाई कालोसूचीमा राखेर बाँकी कामका लागि २०७९ सालमा पुनः ठेक्का आह्वान गरिएको थियो।

तर, नयाँ ठेक्का सम्झौता भएको एक वर्षसम्म पनि निर्माण कार्य अघि बढ्न सकेन। पुरानो ठेक्काअन्तर्गत निर्माण गरिएको पुलको तल्लो संरचनाको जिम्मेवारी स्पष्ट नहुनु र पर्याप्त बजेट विनियोजन नहुनु ढिलाइका प्रमुख कारण रहेको मन्त्री लम्सालले बताए।

समस्या पहिचान गरेपछि डिभिजन कार्यालयमार्फत पुरानो निर्माण कार्यको जिम्मेवारी स्पष्ट पारिएको र आवश्यक बजेटको पूर्ण व्यवस्था गरेर निर्माणलाई गति दिइएको उनको भनाइ छ।

हाल पुलका मुख्य संरचनासहित फुटपाथ, रेलिङ र एक्सपान्सन जोइन्टको काम सम्पन्न भइसकेको छ। पुलसम्म पुग्ने पहुँच सडक र नदी नियन्त्रण तथा धार व्यवस्थापनसम्बन्धी काम भने जारी रहेको मन्त्री लम्सालले जानकारी दिए।

लामो समयदेखि अलपत्र अवस्थामा रहेको पुल निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाको आवागमन सहज हुने र क्षेत्रीय यातायातमा सुधार आउने अपेक्षा गरिएको छ। पहुँच सडक र नदी व्यवस्थापनको कामसमेत पूरा भएपछि पुल सञ्चालनमा ल्याउन सहज हुने विश्वास गरिएको छ।