२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो News Polar भोटेकोशी विपत्तिका ४५ दिनः बगेको बस्ती, हराएको चैन News Polar हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित News Polar पशुपति शर्मा लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध News Polar दुर्गमदेखि विपन्न समुदायसम्म सहुलियतपूर्ण ऊर्जा कर्जा दिइने, दिगो ऊर्जा कोष स्थापना गर्ने प्रस्ताव News Polar हुम्लाकाे सिमकोट बजारमा म्याद गुज्रिएका खाद्यवस्तु फेला News Polar भोटेकोशी बाढी प्रभावितलाई तीन संस्थाद्वारा ३५ लाख सहयोग News Polar भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद News Polar काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो News Polar दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जा पखाइमा News Polar आज विश्व अण्डा दिवसः नेपालमा ‘जुम्बा डान्स’ र ‘एक वाक’कार्यक्रम News Polar पोखरा बस दुर्घटनाका घाइतेमध्ये एक जनाको आईसीयूमा उपचार News Polar कोरलानाकाबाट ५४३ टन फलफूल आयात News Polar युवा शक्तिलाई नवप्रवर्तन र उद्यमशीलतामा जोड्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री तिमिल्सिना News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar ‘नयाँ बसपार्कको यथार्थ–उत्साह, अनिश्चितता र डिजिटल युगमा ‘नगद मात्र’ को सास्ती’ News Polar २ महिनाका लागि ७० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक News Polar कांग्रेसको १५औँ महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो News Polar राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु News Polar भोटेकोशीमा ज्यान गुमाएकाको मुक्तिको कामनासहित पाठपारायण

काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो

काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो
अ अ+ अ-

काठमाडाैँ । मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका गरी दुई हजार ६०२ जना व्यक्तिको नाम मतदाता नामावलीबाट हटाइएको छ ।

काभ्रे जिल्लाको मतदाता नामावली अद्यावधिक गर्ने क्रममा जिल्ला निर्वाचन कार्यालयले सो नामावली हटाएको हो । नामावलीबाट हटाइएकामध्ये मृत्यु भएका एक हजार ४०२, दोहोरो दर्ता भएका एक हजार १९८ र नागरिकता परित्याग गरेका दुई जना रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश मानन्धरले जानकारी दिनुभयो ।

मृत्यु भएका मतदाताको नाम हटाउनेमा भुम्लु गाउँपालिकामा सबैभन्दा बढी ३७५ जना रहेका छन् । पनौती नगरपालिकामा २९६, नमोबुद्ध नगरपालिकामा २८१, बनेपा नगरपालिकामा २४०, धुलिखेल नगरपालिकामा ९७, महाभारत गाउँपालिकामा ६५, पाँचखाल नगरपालिकामा ३४ र बेथानचोक गाउँपालिकामा १४ जनाको नाम हटाइएको छ ।

दोहोरो दर्ताका कारण पनौती नगरपालिकामा सबैभन्दा बढी १४१ जनाको नाम हटाइएको छ । चौँरीदेउराली गाउँपालिकामा ११८, नमोबुद्ध नगरपालिकामा १०९, पाँचखाल नगरपालिकामा १०४, मण्डनदेउपुर नगरपालिकामा १०१ र रोशी गाउँपालिकामा ९९ जनाको नाम हटाइएको हो ।

तेमाल गाउँपालिकामा ८२, धुलिखेल र बनेपा नगरपालिकामा ८०–८०, बेथानचोक गाउँपालिकामा ७४, भुम्लु गाउँपालिकामा ७२, महाभारत गाउँपालिकामा ७० तथा खानीखोला गाउँपालिकामा ६८ जनाको दोहोरो दर्ता हटाइएको छ ।

नागरिकता परित्याग गरेका कारण पनौती र मण्डनदेउपुर नगरपालिकाबाट एक–एक जनाको नाम हटाइएको उहाँले बताउनुभयो । मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्यागका कारण नाम हटाइएकामध्ये भुम्लु गाउँपालिकामा सबैभन्दा बढी ४४७ र पनौती नगरपालिकामा ४३८ जना रहेका छन् ।

त्यस्तै, नमोबुद्ध नगरपालिकामा ३९०, बनेपा नगरपालिकामा ३२०, धुलिखेल नगरपालिकामा १७७, पाँचखाल नगरपालिकामा १३८, महाभारत गाउँपालिकामा १३५, चौँरीदेउराली गाउँपालिकामा ११८, मण्डनदेउपुर नगरपालिकामा १०२, रोशी गाउँपालिकामा ९९, बेथानचोक गाउँपालिकामा ८८, तेमाल गाउँपालिकामा ८२ र खानीखोला गाउँपालिकामा ६८ जनाको नाम हटाइएको सूचना अधिकारी मानन्धरले जानकारी दिनुभयो ।