२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रसारण शुल्क महँगो भएको भन्दै पुनर्विचार गर्न इप्पानको माग News Polar लामो समयदेखि अलपत्र लालबकैया पुल सञ्चालनमा आउने चरणमा News Polar कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो News Polar भोटेकोशी विपत्तिका ४५ दिनः बगेको बस्ती, हराएको चैन News Polar हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित News Polar पशुपति शर्मा लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्विरोध News Polar दुर्गमदेखि विपन्न समुदायसम्म सहुलियतपूर्ण ऊर्जा कर्जा दिइने, दिगो ऊर्जा कोष स्थापना गर्ने प्रस्ताव News Polar हुम्लाकाे सिमकोट बजारमा म्याद गुज्रिएका खाद्यवस्तु फेला News Polar भोटेकोशी बाढी प्रभावितलाई तीन संस्थाद्वारा ३५ लाख सहयोग News Polar भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद News Polar काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो News Polar दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जा पखाइमा News Polar आज विश्व अण्डा दिवसः नेपालमा ‘जुम्बा डान्स’ र ‘एक वाक’कार्यक्रम News Polar पोखरा बस दुर्घटनाका घाइतेमध्ये एक जनाको आईसीयूमा उपचार News Polar कोरलानाकाबाट ५४३ टन फलफूल आयात News Polar युवा शक्तिलाई नवप्रवर्तन र उद्यमशीलतामा जोड्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री तिमिल्सिना News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar ‘नयाँ बसपार्कको यथार्थ–उत्साह, अनिश्चितता र डिजिटल युगमा ‘नगद मात्र’ को सास्ती’ News Polar २ महिनाका लागि ७० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक News Polar कांग्रेसको १५औँ महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो

हुम्लाकाे सिमकोट बजारमा म्याद गुज्रिएका खाद्यवस्तु फेला

हुम्लाकाे सिमकोट बजारमा म्याद गुज्रिएका खाद्यवस्तु फेला
अ अ+ अ-

काठमाडाैँ । हुम्लाकाे सिमकोट बजारमा म्याद गुज्रिएका खाद्यवस्तु फेला परेका छन् ।

चाडपर्वलाई लक्षित गर्दै हुम्लाको सदरमुकाम सिमकोटमा बजार अनुगमन गर्दा उक्त अखाद्य वस्तु फेला परेको सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्मरबहादुर बुढाले बताउनुभयो ।

सिमकोट गाउँपालिकाले दुई दिनसम्म सञ्चालन गरेको बजार अनुगमनका क्रममा २६ वटा खाद्यवस्तु तथा मासुजन्य पसलको निरीक्षण गरिएको थियो ।

अनुगमनको पहिलो दिन खाद्यवस्तु बिक्री गर्ने १३ वटा पसलमा निरीक्षण गर्दा जुस, मसला, पिठोलगायत सामग्री म्याद गुज्रिएको अवस्थामा भेटिएका थिए । ती सामग्रीको कूल मूल्य रु छ हजार ८६५ बराबरको थियो ।

चाडपर्वका समयमा खाद्यवस्तुको खपत र कारोबार बढ्ने भएकाले बजारमा बिक्री हुने सामग्रीको गुणस्तर, म्याद, मूल्य, सरसफाइ तथा मासुजन्य पदार्थको सुरक्षित भण्डारणको अवस्थालाई मुख्य प्राथमिकतामा राखेर अनुगमन गरिएको हो ।

यसैक्रममा व्यवसायीलाई उपभोक्ताको स्वास्थ्य र अधिकारलाई प्राथमिकतामा राखेर व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको छ ।

विशेषगरी खाद्यवस्तुको म्याद नियमित जाँच गर्न, स्पष्ट रूपमा मूल्यसूची राख्न, पसल तथा बिक्रीस्थल सफा राख्न र मासुजन्य वस्तुको सुरक्षित तथा स्वच्छ भण्डारणमा ध्यान दिन सुझाव दिइएको छ ।

सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्मरबहादुर बुढाको नेतृत्वमा गरिएको अनुगमनले चाडपर्वका बेला बजारमा म्याद गुज्रिएका तथा गुणस्तरहीन वस्तुको बिक्री हुन सक्ने जोखिमलाई नियन्त्रण गर्न खोजिएको छ ।

उपभोक्तालाई स्वच्छ, गुणस्तरीय र सुरक्षित खाद्यवस्तु उपलब्ध गराउनुका साथै व्यवसायीलाई जिम्मेवार र उपभोक्तामैत्री बनाउन अनुगमन प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

सिमकोट गाउँपालिकाको आयोजनामा, जिल्ला प्रशासन कार्यालय हुम्ला तथा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको समन्वयमा बजार अनुगमन गरिएको हो ।

अनुगमन टोलीमा उद्योग वाणिज्य सङ्घ, नेपाल पत्रकार महासङ्घलगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिकोसमेत सहभागिता रहेको थियो ।