२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar हुम्लाकाे सिमकोट बजारमा म्याद गुज्रिएका खाद्यवस्तु फेला News Polar भोटेकोशी बाढी प्रभावितलाई तीन संस्थाद्वारा ३५ लाख सहयोग News Polar भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद News Polar काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका व्यक्तिको नामावली हटाइयो News Polar दैलेखका तीन हजार बढी सुकुमवासी लालपुर्जा पखाइमा News Polar आज विश्व अण्डा दिवसः नेपालमा ‘जुम्बा डान्स’ र ‘एक वाक’कार्यक्रम News Polar पोखरा बस दुर्घटनाका घाइतेमध्ये एक जनाको आईसीयूमा उपचार News Polar कोरलानाकाबाट ५४३ टन फलफूल आयात News Polar युवा शक्तिलाई नवप्रवर्तन र उद्यमशीलतामा जोड्ने सरकारको लक्ष्य : सञ्चारमन्त्री तिमिल्सिना News Polar सुनचाँदीको मूल्य बढ्यो News Polar ‘नयाँ बसपार्कको यथार्थ–उत्साह, अनिश्चितता र डिजिटल युगमा ‘नगद मात्र’ को सास्ती’ News Polar २ महिनाका लागि ७० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक News Polar कांग्रेसको १५औँ महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो News Polar राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु News Polar भोटेकोशीमा ज्यान गुमाएकाको मुक्तिको कामनासहित पाठपारायण News Polar सिनालोआको जेलमा दङ्गा, १० जनाको मृत्यु News Polar मध्यावधि चुनावअघि इरानमा आक्रमण नगर्ने ट्रम्पको घोषणा News Polar अझै बेचैन छन्–बाढीले खोसेका राष्ट्रसेवकका परिवार News Polar उखु किसानलाई डेढ अर्ब रुपैयाँभन्दा बढी अनुदान वितरण गरिने News Polar पोखरामा स्कुल बस दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो

पोखरा बस दुर्घटनाका घाइतेमध्ये एक जनाको आईसीयूमा उपचार

पोखरा बस दुर्घटनाका घाइतेमध्ये एक जनाको आईसीयूमा उपचार
अ अ+ अ-

पोखरा । पोखरा महानगरपालिका–२८ शान्ति मैदानस्थित कालिका बोर्डिङ स्कुलको बस दुर्घटनामा घाइते भएकाहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। अस्पतालले असोज २३ गते सार्वजनिक गरेको विवरणअनुसार दुर्घटनामा घाइते भई अस्पताल ल्याइएकामध्ये एक जनाको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ।

अस्पताल प्रशासनका अनुसार अस्मी कँडेललाई आईसीयूमा राखेर उपचार भइरहेको छ। दुर्घटनामा घाइते भएका अन्य विद्यार्थी तथा व्यक्तिहरूको पनि अस्पतालमा उपचार भइरहेको विज्ञप्तिमा उल्लेख छ।

अस्पतालले सार्वजनिक गरेको विवरणमा विभिन्न उमेरका विद्यार्थी तथा अन्य व्यक्तिहरू घाइते भई उपचारका लागि ल्याइएको जनाइएको छ। दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूलाई मृत अवस्थामा अस्पताल ल्याइएको पनि विज्ञप्तिमा उल्लेख छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले दुर्घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। साथै, शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।