२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar काँग्रेस महाधिवेशनः सभापतिका उम्मेदवार थापाद्वारा मतदान, ५ हजार ६ सय बढी मत खस्यो News Polar बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो News Polar पोखरामा स्कुल बस दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाको पहिचान News Polar व्यवसायमैत्री कानुन निर्माण आवश्यक छ : अध्यक्ष श्रेष्ठ News Polar कांग्रेस महाधिवेशनः मतदानको समय बेलुका ७ बजेसम्म थपियो News Polar साहद्वारा बाढीपीडितलाई ३० लाख रुपैयाँ सहयोग News Polar यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू News Polar मन्त्री गिता चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar कोशी प्रदेशसभामा लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस News Polar दुई जलविद्युत् आयोजनाको २१ अर्बभन्दा बढी लगानी स्वीकृत News Polar इन्टर्नको स्टाइपेन्ड माग आयोगको बैठकमा लैजाने सहमतिः हरिजनले तोडे अनशन News Polar पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो News Polar मुगुम समाज कल्याण केन्द्रद्वारा विपद् प्रभावितका लागि ६ लाख सहयोग News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा News Polar कांग्रेस महाधिवेशन: दिउँसो २:३० बजेसम्म ३ हजार ७५४ मत खस्यो News Polar सिभिल अस्पतालमा १७ सदस्यीय चिनियाँ चिकित्सक टोलीद्वारा निःशुल्क स्वास्थ्य परीक्षण News Polar यी हुन् २१ किलो सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिक News Polar दीपक भट्टको मानव अधिकार संरक्षणको माग गर्दै बुवाद्वारा आयोगमा निवेदन News Polar बाढीपहिरो प्रभावित ६ जिल्लाका स्थानीय तह तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषित News Polar चाडपर्वमा अत्यावश्यक सेवा नियमित राख्न सरकारको निर्देशन

साहद्वारा बाढीपीडितलाई ३० लाख रुपैयाँ सहयोग

साहद्वारा बाढीपीडितलाई ३० लाख रुपैयाँ सहयोग
अ अ+ अ-

काठमाडौं । चीनको शाङ्हाईमा व्यवसाय गर्दै आउनुभएका राजनारायण साहले भोटेकोशी बाढीपीडितका लागि ३० लाख रुपैयाँ सहयोग गर्नुभएको छ।

शुक्रबार अर्थ मन्त्रालय, सिंहदरबारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको भेटपछि साहले बाढीपीडितको राहतका लागि ३० लाख रुपैयाँको चेक अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण गर्नुभएको हो।

साह विगत साढे तीन दशकदेखि चीनमा व्यवसाय गर्दै आउनुभएको छ। उहाँले नेपालमा हुने प्राकृतिक विपत्तिका बेला निरन्तर सहयोग गर्दै आउनुभएको छ।

११ वर्षअघि गएको भूकम्पका समयमा पनि साहले नेपाल सरकारलाई नगद तथा जिन्सी सहयोग उपलब्ध गराउनुभएको थियो। त्यस्तै, कोभिड–१९ महामारीका बेला उहाँले करिब ४० लाख रुपैयाँ बराबरका अक्सिजन कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री बेइजिङस्थित नेपाली दूतावासमार्फत स्वास्थ्य मन्त्रालयलाई उपलब्ध गराउनुभएको थियो।

तराई क्षेत्रमा हुने शीतलहरका समयमा पनि साहले चीनबाट न्यानो कपडा, ब्लाङ्केटलगायत सामग्री पठाएर सहयोग गर्दै आउनुभएको छ।

सिरहाका साह सन् १९९१ मा छात्रवृत्तिमा अध्ययनका लागि चीन जानुभएको थियो। उहाँ इलेक्ट्रिकल इन्जिनियरसमेत हुनुहुन्छ। हाल उहाँ शाङ्हाईमा स्थापित एनआर इलेक्ट्रिक कम्पनीका प्रबन्ध निर्देशक हुनुहुन्छ। उक्त कम्पनीले विद्युत् ट्रान्सफर्मर उत्पादन गरी विश्वका विभिन्न मुलुकमा बिक्री–वितरण गर्दै आएको छ।