२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar नेपालको रग्बीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य News Polar गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता News Polar सर्वोच्च अदालतद्वारा सुदूरपश्चिमको बजेटसम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार News Polar काँग्रेस महाधिवेशनः सभापतिका उम्मेदवार थापाद्वारा मतदान, ५ हजार ६ सय बढी मत खस्यो

कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता

कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता
अ अ+ अ-

काठमाडौँ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्स्वाज पुइग–इन्जाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।

शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हित, पारस्परिक कानूनी सहायता तथा जलवायु परिवर्तनका चुनौतीका विषयमा गहन छलफल भएको छ।

भेटका क्रममा राजदूत इन्जाले भोटेकोशीमा आएको बाढीका कारण पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति हार्दिक समवेदना प्रकट गर्नुभयो। फ्रान्स सरकारका तर्फबाट प्रदान गरिएको मानवीय सहायताको उल्लेख गर्दै उहाँले जलवायु परिवर्तनको असरले अन्तर्राष्ट्रिय समुदायलाई थप गम्भीर हुन र कानूनको शासन एवं बहुपक्षीयतामा विश्वास राख्ने राष्ट्रहरूले आफ्नो अन्तर्राष्ट्रिय दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।

यस्तै, दुई देशबीच पारस्परिक कानूनी सहायतासम्बन्धी प्रक्रियालाई छिटोभन्दा छिटो अगाडि बढाउने विषयमा समेत दुवै पक्षबीच छलफल भएको छ। कानून मन्त्रालय पारस्परिक कानूनी सहायताको केन्द्रीय निकाय भएकाले सहमति प्रक्रियालाई छिटो टुंगोमा पुर्‍याउन दुवै देश सकारात्मक देखिएका छन्।

भेटमा नेपालको हवाई क्षेत्रलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सेवा प्रदायक र नियामक निकायका रूपमा छुट्ट्याउन सरकारले संसद्मा दर्ता गराएको विधेयकबारे पनि चर्चा भएको थियो।

राजदूत इन्जाले नेपाली हवाई सेवालाई युरोपेली संघको सुरक्षा कालोसूचीबाट हटाउन नेपाल सरकारले गरिरहेको कानूनी एवं नीतिगत प्रयासको प्रशंसा गर्नुभयो। भेटवार्तामा कानून र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।