२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ

विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे

विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे
अ अ+ अ-

काठमाडौँ। पूर्वसचिव तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का प्रमुख विज्ञ सल्लाहकार दिनेशकुमार घिमिरेले नेपालमा उत्पादित विद्युत आन्तरिक खपतमा नै जोड दिनुपर्ने बताउनुभएको छ ।

इप्पान र क्यानडा फर लोकल इनिसिएटिभले आयोजना गरेको नेपालको हरित भविष्य निर्माणसम्बन्धी नियमित ‘फ्राइडे फोरम’ कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अन्तरदेशिय विद्युत निर्यातको भर परेर मात्रै विद्युत उत्पादन गर्न जोड दिन नहुने बताउनु भयो । उहाँले तत्कालको लागी भने भारत र बंगलादेशमा विद्युत निर्यात बाध्यता रहेको बताउनु भयो । दीर्घकालिन रुपमा भने विद्युत निर्यातको भर पर्न नहुने उहाँको भनाई छ । उहाँले प्रशारण पूर्वाधार निर्माण गरेर नेपालमा नै आन्तरिक खपत बढाउनुपर्नेमा जोड दिनुभयो ।

नेपालको आन्तरिक खपतको लागी हालको विद्युत माग वास्तविक सम्भावनाभन्दा कम रहेको उहाँको भनाई छ । उहाँले प्रसारण पूर्वाधार, औद्योगिक करिडोर र अन्य विद्युत् खपत बढाउने संरचना निर्माण हुन नसक्दा माग खुम्चिएको बताउनु भयो । उहाँले विद्युत् खपत बढाउन विद्युतीय यातायात, सार्वजनिक यातायातको विद्युतीकरण तथा घरायसी खाना पकाउने र ताप उत्पादनका लागि विद्युत्को प्रयोग विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । यसबाट उत्पादित विद्युत देशभित्रै खपत गर्न सकिने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘अहिलेको समस्या भनेको जेनेरेटेड पावरलाई म्यानेज गर्न हो । देशभित्रको ट्रान्समिसन र डिस्ट्रिब्युसन संरचना पनि हामीसँग पर्याप्त छैन । त्यसले गर्दा जेनेरेट भएको विद्युत् पनि उपयोग हुन सकेको छैन । निर्यात गर्न पनि हाम्रा आफ्नै चुनौती छन्, ट्रान्समिसन बोटलनेकहरू छन् । अहिले एउटा मात्रै अपरेसनल ट्रान्समिसन इन्टरकनेक्सन लाइन छ, जुन पनि अलरेडी एक्जस्टेड भइसकेको छ । ट्रान्समिसन क्षमता बढाएर निर्यातको भोल्युम बढाउने कुरा गर्दा बुटवल–गोरखपुरलगायतका आयोजना निर्माणाधीन छन् । तर निर्यातमा रणनीतिक बोटलनेकहरू पनि छन् । विद्युतको स्रोतसम्बन्धी प्रतिबन्ध हाम्रा छिमेकी राष्ट्रले लगाएका छन्। कुन देशले यहाँ विद्युत् उत्पादन गरेको हो, कुन देशको ठेक्का लागेको हो भन्नेजस्ता कुराहरू पनि प्रतिवन्धका रूपमा छन् । त्यसकारण निर्यातका विषयमा हामीले एकदमै उत्साहित हुनुपर्ने छैन, वास्तवमा यसमा विचार गर्नुपर्ने अवस्था छ । निर्यात अहिलेको परिस्थितिको हाम्रो बाध्यता हो । हाम्रो विद्युत्को आन्तरिक माग अहिले २५–२६ सयदेखि तीन हजार मेगावाटको हाराहारीमा छ । यो हाम्रो वास्तविक माग होइन, दबाइएको माग हो । ट्रान्समिसन, डिस्ट्रिब्युसन पूर्वाधार र औद्योगिक करिडोरहरू नबनेका कारण खुम्चिएको माग हो । हामले पूर्वाधार बनाउन सकेमा आज हाम्रो माग पाँच हजारदेखि छ हजार मेगावाटसम्म पुग्छ । त्यसकारण हामीले त्यतातिर ध्यान केन्द्रित गरेर आन्तरिक माग विस्तार गर्नुपर्छ ।

उहाँले जलाशाययुक्त आयोजना र सौर्य ऊर्जाको विकासमा ध्यान दिन आवश्यक रहेको पनि उल्लेख गर्नुभयो । तत्कालीन प्राथमिकताका रूपमा ठूला क्षमताका सौर्य विद्युत् आयोजना र ब्याट्री ऊर्जा भण्डारण प्रणाली (बीईएसएस) को विकासलाई अघि बढाउनुपर्ने उहाँको भनाई छ ।

जलाशययुक्त आयोजना निर्माण गर्न लामो समय लाग्ने भएकाले त्यसको अध्ययन तथा कार्यान्वयनसँगै सौर्य ऊर्जाको उत्पादन शीघ्र विस्तार गर्नुपर्ने उहाँले बताउनु भयो ।

उहाँकाअनुसार सौर्य ऊर्जा र ब्याट्री भण्डारण प्रणालीले विद्युत आपूर्तिमा हुने उतारचढाव व्यवस्थापन गर्न सहज हुनेछ ।

उहाँले वर्षायाममा उत्पादन हुने विद्युत व्यवस्थापन गर्न भने सीमापार विद्युत व्यापारको बजार विस्तार आवश्यक रहेको बताउनु भयो ।–न्युज एजेन्सी नेपाल