२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ

नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज

नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज
अ अ+ अ-

काठमाडौँ। नेपाल टेलिकमले दसैँ, तिहार तथा छठका अवसरमा आफ्ना ग्राहकका लागि इन्टरनेट जडानमा छुट, बोनससहितको वार्षिक इन्टरनेट प्याकेज तथा सहुलियत दरका मोबाइल डाटा र भ्वाइस प्याकेजसहितको ‘दसैँ-तिहार अफर २०८३’ सार्वजनिक गरेको छ ।

कम्पनीले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार नयाँ ‘फाइबर टु द होम (एफटिटीएच) प्याकेज लिने गर्ने ग्राहकले जडान शुल्कमा छुट पाउनेछन् भने मोबाइल सेवाका ग्राहकले विभिन्न दरका डाटा, भ्वाइस तथा सन्देश प्याकेज खरिद गर्न सक्नेछन् ।

टेलिकमका प्रवक्ता डा कमल लामिछानेका अनुसार यही असोज २५ गतेदेखि आगामी कात्तिक ३० गतेसम्म नयाँ एफटिटीएच प्याकेज जडान गर्ने ग्राहकलाई रु ५०० जडान शुल्क मिनाहा गरिनेछ । त्यस्तै, १००, १५० र २०० एमबिपिएस क्षमताका नयाँ वार्षिक प्याकेज खरिद गर्ने ग्राहकले एक महिना थप सेवा पाउने उहाँले जानकारी दिनुभयो । यसअनुसार ग्राहकले १२ महिनाको शुल्कमा १३ महिनासम्म इन्टरनेट सेवा उपयोग गर्न सक्नेछन् । बोनसका रूपमा उपलब्ध हुने मोबाइल डाटा पनि १३ महिनासम्म उपलब्ध हुनेछ ।

भर्चुअल सेट-टप बक्ससहितको प्याकेज लिने ग्राहकका लागि रु एक हजार छुटको सुविधा यसअघि उपलब्ध रहेको कम्पनीले जनाएको छ । मोबाइल डाटामा रु ४९९ र रु ६९९ का प्याकेजअन्तर्गत जिएसएम मोबाइल सेवाका ग्राहकका लागि रु ४९९ मा पाँच जिबी दैनिक उच्चगतिको डाटासहितको ‘फेस्टिभल अनलिमिटेड’ र रु ६९९ मा १० जिबी दैनिक उच्चगतिको डाटासहितको ‘फेस्टिभल अनलिमिटेड प्रिमियम’ प्याकेज उपलब्ध हुनेछन् ।

कम्पनीका अनुसार रु ४९९ को प्याकेजमा प्रतिदिन पाँच जिबी डाटा खपत भएपछि बाँकी समयावधिमा दुई एमबिपिएस गतिमा असीमित डाटा प्रयोग गर्न सकिनेछ । त्यसैगरी, रु ६९९ को प्रिमियम प्याकेजमा प्रतिदिन १० जिबी डाटा खपत भएपछि बाँकी समयावधिमा तीन एमबिपिएस गतिमा असीमित डाटा प्रयोग गर्न सकिने व्यवस्था गरिएको प्रवक्ता लामिछानेले बताउनुभयो ।

टेलिकमले भ्वाइस तथा सन्देश सेवामा पनि सहुलियत दरका प्याकेज ल्याएको छ । यसअन्तर्गत रु २०० मा सबै नेटवर्कमा प्रयोग गर्न मिल्ने एक हजार मिनेटको ‘जोयफुल मिनेट्स’ प्याकेज उपलब्ध हुनेछ । त्यस्तै, रु ९९ मा आफ्नै नेटवर्कभित्र एक हजार एसएमएस पठाउन सकिने ‘फेस्टिभ म्यासेज’ प्याकेज पनि खरिद गर्न सकिनेछ । यी मोबाइल प्याकेजको समयावधि ३० दिनको हुनेछ ।

मोबाइलबाटै प्याकेज खरिद गर्न सकिने

कम्पनीका अनुसार कात्तिक ३० गतेसम्म मोबाइलमार्फत प्याकेज खरिद गर्ने ग्राहकले उक्त अफरअन्तर्गतका सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकले आफ्नो मोबाइलबाट ८१४१५८११३ डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एप प्रयोग गरी आफूलाई आवश्यक प्याकेज खरिद गर्न सक्नेछन् ।