२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै

वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव

वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव
अ अ+ अ-

काठमाडौँ। पूर्वराष्ट्रपति डा. रामवरण यादवले विश्वव्यापी जलवायु परिवर्तन र वातावरणीय संकटप्रति विश्वका शक्ति राष्ट्रदेखि नेपालका राजनीतिक नेतृत्व गम्भीर नभएको गुनासो गर्नुभएको छ ।

शनिवार काठमाडौंमा नेपाल मधुमेही समाजको ३६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

वैज्ञानिक प्रमाणहरूले बारम्बार चेतावनी दिँदा पनि नीति निर्माण तहमा रहेका नेतृत्वले यसलाई सामान्य रूपमा लिनु वा ‘झुट’ भन्नु दुर्भाग्यपूर्ण भएको उहाँको टिप्पणी छ ।

पूर्वराष्ट्रपति डा. यादवले आफ्नो कार्यकालमा चुरे संरक्षणको मुद्दालाई उच्च प्राथमिकतामा राखेको बताउँदै चुरे क्षेत्रको विनाश रोक्नसके मात्रै हिमालको हिउँ जोगिने, पहाडको पर्यावरण सुरक्षित हुने र तराईको उर्वर भूमि मरुभूमीकरण हुनबाट बच्ने तथ्य बारम्बार औंल्याउँदै आएको दाबी गर्नुभयो । तर सरकार वा कुनैपनि राजनीतिक दलले आफ्नो सुझावलाई गम्भीरतापूर्वक नलिएकोमा उहाँले गुनासो गर्नुभयो । डा. यादवले विश्वव्यापी रूपमा जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिकहरूको संस्थाले दिइरहेको चेतावनी र तथ्यपरक रिपोर्टलाई समेत बेवास्ता गर्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्नुभयो ।

अमेरिका लगायतका केही मुलुकका शक्तिशाली नेतृत्वले नै जलवायु परिवर्तनको बहसलाई ‘झुट’ भन्नुले पृथ्वीको भविष्य थप संकटमा परेको उहाँको भनाइ छ । वातावरणीय मुद्दामा देखिएको यो राजनीतिक उपेक्षाले मानव अस्तित्व र प्राकृतिक स्रोत–साधनको दोहनलाई थप जटिल बनाउने चेतावनी उहाँले दिनुभयो ।

डा. यादवले भन्नुभयो, ‘विश्वले अहिले वातावरणीय सङ्कट र ग्लोवल वार्मिङको गम्भीर चुनौती भोगिरहेको छ । तर यस विषयमा विश्वका नेतृत्व र हाम्रो देशका राजनीतिक दलहरूमा समेत आवश्यक दूरदृष्टि देखिएको छैन । राष्ट्रपति हुँदा मैले चुरे संरक्षणको आवश्यकता औँल्याउँदै आएको थिएँ । चुरे जोगाउनसके हिमालको हिउँ, पहाडको वातावरण र तराईको उर्वर भूमि संरक्षण गर्न सकिन्छ । तर सरकारले र राजनीतिक दलहरूले यस विषयलाई गम्भीरतापूर्वक लिएनन् । दुःखको कुरा, विश्वका केही नेताहरूले जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक प्रतिवेदनलाई समेत अस्वीकार गर्दै यसलाई झुटो भन्ने गरेका छन् । जबकि संयुक्त राष्ट्रसंघका वैज्ञानिकहरूले जलवायु परिवर्तनका जोखिमबारे निरन्तर चेतावनी दिँदै आएका छन् । अब पनि हामीले वातावरण संरक्षणलाई प्राथमिकतामा राखेनौँ भने यसको गम्भीर असर भविष्यका पुस्ताले भोग्नुपर्नेछ ।’

कार्यक्रममा शताब्दी महिला नानिबाबा प्रधानलाई नेवारी संस्कृतिअनुसार कदरपत्रसहित सम्मन गरिएको छ । उहाँले मधुमेही समाजका लागि सबैभन्दा बढी योगदान र अनुदान समेत दिनुभएको आयोजकले बताएको छ । –न्युज एजेन्सी नेपाल