२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत

प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम

प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम
अ अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले आफू अन्तर्गत नियमित खोप सेवा सञ्चालन हुने स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीका लागि खोप सम्बन्धी ५ दिने तालिम सम्पन्न गरेको छ ।

तालिमको पहिलो ब्याचमा सहरी स्वास्थ्य प्रवर्धन केन्द्रको नियमित खोप सेवामा सम्लग्न स्वास्थ्यकर्मी सहभागी हुनुहुन्थ्यो । खोपको पहुँचमा वृद्धि, खोप सेवाको सुदृढीकरण, खोप कार्यक्रमका लागि तथ्याङ्कको प्रयोग, खोप खेर जाने दरमा सुधार ल्याउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।

आफ्नो भौगोलिक क्षेत्रभित्र रहेका नियमित खोप सञ्चालन गर्ने सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुको खोप सेवा सुक्ष्म कार्ययोजना तयार पारेपछि तालिम सञ्चालन गरेको हो ।

तालिम समापन गर्दै स्वास्थ्य विभागका प्रमुख दिपककुमार के. सी. ले, गुणस्तरीय स्वास्थ्य सेवा कायम गराउन स्वास्थ्यकर्मीहरुको क्षमता विकासका कार्यक्रममा जोड दिइएको बताउनुभयो । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख प्रबिना कर्माचार्यले, तालिममा सिकेको ज्ञान र सिप सेवामा प्रतिबिम्बित हुनु पर्ने बताउनुभयो ।

हामीले स्वास्थ्य सेवा स्वीकार गरेर पेशा छानेका हौँ । त्यसैले व्यक्तिगतभन्दा सेवा व्यवस्थापनमा जोड हुनुपर्ने स्वास्थ्य महाशाखा प्रमुख नःलि बज्राचार्यको जोड थियो ।

खोप सम्बन्धी सेवा, खोप सेवासँग सम्बन्धित व्यवस्थापकीय क्षमता, लक्षित जनखंख्या निर्धारण, अभिलेख तथा रिपोर्टिङ र खोपको निरन्तरता, कानुनी व्यवस्था, खोप पछिका जोखिम व्यवस्थापन जस्ता विषय तालिममा समावेश थिए । खोप कार्यक्रमकी फोकल पर्सन मैयाँ सैँजुका अनुसार यस प्रकारको वृहत तालिम पहिलो पटक प्रदान गरिएको हो । यस अन्तर्गत पहिलो व्याचमा २१ जना स्वास्थ्यकर्मी सहभागी हुनुहुन्थ्यो । दोस्रो चरणमा १९ जनालाई तालिम प्रदान गरिनेछ ।

तालिममा खोपबाट बचाउन सकिने रोगहरुको सर्वेक्षण, खोप नपाएका तथा बिचैमा खोप लगाउन छाडेका बालबालिकाको पहिचान, नियमित खोप सत्रको समीक्षा लगायत विषयमा ज्ञान प्रदान गरिएको प्रशिक्षक पार्थमणि न्यौपानेले जानकारी दिनुभयो ।

स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकासँग समन्वय, खोप आपूर्ति तथा चिस्यान श्रृृङ्खला (कोल्ड चेन), खोप सामग्रीको आवश्यकता निर्धारण र नियमित अनुगमन, खोप सेवाबाट वञ्चित क्षेत्र, वर्ग तथा समुदाय पहिचान गर्ने र सेवा सञ्चालन गर्ने विषय समावेश थिए ।

सहरी स्वास्थ्य प्रवर्धन केन्द्र वडा नं. १८ का इञ्चार्ज यशोदा खत्रीले तालिमबाट आफूहरुलाई प्रयोग भइरहेको अभ्यासलाई अद्यावधिक गर्न सहयोग पुगेको धारणा राख्नुभयो ।