२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल

‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी

‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी
अ अ+ अ-

काठमाडौँ। नेपाली साहित्यकी विशिष्ट स्रष्टा पारिजातका साहित्यिक कृतिमा आधारित एकहप्ते चित्रकला प्रदर्शनी ‘क्यानभासमा पारिजात’ म्हैपीस्थित पारिजात स्मृति केन्द्रमा सुरु भएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति नारदमणि हार्तम्छालीले प्रदर्शनीको उद्घाटन गर्दै पारिजातका कृतिमाथि कलाकारले चित्र सिर्जना गरेर नयाँ कामको थालनी गरेको बताउनुभयो । एक स्रष्टाको कृतिमा अर्काे स्रष्टाले कलाकृति रचना गर्दा उनीहरूबीचको सिर्जनात्मक बुझाइ र दृष्टिकोणको अन्तर पहिचान गर्न सकिने उहाँको भनाइ थियो ।

प्रदर्शनीमा सहभागी कलाकार सौरगङ्गा दर्शनधारीले एक स्रष्टाको रचनामाथि अर्काे स्रष्टाले कलाकृति सिर्जना गर्नु चुनौतीपूर्ण भए पनि त्यसबाट कृतिको भाव र गहिराइ बुझ्न सकिने बताउनुभयो । रङ र रेखामार्फत पारिजातका कृतिलाई कलाकारले न्याय गरेको अनुभव भएको उहाँले भन्नुभयो ।

प्रतिष्ठानका पूर्वसदस्य सचिव देवेन्द्र थुम्केलीले स्रष्टाका साहित्यिक कृतिमाथि चित्र सिर्जना गर्दा तिनमा नयाँ आयाम थपिने बताउनुभयो । शब्दलाई रङ र रेखामार्फत अर्को सिर्जनात्मक अभिव्यक्तिमा रूपान्तरण गर्दा स्रष्टाहरूबीचको सिर्जनात्मक बुझाइसमेत उजागर हुने उहाँको भनाइ थियो ।

यस्तो सिर्जनात्मक अभ्यास सामाजिक रूपान्तरण र जागरणका लागि फलदायी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । पारिजात स्मृति केन्द्र, पारिजातको कृतित्व र चित्रकलाबारे चर्चा गर्दै डा महेश मास्केले चित्रकलामार्फत पारिजातको व्यक्तित्व र कृतित्वलाई चिरस्थायी बनाउने प्रयास भएको बताउनुभयो । उहाँले पारिजातको साहित्यिक योगदान तथा साहित्य र चित्रकलाबीचको सम्बन्धबारे प्रकाश पार्नुभयो ।

केन्द्रका संरक्षक तथा संस्थापक अध्यक्ष सुकन्या वाइबाले पारिजातका कृतिमाथि चित्र सिर्जना गरेर कलाकारले उहाँप्रति न्याय गरेको बताउनुभयो । केन्द्रका अध्यक्ष इन्दिरा दलीले कलामार्फत पारिजातको व्यक्तित्व र कृतित्वलाई थप उचाइ दिने काम भएको धारणा व्यक्त गर्नुभयो ।

प्रदर्शनीमा पारिजातका कविता, कथा, उपन्यास र आत्मसंस्मरणलगायत साहित्यिक रचनामा आधारित १६ जना कलाकारका कलाकृति राखिएका छन् । प्रदर्शनीमा नारदमणि हार्तम्छाली, देवेन्द्र थुम्केली, एससी सुमन, पाल्साङ्मो लामा, प्रदीप अधिकारी, सौरगङ्गा दर्शनधारी, दिनेश्वर महतो, वासु क्षितिज, केशवराज खनाल, डिबी भण्डारी, लीलाधर केसी, मोहन शिवाकोटी, किशोर रानाभाट, रसिकराज, मनरा प्रजापति र शोभा ढकालका चित्र समावेश छन् । रासस