२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन
अ अ+ अ-

कास्की। पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशका नरेन्द्रसिंह रावतले जितेका छन् ।

पोखरा–२२ पुम्दी–भुम्दीमा आयोजित प्रतियोगितामा निर्धारित आठ किमी दूरी उनले ३४ मिनेट ३५ सेकेण्डमा पूरा गरी उपाधि रक्षा गर्न सफल भए । बैतडीका रावतले अघिल्लो संस्करणको उपाधिसमेत जितेका थिए । च्याम्पियन नरेन्द्रले उपाधिसहित नगद रु ५० हजार, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे । यसैगरी गौतम श्रेष्ठले निर्धारित दूरी ३५ मिनेट १६ सेकेण्डमा पूरा गरे । उनले रु ३० हजार पुरस्कार पाए ।

नीरज भट्ट क्षेत्रीले ३५ मिनेट २९ सेकेण्डमा दौड पूरा गरेर तृतीय बने । उनले रु १५ हजार पुरस्कार पाए । महिलातर्फ खोटाङकी दीर्पा बस्नेत प्रथम हुन सफल भइन् । उनले निर्धारित आठ किमी दूरी ४८ मिनेट १३ सेकेण्डमा पार गरेकी थिइन् । पहिलो सहभागितामा उपाधि विजेता उनले नगद रु १५ हजार प्राप्त गरिन् ।

दोरपता कठायतले ५० मिनेट २० सेकेण्ड समय लगाइन् र द्धितीय बन्दै रु सात हजार पुरस्कार पाइन् । मीनु बुढाले ५१ मिनेट १३ सेकेण्ड लगाउँदै तृतीय हुन सफल भइन् र रु पाँच हजार पुरस्कार पाइन् । यू–१६ तर्फ कमल बिक प्रथम, मुलुक सिंह खत्री द्धितीय र सक्षम बोहोरा तृतीइ भए । पोखरा–२२ वडाअन्तर्गत क्रिशल परियार प्रथम भए । सुयन विकले द्वितीय स्थान बनाउँदा कमल पौडेल तृतीय भए ।

भेट्रान्सतर्फ तेजबहादुर गुरुङ प्रथम हुन सफल भए । किशोर थापा द्वितीय र कमल गुरुङ तृतीय बने । विदेशी धावकतर्फ फ्रान्सका माथियस डियोन प्रथम, रसियाका अलेकजेण्डर दोस्रो भए । खुलाबाहेक बाँकी विधामा प्रथम, द्धितीय र तृतीयले क्रमश रु १५हजार, रु १० हजार रु सात हजार नगदका साथमा मेडल र प्रमाणपत्र पुरस्कार पाए ।

पोखरा प्रवर्द्धन केन्द्र र पोखरा क्लिकद्वारा विश्व पर्यटन दिवस सन्दर्भमा आयोजित दौड विश्व शान्ति स्तूपदेखि सुरु भएर विशाल महादेवको मूर्ति, वडा कार्यालय हुँदै बुद्ध पार्क पुगेर समापन भएको हो । विजयी खेलाडीलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा–२२ का वडाध्यक्ष हिमलाल बराल, महानगरका प्रमुख प्रशासकीय अधिकृत, राजन पौडेल, गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयका उपसचिव टङ्कप्रसाद ढकाल, सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनीका शसस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीण कँडेल, लगायलते पुरस्कार वितरण गर्नुभयो ।

सोही पुम्दीभुम्दीको पर्यटन प्रवर्द्धन र स्थानीय क्षेत्रको विकासमा योगदान दिएका राज गुरुङ ‘लाला’ र म्याराथन धावक अर्जुन गोदारलाई सम्मान गरिएको थियो । गुरुङ कालाबाङ घरेडी बुद्ध पार्कका परिकल्पनाकार तथा कालाबाङ घरेडी बुद्ध पार्क विकास संस्थाका संस्थापक अध्यक्ष हुनुहुन्छ । रासस