९ भाद्र २०८३, मंगलवार
,
Latest
अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए लाल सागरमा साउदी तेल ट्याङ्कर र सैन्य बलमाथि हुथी समूहद्वारा आक्रमणको दाबी पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई…
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिनभर सक्रिय रहन यस्ता बानी अपनाउनुस्



a nice girl enjoys sunny morning
अ+ अ-

काठमाडौं । स्वास्थ्य विज्ञहरूका अनुसार दिनको सुरुआत कसरी गरिन्छ भन्ने कुराले सम्पूर्ण दिनको शारीरिक र मानसिक अवस्था निर्धारण गर्छ। व्यस्त जीवनशैलीकाबीच पनि विहानका केही सरल बानी अपनाएमा स्वास्थ्यमा सकारात्मक प्रभाव पर्न सक्छ।

सबैभन्दा पहिले, विहान उठ्नेबित्तिकै एक–दुई गिलास मनतातो पानी पिउनु पेट सफा राख्न र शरीरलाई हाइड्रेट गर्न उपयोगी मानिन्छ। यसले पाचन प्रणाली सक्रिय बनाउने गर्छ।

त्यसपछि १५–३० मिनेट हल्का व्यायाम, योग वा हिँडडुल गर्न सकेमा रक्तसञ्चार राम्रो हुनुका साथै मानसिक तनाव कम हुन्छ। विशेषगरी प्राणायाम र स्ट्रेचिङले दिनभर ऊर्जा प्रदान गर्छ।

स्वास्थ्य विशेषज्ञहरू विहानको खाना नछोड्न सुझाव दिन्छन्। पोषणयुक्त नास्तामा फलफूल, अण्डा, दूध, दलिया वा हरियो सागसब्जी समावेश गर्नुपर्छ। यसले शरीरलाई आवश्यक ऊर्जा र पोषक तत्व उपलब्ध गराउँछ।

त्यसैगरी, मोबाइल फोन वा सामाजिक सञ्जालबाट टाढा रही केही समय सकारात्मक सोच वा ध्यान (मेडिटेशन) गर्न सकेमा मानसिक स्वास्थ्य मजबुत हुन्छ।

विशेषज्ञहरूको भनाइमा, नियमित रूपमा यी बानी अपनाएमा मोटोपन, मधुमेह, उच्च रक्तचापजस्ता समस्या कम गर्न मद्दत पुग्छ। त्यसैले स्वस्थ दिनको सुरुआतका लागि विहानको समयलाई सही तरिकाले प्रयोग गर्नु अत्यन्त आवश्यक छ।