१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

गणेश चतुर्थीमा कुमार पूजा

गणेश चतुर्थीमा कुमार पूजा
अ अ+ अ-

काठमाडौं । गणेश चतुर्थीको अवसरमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ स्थित गुप्तेश्वर मन्दिरको प्राङ्गणमा मङ्गलबार ३०८ कुमारको पूजा गरिएको छ ।

पनौती बोलबम परिवार सङ्घको आयोजनामा भएको कार्यक्रममा काभ्रे, ललितपुर, भक्तपुर र काठमाडौँका कुमारलाई देवस्वरूप मानी पूजा गरिएको हो । भाद्र शुक्ल चतुर्थीका दिन गणेशको पूजा गर्ने परम्परासँगै कुमारलाई देवस्वरूप मानी पूजा गर्ने चलन रहेको छ ।

कुमार पूजाले बालकको सुख, शान्ति, स्वास्थ्य तथा दीर्घायुको कामना गर्नुका साथै समाजमा सुख–समृद्धि र शान्तिको कामना गर्ने धार्मिक तथा सांस्कृतिक मान्यता रहेको छ । कार्यक्रममा कुमारको पूजा गर्न आउने महिलाको उल्लेख्य भीड लागेको थियो ।

पनौती बोलबम परिवार सङ्घले विसं २०६८ देखि प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन कुमार पूजा गर्दै आएको सङ्घका अध्यक्ष महेश धाजुले बताउनुभयो । उहाँका अनुसार एक वर्षदेखि पाँच वर्षसम्मका बालकलाई कुमारका रूपमा पूजा गर्ने गरिएको छ ।

“कुमार पूजा केवलकुमार बालकको व्यक्तिगत पूजा होइन, सामूहिक मङ्गल कामनासँग पनि जोडिएको छ । विभिन्न ठाउँबाट बालकहरूलाई बोलाएर सामूहिक रूपमा पूजा गर्नुको उद्देश्य समाजमा सुख, शान्ति र समृद्धिको कामना गर्नु तथा धार्मिक–सांस्कृतिक परम्परालाई निरन्तरता दिनु हो”, अध्यक्ष धाजुले भन्नुभयो ।