२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

पर्यटकलाई दुःख दिने १५ जना पक्राउ

पर्यटकलाई दुःख दिने १५ जना पक्राउ
अ अ+ अ-

कास्की। पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा कास्की प्रहरीले आज सञ्चालन गरेको ‘स्वीप अप्रेसन’ का क्रममा १५ जना पक्राउ परेका छन् ।

चाडपर्वको समयमा पर्यटकलाई जबरजस्ती सवारीसाधनमा चढाउन खोज्ने, होटल मिलाइदिने भन्दै झोला तान्ने तथा विभिन्न बहानामा दुःख हैरानी दिएका कारण उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो ।

उहाँका अनुसार आउँदै गरेको चाडपर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयबाट परिचालन गरिएको टोलीले महानगरका विभिन्न क्षेत्रमा सञ्चालन गरेको ‘स्वीप अप्रेसन’ का क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पोखराको पृथ्वीचोक, सभागृहचोक र सिर्जनाचोक आसपासका क्षेत्रमा पर्यटक तथा सर्वसाधारणलाई लक्षित गरी जबरजस्ती सवारीसाधनमा चढाउन खोज्ने, होटल मिलाइदिने भन्दै पर्यटकका झोला तान्ने, करकाप गर्ने तथा अनावश्यक रूपमा दुःख हैरानी दिने गतिविधिमा संलग्न व्यक्तिहरूमाथि निगरानी बढाइएको प्रहरी नायब उपरीक्षक पासवानले बताउनुभयो ।

सोही क्रममा सार्वजनिक सवारीसाधनमा जबरजस्ती चढाउन खोज्ने तथा होटल मिलाइदिने भन्दै पर्यटकको झोला तान्ने छ जना, अफलाइन पठाओ तथा इन्ड्राइभका चालक आठ जना र जीपका एक चालकलाई नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका सबैलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय बैदाम पठाइएको उहाँले बताउनुभयो ।

“चाडपर्व तथा पर्यटकीय याममा पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्ने भएकाले पर्यटकलाई सुरक्षित र सहज वातावरणमा घुम्ने व्यवस्था मिलाउन प्रहरीले यस्ता गतिविधिमाथि निगरानी बढाएको हो”, प्रनाउ पासवानले भन्नुभयो ।

पर्यटक तथा सर्वसाधारणलाई अनावश्यक दुःख हैरानी दिने, जबरजस्ती सवारीसाधनमा चढाउन खोज्ने वा सेवा उपलब्ध गराउने नाममा करकाप गर्ने गतिविधि नगर्न सम्बन्धित सबैलाई प्रहरीले आग्रह गरेको छ । साथै यस्ता गतिविधि गरेको पाइएमा नजिकको प्रहरी कार्यालय वा प्रहरीलाई खबर गर्न सर्वसाधारणमा अनुरोध गरिएको छ । रासस