२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी

बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत

बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत
तस्बिर: एएफपी
अ अ+ अ-

म्याड्रिड। स्पेन सरकारले मङ्गलबार देशमा गहिरिँदो आवास सङ्कट समाधान गर्न नयाँ आपतकालीन उपाय स्वीकृत गरेको छ ।

यो निर्णय तटीय सहर बार्सिलोनामा सोमबार राति भएको हिंसात्मक घटनासहित देशभर हजारौँ मानिसले गरेको प्रदर्शनपछि आएको हो ।

सोमबार अबेर बार्सिलोनामा अशान्ति फैलिनुअघि सप्ताहन्तमा देशका विभिन्न सहरमा प्रदर्शन भएका थिए । राजधानी म्याड्रिडमा ८७ वर्षीया एक वृद्धालाई घरबाट निकालिएपछि आवास सङ्कटप्रति सरकारको ध्यानाकर्षण गराउन प्रदर्शनकारीले थप प्रभावकारी कदमको माग गरेका थिए ।

स्पेनको दोस्रो ठूलो सहर बार्सिलोनामा खराब मौसमको चेतावनीका कारण आयोजकले निर्धारित प्रदर्शन सोमबारका लागि सारेका थिए । सुरुमा विशाल र शान्तिपूर्ण रूपमा अघि बढेको जुलुसमा पछि हिंसा भड्किएको थियो । सयौँ कट्टरपन्थी प्रदर्शनकारीले प्रहरीसँग झडप गर्नुका साथै ढुङ्गा प्रहार गरेका र फोहोरका कन्टेनरमा आगजनी गरेका थिए ।

प्रधानमन्त्री पेड्रो सान्चेज नेतृत्वको सरकारले गत शुक्रबार संसदले अस्वीकार गरेका उपाय मङ्गलबार पुनःस्वीकृत गरेको हो । संसद्को अस्वीकृतिपछि सान्चेजले आगामी २९ नोभेम्बरमा मध्यावधि निर्वाचन घोषणा गरेका थिए । अब यी उपाय अनुमोदनका लागि अन्तरिम विधायिकामा पठाइनेछन्, जुन निर्वाचन सम्पन्न नभएसम्म सक्रिय रहनेछ ।

‘स्थायी आयोग’ भनिने उक्त सानो अन्तरिम विधायिकामा ६९ सदस्य छन्, जबकि नियमित संसद्मा ३५० सदस्य हुन्छन् ।

म्याड्रिडस्थित कम्प्ल्युटेन्स विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक अलेजान्ड्रो क्विरोगाका अनुसार अन्तरिम विधायिकामार्फत आदेश अनुमोदन गराउने कदम संवैधानिक हुनुका साथै सान्चेजका लागि राजनीतिक रूपमा आवश्यक पनि थियो ।

“मलाई लाग्दैन कि सान्चेजसँग अर्को कुनै विकल्प थियो,” क्विरोगाले एसोसिएटेड प्रेस (एपी) लाई भन्नुभयो, “यदि तपाईं आवासको मुद्दालाई मध्यावधि निर्वाचनसम्म जनताको ध्यानको केन्द्रमा राख्न चाहनुहुन्छ भने, चुप लागेर बस्न र यस विषयमा केही नगर्न सक्नुहुन्न । त्यो बुद्धिमानीपूर्ण कदम हुने थिएन ।”

आवासमन्त्री इसाबेल रोड्रिगेजले गत साता पत्रकारलाई बताएअनुसार नयाँ उपायमा जोखिममा रहेका स्पेनिस नागरिकलाई सन् २०३० सम्म घरबाट निष्कासन हुनबाट जोगाउने, कोठा भाडा नियमन गर्ने, मौसमी भाडामा नयाँ कर लगाउने, नाफा कमाउने उद्देश्यले गरिने घरजग्गा खरिदमा रोक लगाउने तथा घरधनीलाई कर छुट दिने प्रावधान छन् ।

युरोपको चौथो ठूलो अर्थतन्त्रमा बलियो आर्थिक वृद्धि भइरहे पनि बढ्दो जीवनयापन खर्च र आवासको अभावका कारण धेरै स्पेनिस नागरिकका लागि घर किन्न वा भाडामा लिन कठिन हुँदै गएको छ ।

प्रदर्शनकारीले भाडामा बस्नेका लागि थप बलियो सुरक्षा, आवाससम्बन्धी ठगी नियन्त्रण तथा वैकल्पिक आवासको व्यवस्था नभएसम्म घरबाट निष्कासन रोक्नुपर्ने माग गर्दै आएका छन् । (रासस/एपी)