२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी News Polar तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर News Polar ‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा  सहभागी गराउनुपर्ने’ News Polar दसैँको साइत : कात्तिक ४ गते बुधबार १०:२६ बजे विजया दशमीको उत्तम News Polar काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिँदै शर्माले भने–पार्टीलाई एकतावद्ध बनाउन काम गर्छु News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी

बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी

बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी
अ अ+ अ-

बिराटनगर। बिराटनगर महानगरपालिकामा अघि बढाइएको बृहत्तर खानेपानी परियोजना सञ्चालन भएपछि दैनिक एक करोड लिटर खानेपानी उपलब्ध हुनेछ ।

परियोजना सम्पत्र भएपछि बिराटनगरवासीले दसैँअघि नै नयाँ प्रणालीमार्फत दैनिक एक करोड लिटरभन्दा बढी खानेपानी पाउने भएका हुन् ।

जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)को करिब रु दुई अर्ब ५४ करोड अनुदानमा सञ्चालित परियोजनाको मुख्य निर्माणकार्य सम्पत्र भइसकेको नेपाल खानेपानी संस्थान बिराटनगरले जनाएको छ । परियोजना हस्तान्तरणका लागि अब करिब २५ दिन मात्र बाँकी रहेको संस्थानले जनाएको छ ।

परियोजनाको निर्माण अवधि सन् २०२६ अक्टोबरसम्म तोकिएको थियो । अधिकांश निर्माणकार्य निर्धारित समयभन्दा अगावै सम्पत्र भएको हो । अहिले विद्युत् जडानलगायत केही प्राविधिक काम मात्र बाँकी छन् । ती काम पनि तत्काल सम्पत्र गरी दसैँअघि नै नयाँ प्रणाली सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

खानेपानी संस्थान बिराटनगरका प्रमुख सन्तोष रौनियारका अनुसार परियोजनाको मुख्य निर्माणकार्य पूरा भइसकेको छ । उहाँले भत्रुभयो, “तोकिएको समयभन्दा अगावै अधिकांश काम सम्पन्न भएको छ । अहिले विद्युत् जडानलगायत केही प्राविधिक काम मात्र बाँकी छन् । ती काम पनि छिट्टै सक्नेगरी काम भइरहेको छ । दसैँअघि नै नयाँ प्रणालीबाट उपभोक्ताको घरघरमा पानी पुर्‍याउने तयारी छ ।”

परियोजना सञ्चालनमा आएपछि बिराटनगरको खानेपानी उत्पादन तथा वितरण क्षमता उल्लेख्य रूपमा बढ्नेछ । हाल दैनिक करिब ९० लाख लिटर पानी वितरण हुँदै आएकामा नयाँ प्रणाली सञ्चालनमा आएपछि दैनिक एक करोड लिटरभन्दा बढी पानी वितरण गर्न सकिने संस्थानले जनाएको छ ।

परियोजनाअन्तर्गत खानेपानी उत्पादन, प्रशोधन र वितरण प्रणालीको क्षमता विस्तार गरिएको छ । पुराना संरचनाको सुधारसँगै नयाँ ‘ओभरहेड’ ट्याङ्की निर्माण, पाइपलाइन विस्तार तथा विद्युत् आपूर्ति क्षमता वृद्धि गरिएको छ । बिराटनगरका देवकोटा चोक, तीनपैनी, मुनालपथ तथा बिराटनगर–५ को कोचाखाल पश्चिममा रहेका संरचनाबाट खानेपानी वितरण गर्ने व्यवस्था मिलाइएको छ । कोचाखाल पश्चिममा परियोजनाअन्तर्गत नयाँ ओभरहेड ट्याङ्की निर्माण गरिएको छ ।

पाइपलाइन र फिल्टर प्रणालीको क्षमता विस्तारसँगै खानेपानी वितरणमा देखिँदै आएको समस्या कम हुने र उपभोक्ताले नियमित तथा गुणस्तरीय पानी पाउने संस्थानको अपेक्षा छ । हाल विराटनगरमा नेपाल खानेपानी संस्थानका करिब १३ हजार २०० ग्राहक छन् । परियोजना सञ्चालनमा आएपछि थप उपभोक्तालाई खानेपानीको पहुँचमा ल्याउन तथा तीव्र रूपमा बढिरहेको जनसङ्ख्याको माग धात्र सहज हुने संस्थानले जनाएको छ ।

बिराटनगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने आफ्नो प्रतिबद्धता रहेको प्रमुख नागेश कोइरालाले बताउनुभयो । उहाँले परियोजना सञ्चालनको अन्तिम चरणमा पुगेसँगै आफ्नो प्रतिबद्धता पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।

लामो समयदेखि खानेपानीको अपर्याप्तता एवं अनियमितता झेल्दै आएका बिराटनगरवासीका लागि परियोजना सञ्चालनसँगै ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ । रासस