काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन्।
काफ्लेले केन्द्रीय सदस्य (खुला) पदका लागि उम्मेदवारी दर्ता गरेका हुन्। उनले ‘समृद्ध नेपाल, सुखी नेपाली, समाजवादी मूल्य र न्यायिक सोच’ भन्ने नारासहित आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्।
कांग्रेसलाई थप सुदृढ, लोकतान्त्रिक र जनमुखी बनाउँदै मुलुकको समृद्धिका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यसहित आफूले उम्मेदवारी दिएको काफ्लेले बताएका छन्।








