२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने News Polar डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’ News Polar बिराटनगरमा दैनिक एक करोड लिटर खानेपानी News Polar तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर News Polar ‘निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा  सहभागी गराउनुपर्ने’ News Polar दसैँको साइत : कात्तिक ४ गते बुधबार १०:२६ बजे विजया दशमीको उत्तम News Polar काँग्रेस महामन्त्रीमा उम्मेदवारी दिँदै शर्माले भने–पार्टीलाई एकतावद्ध बनाउन काम गर्छु News Polar कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता News Polar कांग्रेसको १५औँ महाधिवेशनमा मुकेशराज काफ्लेको केन्द्रीय सदस्यमा उम्मेदवारी News Polar भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवास निर्माण गर्ने सरकारको निर्णय News Polar दसैंमा देशभर रुट परमिट खुला, २३ असोजदेखि अग्रिम टिकट बुकिङ News Polar नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक प्रतिनिधि सभामा दर्ता News Polar सर्वोच्च अदालतका लागि चार न्यायाधीश सिफारिस News Polar डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी

डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’

डेंगु रोकथाम अभियान : ‘लार्भा खोजौँ नष्ट गरौँ’
अ अ+ अ-

बाँके। नेपालगञ्ज उपमहानगरपालिकाले डेंगु सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न २३ वटै वडामा लामखुट्टेको बासस्थानसहित ‘लार्भा नष्ट’ अभियान सञ्चालन गर्न लागेको छ ।

उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले सञ्चालन गर्न लागेको अभियानबारे सरोकारवालासँग छलफल तथा अभिमुखीकरणसमेत गरेको छ । उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत एवं कीटजन्य रोगका सम्पर्क व्यक्ति सरोज रिमालका अनुसार केही दिनभित्रै अभियान सञ्चालन गर्ने तयारी गरिएको छ । अभियानमा घर तथा समुदाय वरिपरि जमेको पानी, गमला, एसी, कुलरलगायत पानी जम्मा हुने स्थानमा डेङ्गुी सार्ने लामखुट्टेको बासस्थान तथा लार्भा खोजी गरी नष्ट गरिनेछ ।

अधिकृत रिमालले भन्नुभयो, “यस वर्ष डेङ्गी रोकथाम अभियानलाई २३ वटै वडाका टोलटोल र बस्तीसम्म पुर्याउँछौँ । घर तथा समुदाय वरिपरि पानी जम्ने स्थानको खोजी गरी लामखुट्टेको बासस्थान र लार्भा नष्ट गरिनेछ ।” अभियानमा स्वास्थ्य संस्था प्रमुख, जनप्रतिनिधि, पत्रकार, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक लगायतका सरोकारवालाको सहभागिता रहनेछ । यस पटकको अभियानमा डेङ्गी तथा स्क्रब टाइफसबारे सरोकारवालालाई अभिमुखीकरण गरी समुदायस्तरमा जनचेतना फैलाइने उहाँको भनाइ थियो ।

उहाँका अनुसार अभियानमा सङ्क्रमितको उपचार तथा तथ्याङ्क व्यवस्थापनमा सहजीकरण गरिनेछ । भेरी अस्पताल, सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज तथा नेपालगञ्जका निजी अस्पतालबाट हुने उपचार र सङ्क्रमणसम्बन्धी तथ्याङ्क व्यवस्थापनमा समन्वय गरिने जानकारी दिइएको छ । विगतमा सञ्चालन गरिएको ‘खोज र नष्ट गर’ अभियानपछि डेङ्गी सङ्क्रमण घटेको थियो । प्रमुख रिमालले भन्नुभयो, “विगतमा पनि ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरेपछि डेङ्गी सङ्क्रमण घटेको तथ्याङ्क छ । त्यसैले आगामी दिनमा पनि यसलाई निरन्तरता दिनेछौँ ।”

उहाँका अनुसार डेङ्गी सार्ने लामखुट्टे कात्तिक–मङ्सिरसम्म सक्रिय रहने भएकाले सो अवधि अघि नै अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य शाखामा लार्भा परीक्षणका लागि आवश्यक पर्ने कीटको भने अभाव रहेको बताइएको छ । यसैबीच जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका मलेरियाका फोकल पर्सन रत्नप्रसाद शर्माका अनुसार नेपालगञ्जका विभिन्न अस्पताल तथा स्वास्थ्य सेवा प्रदायक संस्थामा हालसम्म ९० जना डेङ्गी सङ्क्रमित भेटिएका छन् । तीमध्ये भेरी अस्पतालमा ४४ जना र अन्य निजी अस्पतालमा ४६ जना सङ्क्रमित रहेको पाइएको थियो ।

फोकल पर्सन शर्माले भन्नुभयो, “अहिले उपमहानगरपालिकाका विभिन्न अस्पताल र स्वास्थ्य सेवा प्रदायक संस्थामा जाँच गर्न आउनेमध्ये ९० जनामा डेंगुको संक्रमण देखिएको छ ।” उहाँका अनुसार गत वर्षको तुलनामा यस वर्ष अहिलेसम्म डेङ्गी सङ्क्रमितको सङ्ख्या कम देखिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख समीरप्रताप सिंह डेङ्गी सङ्क्रमण रोकथामका लागि सबै जिम्मेवार निकाय गम्भीर भएर काम गर्नु बताउनुहुन्छ । उहाँले नगरका २३ वटै वडामा प्रभावकारी अभियान सञ्चालन गर्न सरोकारवालालाई निर्देशनसमेत दिनुभयो ।

उपमहानगरपालिकाले डेङ्गी नियन्त्रणका लागि नागरिकलाई आफ्नो घर, आँगन तथा समुदाय वरपर पानी जम्न नदिन, गमला, कुलर, एसिलगायत पानी जम्मा हुने स्थान नियमित सफा गर्न र लामखुट्टेको बासस्थान नष्ट गर्न आग्रह गरेको छ ।
—