२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

वृद्धको हत्या अभियोगमा युवक पक्राउ

वृद्धको हत्या अभियोगमा युवक पक्राउ
अ अ+ अ-

कास्की। कास्कीको पोखरा महानगरपालिका–२४ कार्कीको तगारा बस्ने ७२ वर्षीय ज्येष्ठ नागरिक पूर्णभद्र त्रिपाठीको घरेलु हतियार प्रहारबाट मृत्यु भएको छ ।

त्रिपाठीलाई सोही ठाउँका ३३ वर्षीय जगत दाहालले कोदालो तथा सिसाको बोत्तल प्रहार गरी घाइते बनाएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीसमेत रहनुभएका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनुभयो । उहाँका अनुसार घटनामा संलग्न दाहाललाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ ।

आक्रमणबाट गम्भीर घाइते त्रिपाठीलाई उपचारका लागि मेट्रोसिटी अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा त्रिपाठीको मृत्यु भएको थियो । घटनापछि प्रहरीले प्रारम्भिक अनुसन्धान तथा घटनास्थलको जाँच मुचुल्का गरी शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो ।

घटनामा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा प्रहरीले दाहाललाई पोखरा–२४ पामेको पुलबाट भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको प्रनाउ पासवानले बताउनुभयो । प्रहरीले घटनास्थलबाट घटनामा प्रयोग भएको एक थान कोदालो र एक थान सिसाको बोत्तलसमेत बरामद गरेको जनाएको छ ।

पक्राउ परेका दाहाललाई कर्तव्य ज्यानसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट मङ्गलबार पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको पासवानले जानकारी दिनुभयो । रासस