२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल

जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
फाइल फोटो
अ अ+ अ-

धादिङ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य जगदीश खरेलले जनताको समस्या, अपेक्षा र जनप्रतिनिधिप्रतिको धारणा प्रत्यक्ष रूपमा बुझ्न पार्टीले ‘हामी आउँदैछौँ’ अभियान सञ्चालन गरेको बताउनुभएको छ ।

रास्वपा धादिङले आज धादिङबेसीमा आयोजना गरेको अभियान शुभारम्भ कार्यक्रममा उहाँले निर्वाचनका बेला मात्रै जनताको घरदैलोमा पुग्ने राजनीतिक प्रवृत्तिको अन्त्य गर्दै नागरिकसँग नियमित संवाद गर्न अभियान सुरु गरिएको बताउनुभयो । “सिंहदरबार र जनताको घरबीचको दूरी बढ्दा जनताको सुखदुःख बुझ्न सकिँदैन”, उहाँले भन्नुभयो, “त्यसैले जनताको घरदैलोमै पुगेर उहाँहरूको समस्या, चाहना र अपेक्षा बुझ्न हामी आएका हौँ ।”

प्रवक्ता खरेलले अभियानका क्रममा वडा तहसम्मका पार्टी नेता तथा कार्यकर्तासँग छलफल गरी प्राप्त सुझावलाई पार्टीको नीति निर्माण र सङ्गठनात्मक सुधारमा उपयोग गरिने बताउनुभयो । प्रतिनिधिसभा सदस्य एउटा निर्वाचन क्षेत्रमा मात्र सीमित नभई देशभरका नागरिकका सवाल उठाउन जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो ।

धादिङ आउने क्रममा बाढीबाट क्षतिग्रस्त सडक र पुलको अवस्था प्रत्यक्ष देखेको उल्लेख गर्दै उहाँले क्षतिग्रस्त पूर्वाधारको शीघ्र पुनःनिर्माण आवश्यक रहेको बताउनुभयो । भोटेकोशी बाढीबाट ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गर्नुभयो ।

अभियानका लागि प्रवक्ता खरेलसँगै प्रतिनिधिसभा सदस्य बसुमाया तामाङ, डा राम लामा र पार्टीकी केन्द्रीय सदस्य सुशीला कार्की धादिङ आउनुभएको छ ।

रास्वपा धादिङका सभापति राजन अर्यालका अनुसार टोलीले धादिङका विभिन्न स्थानीय तहका टोल तथा बस्तीमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम तय भएको छ । अभियानका क्रममा स्थानीय समस्या, सुझाव र अपेक्षा सङ्कलन गरी पार्टीको केन्द्रीय तहसम्म पुर्‍याइने उहाँले जानकारी दिनुभयो । रासस