२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

मल्कवाङबाट गर्भवतीको हवाई उद्धार

मल्कवाङबाट गर्भवतीको हवाई उद्धार
अ अ+ अ-

म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङबाट जटिल अवस्थामा एक गर्भवतीको हेलिकप्टरबाट  उद्धार गरिएको छ ।

मल्कवाङ स्वास्थ्य चौकीबाट धवलागिरि गाउँपालिका–४ की २१ वर्षीया सम्झना लामगाडेको हेलिकप्टरबाट उद्धार गरिएको हो । उहाँलाई पोखराको गण्डकी अस्पताल लगिएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र प्रदेश अस्पताल बेनीसँग समन्वय गरेर सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरेर पोखरा लगिएको धवलागिरि  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताउनुभयो ।

भौगोलिक रुपमा विकट मल्कवाङ जोड्ने सडक मनसुनजन्य विपद्का कारण अवरुद्ध बनेकाले निःशुल्क हवाई उद्धार गरिएको हो । गण्डकी प्रदेश सरकारले जटिल अवस्थाका भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका गर्भवति तथा सुत्केरीको निःशुल्क हवाई उद्धार गर्दै आएको छ ।

यसअघि गत आइतबार धवलागिरि गाउँपालिका–४ की २३ वर्षीया झरना छन्त्याललाई पनि हेलिकप्टरबाट उद्धार गरेर गण्डकी अस्पताल पोखरामा लगेर प्रसूति गराइएको थियो ।  रासस