२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु News Polar सिङ्गापुरद्वारा वित्तीय संस्थाका लागि एआई जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी News Polar विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो News Polar प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट News Polar ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल News Polar शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा News Polar बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो News Polar लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सुधार्ने मुख्य अभिभारा काँग्रेससँग छः उपसभापति शर्मा News Polar काँग्रेसको प्राथमिकता सत्ता प्राप्ति मात्र हुनुहुँदैन, मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गरौँः आङ्देम्बे News Polar प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन

रगतको मौज्दात विवरण तत्काल अद्यावधिक गर्न ३९ रक्तसञ्चार केन्द्रलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

रगतको मौज्दात विवरण तत्काल अद्यावधिक गर्न ३९ रक्तसञ्चार केन्द्रलाई स्वास्थ्य मन्त्रालयको निर्देशन
अ अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका ३९ वटा रक्तसञ्चार केन्द्रलाई आफ्नो केन्द्रमा मौज्दात रहेको रगत तथा रक्त तत्वको विवरण रगत अनुगमन तथा रक्तदाता व्यवस्थापन प्रणालीमा अनिवार्य रूपमा प्रविष्टि तथा अद्यावधिक गर्न निर्देशन दिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट सञ्चालन हुँदै आएको उक्त प्रणालीमा आबद्ध भई सञ्चालनसम्बन्धी तालिम सम्पन्न गरेका ३९ वटा रक्तसञ्चार केन्द्रले आफ्नो केन्द्रमा उपलब्ध रगत तथा रक्त तत्वको विवरण वास्तविक समयमै प्रविष्टि तथा नियमित रूपमा अद्यावधिक गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रणालीमा प्रविष्ट गरिएको रगत तथा रक्त तत्वको विवरण मन्त्रालयको वेबसाइट र नागरिक एपमार्फत समेत सर्वसाधारणका लागि उपलब्ध हुनेछ । यसबाट नागरिकले आफूलाई आवश्यक पर्ने रगत वा रक्त तत्व कुन रक्तसञ्चार केन्द्रमा उपलब्ध छ र त्यसको मौज्दात कति छ भन्ने जानकारी सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।

मन्त्रालयले केही रक्तसञ्चार केन्द्रले आफ्नो केन्द्रमा मौज्दात रहेको रगत तथा रक्त तत्वको सही विवरण प्रणालीमा प्रविष्टि तथा अद्यावधिक नगरेको गुनासो प्राप्त भएको जनाएको छ । त्यसपछि मन्त्रालयले तालिम सम्पन्न गरेका सबै ३९ वटा रक्तसञ्चार केन्द्रलाई तत्काल आफ्नो केन्द्रमा उपलब्ध रगत तथा रक्त तत्वको मौज्दात परिमाण, प्रकार तथा अन्य आवश्यक विवरण प्रविष्टि गरी नियमित रूपमा अद्यावधिक गर्न आग्रह गरेको हो ।

सम्बन्धित रक्तसञ्चार केन्द्रका प्रमुख तथा जिम्मेवार कर्मचारीले प्रणालीमा प्रविष्ट गरिने विवरणको शुद्धता, पूर्णता र समयमै अद्यावधिक हुने सुनिश्चित गर्नुपर्ने मन्त्रालयले जनाएको छ । साथै, रगत तथा रक्त तत्वको विवरण प्रविष्टि र अद्यावधिक गर्ने कार्यलाई नियमित संस्थागत जिम्मेवारीका रूपमा कार्यान्वयन गर्न सबै सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।

मन्त्रालयका अनुसार यस प्रणालीमार्फत रगतको उपलब्धतासम्बन्धी सूचना सहज रूपमा प्राप्त हुने भएकाले रक्तसञ्चार सेवा थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

आवश्यक सहजीकरण तथा प्राविधिक सहयोगका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ । प्रयोगशालाको फोन नम्बर ०१–५३५२४२१ रहेको छ ।