१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

रगतको मौज्दात विवरण तत्काल अद्यावधिक गर्न ३९ रक्तसञ्चार केन्द्रलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

रगतको मौज्दात विवरण तत्काल अद्यावधिक गर्न ३९ रक्तसञ्चार केन्द्रलाई स्वास्थ्य मन्त्रालयको निर्देशन
अ अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका ३९ वटा रक्तसञ्चार केन्द्रलाई आफ्नो केन्द्रमा मौज्दात रहेको रगत तथा रक्त तत्वको विवरण रगत अनुगमन तथा रक्तदाता व्यवस्थापन प्रणालीमा अनिवार्य रूपमा प्रविष्टि तथा अद्यावधिक गर्न निर्देशन दिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट सञ्चालन हुँदै आएको उक्त प्रणालीमा आबद्ध भई सञ्चालनसम्बन्धी तालिम सम्पन्न गरेका ३९ वटा रक्तसञ्चार केन्द्रले आफ्नो केन्द्रमा उपलब्ध रगत तथा रक्त तत्वको विवरण वास्तविक समयमै प्रविष्टि तथा नियमित रूपमा अद्यावधिक गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रणालीमा प्रविष्ट गरिएको रगत तथा रक्त तत्वको विवरण मन्त्रालयको वेबसाइट र नागरिक एपमार्फत समेत सर्वसाधारणका लागि उपलब्ध हुनेछ । यसबाट नागरिकले आफूलाई आवश्यक पर्ने रगत वा रक्त तत्व कुन रक्तसञ्चार केन्द्रमा उपलब्ध छ र त्यसको मौज्दात कति छ भन्ने जानकारी सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।

मन्त्रालयले केही रक्तसञ्चार केन्द्रले आफ्नो केन्द्रमा मौज्दात रहेको रगत तथा रक्त तत्वको सही विवरण प्रणालीमा प्रविष्टि तथा अद्यावधिक नगरेको गुनासो प्राप्त भएको जनाएको छ । त्यसपछि मन्त्रालयले तालिम सम्पन्न गरेका सबै ३९ वटा रक्तसञ्चार केन्द्रलाई तत्काल आफ्नो केन्द्रमा उपलब्ध रगत तथा रक्त तत्वको मौज्दात परिमाण, प्रकार तथा अन्य आवश्यक विवरण प्रविष्टि गरी नियमित रूपमा अद्यावधिक गर्न आग्रह गरेको हो ।

सम्बन्धित रक्तसञ्चार केन्द्रका प्रमुख तथा जिम्मेवार कर्मचारीले प्रणालीमा प्रविष्ट गरिने विवरणको शुद्धता, पूर्णता र समयमै अद्यावधिक हुने सुनिश्चित गर्नुपर्ने मन्त्रालयले जनाएको छ । साथै, रगत तथा रक्त तत्वको विवरण प्रविष्टि र अद्यावधिक गर्ने कार्यलाई नियमित संस्थागत जिम्मेवारीका रूपमा कार्यान्वयन गर्न सबै सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।

मन्त्रालयका अनुसार यस प्रणालीमार्फत रगतको उपलब्धतासम्बन्धी सूचना सहज रूपमा प्राप्त हुने भएकाले रक्तसञ्चार सेवा थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

आवश्यक सहजीकरण तथा प्राविधिक सहयोगका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ । प्रयोगशालाको फोन नम्बर ०१–५३५२४२१ रहेको छ ।