२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु News Polar सिङ्गापुरद्वारा वित्तीय संस्थाका लागि एआई जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी News Polar विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो News Polar प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट News Polar ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल News Polar शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा News Polar बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो News Polar लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सुधार्ने मुख्य अभिभारा काँग्रेससँग छः उपसभापति शर्मा News Polar काँग्रेसको प्राथमिकता सत्ता प्राप्ति मात्र हुनुहुँदैन, मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गरौँः आङ्देम्बे News Polar प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन

नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न

नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न
अ अ+ अ-

काठमाडौँ, २१ असोजः नेपाल र रुसी महासङ्घबीचको द्विपक्षीय परामर्श बैठक आज यहाँ सम्पन्न भएको छ । नेपाल–रुसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका अवसरमा भएको बैठकमा दुई देशबीचको समग्र सम्बन्धका विषयमा समीक्षा भएको थियो ।

परराष्ट्र मन्त्रालयका अनुसारबैठकमा नेपाल र रुसी महासङ्घबीच लामो समयदेखि कायम मित्रता र घनिष्ठ साझेदारीप्रति दुवै पक्षले सन्तुष्टि व्यक्त गर्दै शिक्षा, मानव संसाधन विकास, संस्कृति, पर्यटन, जलवायु परिवर्तन, व्यापार तथा लगानीलगायतका क्षेत्रमा सहकार्य र सहयोगलाई प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

दुवै पक्षले आ–आफ्नो देशमा भएका राजनीतिक तथा आर्थिक विकासका विषयमा एकअर्कालाई जानकारी गराउनका साथै रुसी सेनामा रहेका नेपाली नागरिक, हराइरहेका नेपाली नागरिक, युक्रेनमा युद्धबन्दीका रूपमा रहेका नेपाली नागरिक तथा क्षतिपूर्तिसम्बन्धी विषयमा पनि छलफल भएको थियो । त्यसैगरी जलवायु परिवर्तन तथा बहुपक्षीय प्रणालीमा सहकार्यलगायत आपसी हितका क्षेत्रीय तथा बहुपक्षीय विषयमा विचार आदानप्रदान भएको थियो ।

बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव अमृतबहादुर राई र रुसी महासङ्घका उपविदेशमन्त्री आन्द्रे रुडेन्कोले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहअध्यक्षता गर्नुभएको थियो । रुसी प्रतिनिधिमण्डलमा नेपालका लागि रुसी राजदूत अलेक्सेई सुरोवत्सेभ, रुसी विदेश मन्त्रालयका अधिकारी तथा रुसी दूतावासका कूटनीतिज्ञ सहभागी हुनुहुन्थ्यो ।

बैठकपछि परराष्ट्र सचिव राईले रुसी उपविदेशमन्त्री रुडेन्को तथा प्रतिनिधिमण्डलका सदस्यहरूको सम्मानमा दिवाभोज आयोजना गर्नुभएको थियो ।

नेपालको परराष्ट्र मन्त्रालय र रुसी महासङ्घको विदेश मन्त्रालयबीच परामर्शसम्बन्धी प्रोटोकलमा सन् १९९५ सेप्टेम्बर ५ मा हस्ताक्षर भएको थियो ।

यसैबीच, राजदूत सुरोवत्सेभले आज साँझ स्वागत समारोह आयोजना गर्नुभयो । त्यस अवसरमा उपविदेशमन्त्री रुडेन्कोले बहुआयामिक रुस–नेपाल सम्बन्धका विविध पक्षबारे मन्तव्य व्यक्त गर्दै आफ्नो मुलुकले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घका साथै शाङ्घाइ सहयोग सङ्गठनलगायत बहुपक्षीय मञ्चमा क्षेत्रीय र अन्तरराष्ट्रिय चासोका साझा विषयमा दुवै देशले सहकार्य गर्दै आएका बताउनुभयो ।रासस