२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट News Polar ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल News Polar शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा News Polar बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो News Polar लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सुधार्ने मुख्य अभिभारा काँग्रेससँग छः उपसभापति शर्मा News Polar काँग्रेसको प्राथमिकता सत्ता प्राप्ति मात्र हुनुहुँदैन, मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गरौँः आङ्देम्बे News Polar प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन News Polar नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल News Polar तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारकाे निर्णय News Polar थापाले बन्द सत्र समापनमा घोषणा गर्दै भने : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन News Polar खगेन्द्र सुनारले भने– ‘ममाथि लागेका सबै आरोपको निष्पक्ष छानबिन गरियोस्’ News Polar निर्वाचन प्रहरीको पोशाक खरिदबारे राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर अध्ययन गर्छौँ : ओली News Polar प्रहरीको पोशाक खरिद अध्ययन उपसमितिले पारित गर्‍यो १९ बुँदे कार्यविधि News Polar कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान News Polar मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा भएको अवसरमा रवि लामिछानेद्वारा बधाई News Polar उपसभापति विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक विषयक प्रतिवेदन पारित

जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल

जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल
अ अ+ अ-

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले परम्परागत राजनीतिक दलहरूप्रति नागरिकमा बढ्दो वितृष्णाको मुख्य कारण समाजमा मौलाएको उपभोक्तावादी प्रवृत्ति र आम्दानी–खर्चबीचको खाडल भएको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले विकासका भौतिक पूर्वाधार मात्रै जनताको मत जित्न पर्याप्त नहुने भन्दै वामपन्थी आन्दोलनलाई नयाँ वैचारिक धरातलमा पुनर्गठित गर्नुपर्नेमा जोड दिनुभएको हो । महासचिव पोखरेलले नेकपा एमालेले विगतमा गरेका सडक, पुल, भवन निर्माण र सामाजिक सुरक्षा भत्ताजस्ता गौरवपूर्ण कार्यहरूको चर्चा गरे पनि जनताको बदलिँदो मनोविज्ञान बुझ्न चुकेको स्वीकार गर्नुभयो ।

उहाँकाअनुसार आधुनिक समाजमा पूर्वाधार विकासले निम्त्याएको उपभोक्तावाद चरम अवस्थामा पुगेको छ कक। यसले नागरिकको खर्च गर्ने आकांक्षा बढाए पनि आम्दानीको स्रोत सोही अनुपातमा बढ्न नसक्दा समाजमा आर्थिक असन्तुलन पैदा भएको छ । वामपन्थी आन्दोलनलाई पुनर्जीवित गर्न इतिहासको गौरवगाथाबाट शिक्षा लिँदै वर्तमानका चुनौतीलाई सम्बोधन गर्नेगरी वैचारिक संश्लेषण आवश्यक रहेको उहाँको तर्क छ । आन्दोलनको ध्रुवीकरण र वैचारिक पुनर्गठन नै भविष्यको राजनीतिक यात्राको मुख्य आधारशिला बन्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

महासचिव पोखरेलले भन्नुभयो, ‘हाम्रो आन्दोलनको ध्रुवीकरणको आधार वैचारिक पुनर्गठन हो । इतिहासबाट शिक्षा लिँदै आजका चुनौती र भविष्यका आवश्यकतालाई केन्द्रमा राखेर नयाँ वैचारिक संश्लेषणसहित आन्दोलनलाई पुनर्गठित गर्नुपर्छ । यसले नै नेपालको वामपन्थी आन्दोलनलाई बलियो बनाउन सक्छ । हामीले विगतमा सडक, पुल, भवन निर्माणदेखि सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य बीमा र योगदानमा आधारित सामाजिक सुरक्षाजस्ता महत्वपूर्ण काम गरेका छौँ । त्यसमा गर्व गर्नुपर्छ । तर यति मात्र पर्याप्त छैन । आज नागरिकको मनोविज्ञान, आवश्यकता र चुनौती बदलिएका छन् । पुराना राजनीतिक दलप्रतिको असन्तुष्टि केवल सामाजिक सञ्जाल वा एल्गोरिदमका कारण होइन । हाम्रो समाजमा उपभोक्तावाद बढ्दै गएको छ, खर्च गर्ने अवसर विस्तार भएका छन् तर आम्दानीका स्रोत त्यही अनुपातमा विस्तार हुन सकेका छैनन् । आम्दानी र खर्चबीचको यो बढ्दो अन्तरले सामाजिक प्रतिष्ठाका लागि अनावश्यक खर्च गर्ने प्रवृत्ति बढाएको छ । त्यसले भ्रष्टाचार, अपराधीकरण, पैतृक सम्पत्तिको क्षयीकरण, डनगिरी र सामाजिक अराजकता जन्माइरहेको छ । त्यसैले अबको वाम आन्दोलनले यिनै नयाँ सामाजिक यथार्थ र चुनौतीलाई केन्द्रमा राखेर आफ्नो विचार, नीति र संगठनको पुनर्गठन गर्नुपर्छ ।’

महासचिव पोखरेलले राजनीतिक दलहरूले केवल भौतिक विकासमा मात्र केन्द्रित नभई नागरिकको बदलिँदो जीवनशैली र आर्थिक मनोविज्ञानलाई सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो । –न्युज एजेन्सी नेपाल