२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो News Polar प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट News Polar ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल News Polar शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा News Polar बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो News Polar लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सुधार्ने मुख्य अभिभारा काँग्रेससँग छः उपसभापति शर्मा News Polar काँग्रेसको प्राथमिकता सत्ता प्राप्ति मात्र हुनुहुँदैन, मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गरौँः आङ्देम्बे News Polar प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन News Polar नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल News Polar तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारकाे निर्णय News Polar थापाले बन्द सत्र समापनमा घोषणा गर्दै भने : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन News Polar खगेन्द्र सुनारले भने– ‘ममाथि लागेका सबै आरोपको निष्पक्ष छानबिन गरियोस्’

मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट

मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट
अ अ+ अ-

काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग ग्लोबल ग्रीन ग्रोथ ईन्स्टिच्युट (जिजिजिआइ) का नेपाल तथा पाकिस्तानका राष्ट्रिय प्रतिनिधि लौरा जलस्जोकी भेटवार्ता गर्नुभएको छ ।

मन्त्रालयमा आज भेटमा उहाँहरुबिच हरित विकास, जलवायु वित्त, हरित हाइड्रोजन तथा जलवायु उत्थानशील कृषिका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

जिजिजिआइ ५५ देशमा कार्यरत अन्तरराष्ट्रिय तथा अन्तरसरकारी संस्था हो । जिजिजिआइ प्रतिनिधिमण्डलले समावेशी तथा दिगो आर्थिक विकासमार्फत जलवायु उत्थानशील र समृद्ध विश्व निर्माण गर्ने उद्देश्यका साथ काम गरिरहेको छ ।

नेपाल सन् २०२२ देखि यसको सदस्य रहेको छ । राष्ट्रिय प्रतिनिधि जलस्जोकीले जिजिजिआइले कृषि, सिँचाइ, कृषि उपज प्रशोधन तथा जलवायु क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र मधेस प्रदेशमा तत्कालीन कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँगको सहकार्यमा काम गरेको जानकारी दिनुभएको थियो ।

सो अवसरमा मन्त्री चौधरीले हरित हाइड्रोजन र स्वदेशमै रासायनिक मल उत्पादन नेपालको महत्वपूर्ण प्राथमिकता रहेको उल्लेख गर्दै हरित हाइड्रोजनको विकासलाई मल उत्पादनसँग जोडेर अघि बढाउनुपर्ने बताउनुभयो ।

उहाँले जलवायु वित्त मन्त्रालयको प्राथमिकताको क्षेत्र रहेको उल्लेख गर्दै हालैको भोटेकोशी बाढीका कारण कृषि भूमि तथा पूर्वाधारमा भएको क्षतिले खाद्य सुरक्षा र कृषकको जीविकोपार्जनमा चुनौती थपिएको बताउनुभयो ।