२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु News Polar सिङ्गापुरद्वारा वित्तीय संस्थाका लागि एआई जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी News Polar विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो News Polar प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट News Polar ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल News Polar शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा News Polar बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो News Polar लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सुधार्ने मुख्य अभिभारा काँग्रेससँग छः उपसभापति शर्मा News Polar काँग्रेसको प्राथमिकता सत्ता प्राप्ति मात्र हुनुहुँदैन, मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गरौँः आङ्देम्बे News Polar प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना
अ अ+ अ-

ललितपुर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार रहेको बताउनुभएको छ ।

नेपाल विज्ञापन सङ्घ (आन)द्वारा आज ललितपुरमा आयोजित १३औँ रेड बुल कृति अवार्डको प्रतीक चिह्न (लोगो) सार्वजनिक समारोहमा मन्तव्य राख्नुहुँदै मन्त्री डा तिमिल्सिनाले विज्ञापन बजारको विकासका लागि विज्ञापन क्षेत्रका समस्या, चुनौती र कमजोरीको निर्मम समिक्षा गरी समाधानका लागि ठोस पहल आवश्यक रहेको बताउनुभयो ।

“विज्ञापन केवल व्यवसायसँग मात्र नभई संस्कृति, देशको पहिचान, सञ्चारमाध्यम, लोकतन्त्र, सिर्जनशीलता र समग्र अर्थतन्त्रसँग जोडिएको क्षेत्र हो । विज्ञापन उद्योगको विकासले समग्र अर्थतन्त्रसँगै लोकतान्त्रिक अभ्यास तथा सञ्चार क्षेत्रलाई समेत सकारात्मक योगदान पु¥याउन सक्छ”, उहाँले भन्नुभयो ।

विज्ञापन क्षेत्र अपेक्षाअनुसार अघि बढ्न नसक्नुका कारण पहिचान गर्नुपर्नेमा जोड दिँदै मन्त्री डा तिमिल्सिनाले त्यसका अवरोध र चलखेल पहिल्याएर आवश्यक हस्तक्षेपमार्फत समाधान खोज्नुपर्ने बताउनुभयो । विज्ञापन बोर्ड, विज्ञापन नीति तथा सरकारबाट आवश्यक सहजीकरणका विषयमा सरोकारवालाबीच खुला र आलोचनात्मक छलफल आवश्यक रहेको उहाँको भनाइ थियो ।

मन्त्री डा तिमिल्सिनाले प्रविधिको विकाससँगै विज्ञापन बजारको स्वरूपसमेत तीव्र रूपमा परिवर्तन भइरहेको उल्लेख गर्दै आगामी पाँचदेखि १० वर्षमा नेपालको विज्ञापन उद्योगले लिनुपर्ने दिशा र प्रविधिले पार्ने प्रभावबारे दीर्घकालीन नीति निर्माणमा विज्ञापन क्षेत्रका सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो ।

“विज्ञापन क्षेत्रलाई कुनै व्यक्ति वा संस्थाको नियन्त्रणमा नभई आफ्नै क्षमतामा उभिन सक्ने र स्वचालित उद्योगका रूपमा विकास गर्नुपर्ने आवश्यकता छ, सरकारले विज्ञापन क्षेत्रको महत्त्व बुझेको छ, यसको विकासका लागि आवश्यक सहकार्य गर्न सरकार तयार छ”, उहाँले भन्नुभयो ।

कृति अवार्डले विज्ञापन क्षेत्रका विभिन्न विधा र सिर्जनालाई समेट्दै नेपाली विज्ञापन बजारलाई पुनः ऊर्जाशील र जीवन्त बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गर्दै मन्त्री डा तिमिल्सिनाले अवार्डमा व्यापक सहभागिता र नेपाली विज्ञापन क्षेत्रको क्षमता तथा उपस्थिति उजागर हुने अपेक्षा व्यक्त गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य सङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले सङ्घले विज्ञापनलाई खर्चका रूपमा मात्र नभई ब्रान्ड, उपभोक्ता विश्वास र दीर्घकालीन बजार मूल्य निर्माण गर्ने रणनीतिक लगानीका रूपमा लिनुपर्ने बताउनुभयो ।

नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दीपक मलहोत्राले सरकारले निजी क्षेत्रलाई राजस्व सङ्कलनको क्षेत्रका रुपमा मात्रै नलिएर अर्थतन्त्रको साझेदारको रुपमा लिनुपर्ने धारणा राख्नुभयो ।

सञ्चार उद्यमी एवं नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष भाष्करराज राजकर्णिकारले नेपाली विज्ञापन क्षेत्रमा सृजनात्मक कामको प्रशंसाका साथै नेपाली अर्थतन्त्रलाई विज्ञापन क्षेत्रबाट उर्वर बनाउने अभिप्रायका साथ विज्ञापन बजारको गुणात्मक विकासका लागि कृति अवार्ड स्थापना गरिएको जानकारी गराउनुभयो ।  रासस