काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको सम्झनामा शनिबार काठमाडौंको पशुपति आर्यघाटमा कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ।
बाढीपछि लामो समयसम्म खोजी गर्दा पनि थामीको अवस्था पत्ता लाग्न नसकेपछि परिवारले हिन्दू संस्कारअनुसार कुशको शव बनाएर अन्त्येष्टि गरेको हो।
बाढी आएको लामो समय बितिसक्दा पनि थामीको अवस्था अज्ञात रहेपछि परिवारजनले अन्तिम संस्कार गर्ने निर्णय गरेका हुन्। परिवारका सदस्य तथा आफन्तजनले पशुपति आर्यघाटमा शोकपूर्ण वातावरणमा अन्त्येष्टि सम्पन्न गरेका थिए।
तस्बिर : सुजन तिम्ल्सिना/ नेपाल फोटो सर्भिस NPS












