२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय

यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय
अ अ+ अ-

काठमाडौँ, ४ असोजः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्सँग जोडिएका बहुआयामिक पक्ष र बदलिँदो राजनीतिक परिस्थितिका बारेमा सम्बोधनको तयारी गर्न निर्देशन दिएको छ ।

पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा केन्द्रीय कार्यालयमा आज सम्पन्न सचिवालयको बैठकले महासभामा सहभागी हुनजाने प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलगायतको कार्यदललाई अन्तरराष्ट्रिय सम्बन्ध र विश्वमञ्चमा नेपालको भूमिकाका विषयमा धारणा राख्ने गरी तयारी गर्न निर्देशन दिएको हो ।

बैठकले पार्टीको मधेस प्रदेशको साङ्गठनिक अवस्था तथा कार्यसम्पादन अडिटका सन्दर्भमा संयोजक तथा सहमहामन्त्री हरि ढकालबाट विस्तृत प्रतिवेदन प्राप्त भएपश्चात् आवश्यक रणनीतिक कदम अगाडि बढाउने निर्णय गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले केन्द्रीय अनुशासन आयोगको सदस्यमा अधिवक्ताहरू हरिचन्द्र भट्टराई सुशीला सिंखडा, रामचन्द्र कार्की, शान्ता थापा, नन्दन तिमिल्सिना, रोहन बोहजू, भविन्द्र राई, सन्तोष आचार्य, सन्तोष बिसुखे र श्वेता कुमारीलाई मनोनयन गरेको छ ।

ज्ञानेन्द्र मल्ललाई युवा खेलकुद तथा सशक्तीकरण विभागको उपप्रमुखका रूपमा मनोनयन गरिएको प्रवक्ता खरेलले जानकारी दिनुभयो । त्यस्तै अन्तरराष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागको सदस्यमा महेश भट्ट, टासी लाजोम र हिक्मतजङ्ग कार्कीलाई नियुक्त गरिएको छ । सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभागको सदस्यमा जयराम गुरुङ र राजकुमार श्रेष्ठलाई नियुक्त गरिएको छ ।

बैठकमा नव-मनोनित सचिवालय सदस्य विराजभक्त श्रेष्ठ र सहप्रवक्ता सुरेन्द्र चौधरीले पार्टी सभापति लामिछानेसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियो ।

बैठकले भोटेकोशी विपद्का कारण स्थगित पार्टीका सम्पूर्ण आधिकारिक गतिविधि पुनःसञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता खरेलले जानकारी दिनुभयो । “यसअन्तर्गत ‘हामी सुन्छौँ’ अभियान, ‘नागरिक नीति र नेतृत्व’ अभियान, स्थानीय तहका उम्मेदवार छनोट प्रक्रियालगायत साङ्गठनिक तथा जनसम्पर्कका कार्यक्रम अब अविलम्ब अघि बढाइनेछन्”, उहाँले भन्नुभयो ।

बैठकमा पार्टीका उपसभापति तथा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आफ्नो भर्खरै सम्पन्न भारत भ्रमणका क्रममा भएका भेटवार्ता र आर्थिक कूटनीतिका विषयमा सचिवालयलाई विस्तृत जानकारी गराउनुभएको थियो ।

भोटेकोशीमा आएको विनाशकारी बाढीपछि पार्टीका तर्फबाट सरकारमा सहभागी पदाधिकारी तथा सदस्यले खोजी, उद्धार, राहत वितरण तथा पुनःस्थापना र पुनर्निर्माणका बहुआयामिक पक्षबारे पार्टीलाई जानकारी गराउनुभएको थियो ।

बैठकले बाढीमा परी ज्यान गुमाएका तर शव पहिचान हुन नसकेकाको शीघ्र डिएनए परीक्षण गर्न तथा बेपत्ता भई आशा मारिसकेका व्यक्तिको हकमा परिवारको सहमतिमा मृत्यु प्रमाणपत्र उपलब्ध गराउने कानुनी प्रक्रिया छिटो टुङ्गोमा पुर्‍याई पीडित परिवारलाई राहत तथा सुविधा प्रदान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

यस्ता छन् निर्णयहरू

१. भोटेकोशी विपद् व्यवस्थापन तथा राहत सम्बन्धमाः भोटेकोशीमा आएको विनाशकारी बाढीपछि पार्टीका तर्फबाट सरकारमा सहभागी पदाधिकारी तथा सदस्यहरूले खोजी, उद्धार, राहत वितरण तथा पुनर्स्थापना र पुनर्निर्माणका कार्यहरूको बहुआयामिक पक्षहरूमा पार्टीलाई जानकारी गराउनुभयो । बाढीमा परी ज्यान गुमाएका तर शव पहिचान हुन नसकेकाहरूको शीघ्र डीएनए (DNA) परीक्षण गर्न तथा बेपत्ता भई आशा मारिसकेका व्यक्तिहरूको हकमा परिवारको सहमतिमा मृत्यु प्रमाणपत्र उपलब्ध गराउने कानुनी प्रक्रिया छिटो टुङ्गोमा पुई पीडित परिवारलाई राहत तथा सुविधा प्रदान गर्न बैठकले नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।

२. संयुक्त राष्ट्रसङ्घीय महासभामा नेपालको सहभागिता सम्बन्धमा : संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन जान लाग्नुभएका सम्माननीय प्रधानमन्त्री,परराष्ट्र मन्त्री लगायतको कार्यदललाई नेपालको भोटेकोशी विपदसँग जोडिएका बहुआयामिक पक्षहरू, बदलिँदो राजनीतिक परिस्थिति, समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वमञ्चमा नेपालको भूमिकाका विषयमा सम्बोधन केन्द्रित गर्ने गरी तयारी गर्न नीतिगत निर्देशन दिइएको छ।

३. मधेश प्रदेश कार्यसम्पादन अडिट सम्बन्धमा : पार्टीको मधेश प्रदेशको साङ्गठनिक अवस्था तथा कार्यसम्पादन अडिटका सन्दर्भमा संयोजक तथा पार्टीका सह-महामन्त्री हरि ढकालज्यूले प्रारम्भिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। यसको विस्तृत प्रतिवेदन प्राप्त भएपश्चात् पार्टीले आवश्यक थप रणनीतिक कदमहरू अगाडि बढाउने निर्णय गरेको छ।

४. मनोनयन सम्बन्धमा: पार्टीको केन्द्रीय अनुशासन आयोगलाई पूर्णता दिने क्रममा निम्न व्यक्तिहरूलाई आयोगको सदस्य पदमा नियुक्त गरिएको छ: अधिवक्ता हरिचन्द्र भट्टराई अधिवक्ता सुशीला सिंखडा श्री रामचन्द्र कार्की अधिवक्ता शान्ता थापा अधिवक्ता नन्दन तिमिल्सिना अधिवक्ता रोहन बोहजू अधिवक्ता भविन्द्र राई अधिवक्ता सन्तोष आचार्य अधिवक्ता सन्तोष बिसुङ्खे अधिवक्ता श्वेता कुमारी त्यसैगरी, ज्ञानेन्द्र मल्ललाई युवा खेलकुद तथा सशक्तिकरण विभागको उपप्रमुखका रूपमा मनोनयन गरिएको छ। त्यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागको सदस्यमा महेश भट्ट, टासी लाजोम र हिक्मत जंग कार्कीलाई नियुक्त गरिएको छ । साथै सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभागको सदस्यमा जयराम गुरुङ र राजकुमार श्रेष्ठलाई नियुक्त गरिएको छ ।

५. पद तथा गोपनीयताको शपथ सम्बन्धमा: बैठकमा नव-मनोनित सचिवालय सदस्य श्री विराजभक्त श्रेष्ठ र सह-प्रवक्ता श्री सुरेन्द्र चौधरीले पार्टी सभापतिज्यूसमक्ष आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।

६. पार्टीका गतिविधिहरू पुनः सुचारु गर्ने सम्बन्धमाः भोटेकोशी विपद्का कारण राष्ट्रिय शोक र राहतमा केन्द्रित हुनुपरेकाले स्थगित गरिएका पार्टीका सम्पूर्ण आधिकारिक गतिविधिहरू पुनः सुचारु गर्ने निर्णय भएको छ। यसअन्तर्गत ‘हामी सुन्छौँ अभियान, ‘नागरिक नीति र नेतृत्व’ अभियान, स्थानीय तहका उम्मेदवार छनोट प्रक्रिया लगायतका साङ्गठनिक तथा जनसम्पर्कका कार्यक्रमहरू अब अविलम्ब अघि बढाइनेछन्।

७. अर्थमन्त्रीको भारत भ्रमणबारे जानकारी: बैठकमा पार्टीका उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेज्यूले आफ्नो भर्खरै सम्पन्न भारत भ्रमणका क्रममा भएका भेटवार्ता र आर्थिक कूटनीतिका विषयमा सचिवालयलाई विस्तृत जानकारी गराउनुभएको थियो ।