१४ भाद्र २०८३, आईतवार
,
Latest
ट्याक्टर दुर्घटनामा मोरङमा चालकको मृत्यु रसुवामा खाद्यसामग्री वितरण सुरु सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित बाढीपीडितका लागि यूएईले दियो १ करोड डलर, ८० टन राहत सामग्री पनि पठायो भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ” भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कर नीतिमा स्थिरता र पूर्वाधार सुधार अटोमोबाइल क्षेत्रको मुख्य आवश्यकता हो’



अ+ अ-

नेपालको अटोमोबाइल क्षेत्र केवल गाडी किनबेच गर्ने थलो मात्र होइन, यो देशको राजस्वको सबैभन्दा ठूलो आधार हो । साथै लाखौँको रोजगारीको स्रोत र देशको आधुनिक पूर्वाधारको सहयात्री पनि हो । अर्थतन्त्रमा देखिएको सुस्तताका बाबजुद नाइमाले आगामी अगस्ट ११ देखि १६ (साउन २७ देखि भदौ ३१) सम्म काठमाडौंको भृकुटीमण्डपमा ‘दोस्रो मोबिलिटी एक्सपो’ आयोजना गर्दैछ ।

ऐतिहासिक महत्व बोकेको नाइमाको दोस्रो मोबिलिटी एक्सपोको पूर्वसन्ध्यामा एक्सपोको तयारी, नयाँ लञ्च हुने गाडीहरू, लर्निङ सेसन, लगायतका विषयमा नाइमा अध्यक्ष ऋतु सिंह वैद्यसँग न्युज एजेन्सी नेपालले कुराकानी गरेको छ । प्रश्तुत छ कुराकानीको सम्पादित अंश ।

ऐतिहासिक रुपमा नाइमाको दोस्रो मोबिलिटी एक्सपो हुँदैछ, अहिले एक्सपोको तयारी कहाँ पुग्यो ?

एक्सपोको तयारी एकदम जोरशोरले चलिरहेको छ । अब त हाम्रो चार–पाँच दिन मात्रै बाँकी छ । हाम्रो भृकुटीमण्डपमा काम सुरु भइसकेको छ । सबै स्टलहरूको ह्याङ्गर लगाउने काम चलिरहेको छ । एक्स्पोमा सहभागी ५५ वटा ब्राण्ड्सहरु सबै तयारी अवस्थामा छन् । अब त डेलिभरीको टाइम आयो । सो अब डेलिभर गर्ने नै हो, आफ्नो जो देखाउनुहुन्छ उहाँहरूले देखाउनुहुन्छ । हामी एकदमै तयारीमा छौँ । हाम्रो लर्निङ सेसन पूरा तयारीमा छ । खल्तीबाट टिकट्स लाइभ भइसकेको एक महिना नै हुन लाग्यो । पार्किङको व्यवस्था, ब्लु पेभिलियन हलमा लर्निङ सेसनको पूरा व्यवस्था, हाम्रो मोडरेटर्स, स्पीकर्स, प्यानल्सहरू सबैजना अब रेडी हुनुहुन्छ ।

यस पटकको नाइमा एक्सपोमा खास के–के हुँदैछ ?

पोहोरको वर्ष हाम्रो फस्ट एक्सपोमा ४२ वटा ब्राण्ड्स थियौँ । यसपाली ५५ वटा ब्राण्ड्स तपाईंले त्यहाँ हेर्नुहुन्छ । त्यसमा दुइटा चार्जिङ फ्यासिलिटी बनाउने कम्पनीज पनि छन् । ट्राफिक प्रहरीको एप पनि छ । हाम्रो बैंकिङ, इन्स्योरेन्स, र रेस्टुरेन्टहरू सबैजना तपाईंहरू सबैलाई नाइमा वेलकम गर्न एकदमै तयारीमा हुनुहुन्छ ।
ब्लु पेभिलियन हलमा हाम्रा सबै लर्निङ सेसनहरू हुने हुन् । अगस्ट ११ देखि १६ सम्म दिनहुँ २ देखि ४ बजेसम्म लर्निङ सेसन चल्छ ।  

लर्निङ सेसनमा खास के–के विषयमा छलफल हुँदैछ ?

अटोमोबाइल सेक्टर वा कुनैपनि सेक्टर हाम्रो इकोनोमीमा एक अर्काबाट इन्डिपेन्डेण्ट हुँदैन । अहिले हामीले जो अलिकति सुस्तता देखिरहेका छौँ, त्यसमा सबैलाई समावेश गर्नका लागि अगस्ट ११ मा वैदेशिक प्रत्यक्ष लगानी सम्बन्धी ‘इन्भेस्टमेण्ट एफडीआईज’ प्रोग्राम छ । त्यसमा एकदमै चलेको डोल्मा फाउन्डेसनका सीईओ टिम गोचर हाम्रो प्यानलमा आउँदै हुनुहुन्छ ।

त्यसपछि इथानोल ब्लेन्डिङ र रिसाइक्लिङको बारेमा प्रोग्राम छ । रिसाइक्लिङ र इथानोल ब्लेन्डिङका लागि हाम्रा विज्ञहरू इन्डियाबाट आउँदै हुनुहुन्छ । फेरि फाइनान्सिङको बारेमा प्रोग्राम छ । एउटा प्रोग्राम युथ आन्टरप्रेनरसिप एन्ड डेभलपमेन्टको बारेमा छ । सो एभ्री डे हाम्रो एकदमै हाई इम्प्याक्ट प्रोग्रामहरू हुन्छन् ।

बिहानको टाइममा नेपाल प्रहरीसँग मिलेर, उहाँहरूसँगको असिस्टेन्समा ट्रेनिङ गरिरहेका छौँ । उहाँहरूसँग हाम्रो पार्टनरसिप लास्ट इयरदेखि ५ वर्ष सम्मको कन्ट्रयाक्ट छ । उहाँहरू र ग्र्यान्डी हस्पिटलसँग मिलेर ‘पोस्ट एक्सिडेन्ट सेफ्टी इस्युज र रेस्पोन्स के हुनुपर्छ’ भन्नेबारे एभ्री डे मर्निङमा तालिम हुन्छ । एउटा युथ मोटिभेसन प्रोग्राम पनि छ । हामी अनलाइनमा पूरा टाइम टेबल नै बनाएर अनलाइन गर्दिन्छौँ, जसले गर्दा तपाईँले कुन प्रोग्राममा आउने वा सबैमा आउने आफै चुज गर्न पाउनुहुन्छ ।

नयाँ ब्राण्ड र गाडीहरूमा मान्छेको उत्सुकता छ, यस वर्ष कस्ता र कति वटा गाडीहरू आउँदैछन्, सबै प्रिमियम हुन् ?

हाम्रो लागि ५५ वटै ब्राण्ड प्रिमियम छन् । सबैजनाले नै आफ्नो गाडी त्यहाँ प्रदर्शनीमा राख्नुहुन्छ । यसपाली ४४ वटा हाम्रो नयाँ लञ्चेस छन् । त्यहाँ तपाईँले नयाँ गाडी पनि र अहिले भइरहेकै गाडीको नयाँ मोडलहरू पनि हेर्न पाउनुहुन्छ ।

हाम्रो सबै प्यासेन्जर गाडी हो । त्यसमा ए सेग्मेन्ट, बी सेग्मेन्ट, सी सेग्मेन्ट, प्रिमियम कार्स सब छ। ५५ वटा ब्राण्डमा त हाम्रो पुरा इन्डस्ट्री नै समाउँछन् नि त । सो सबै थरीको गाडी तपाईँले त्यहाँ हेर्नुहुन्छ ।

नीति निर्माताहरुको सहभागीय कस्तो हुन्छ, उहाँहरूको सहभागिता के छ ?

पोलिसी मेकरहरूलाई हामीले इन्भाइट गरेका छौँ । मन्त्रीजी आउनुहुन्छ भन्ने हाम्रो बानी परिसकेको छ, तर बाहिर धेरै यत्तिकै औपचारिक कार्यक्रमहरूमा जाँदा उहाँहरूको अलिकति टाइम वेस्ट हुन्छ भन्ने म पनि मान्छु ।

तर डिपार्टमेन्ट्सबाट हामीले एकदम कोशिस गरेका छौँ । जस्तै भौतिक ट्रान्सपोर्ट मिनिस्ट्रीबाट आउँदै हुनुहुन्छ, राष्ट्र बैंकबाट पनि डाइरेक्टरहरू दुइटा प्रोग्राममा आउनुहुन्छ । ट्राफिकबाट आउनुहुन्छ । एप्रोप्रिएट हिसावले हामीले डिपार्टमेन्ट्सबाट मान्छे बोलाएका छौँ ।

एक्सपोमा राख्ने गाडीहरू सबै आइपुगेका हुन् कि नाकामा रोकिएका छन्, तातोपानीमा कति गाडी रोकिएका छन् ?

त्यहाँ एउटा ठूलो समस्या हामी के हेरिरहेका छौँ भने, तातोपानी र चाइनिज बोर्डरमा एकदमै समस्या देखिरहेको छ । किनकि त्यहाँ बाटो बिग्रिरहेको छ । तातोपानीबाट होइन रसुवाबाट ल्याउनुस् भनेर डाइभर्ट गर्नेकुरा पनि आइरहेको छ । तर यो प्रशासनले एकदम सम्झिने कुरा हो । प्राइभेट सेक्टर जति नै प्रभावकारी र प्रो–एक्टिभ भएर अगाडि बढे पनि पूर्वाधारको व्यवस्था मिलेको छैन भने त हाम्रो आजको जस्तो सिचुएसन हुन्छ ।

हाम्रो अटो शो आइसक्यो, धेरै जसो ब्रान्ड्सको गाडी अहिले चाइना बोर्डरमा अड्किरहेको छ । यो ठूलो समस्या हो र यसको सोलुसन हामीले मागिरहेका छौँ, चिठ्ठीहरू पनि पठाइसक्यौँ। तातोपानीमा दुई–चार वटा ब्रान्ड्सको गाडी आइसकेको छ, उहाँहरूले एक्ज्याक्ट नम्बर भन्नुभएको छैन तर गाडी एउटा होस् कि १० वटा होस् प्रब्लम त प्रब्लम हो ।

हामीलाई सरकारबाट यसमा एकदम प्रो–एक्टिभ सोलुसन चाहिने हो । प्राइभेट सेक्टरले जति गरे पनि यसरी गएर एफर्ट वेस्ट हुने जस्तो देखिन्छ । वातावरण हुनु पर्‍यो । बर्खा लागे कि हाम्रो यो सिचुएसन सुरु हुन्छ । महिना–महिनामा भइरहन्छ । किन हामी अरु देश जस्तो हुन सक्दैनौँ ? किन आफ्नो व्यवस्था मिलाउन सक्दैनौँ ? नयाँ सेटअपले यसलाई ध्यान दिनुहुन्छ भन्ने आशा छ । कस्टम्सको एभ्री पोइन्टमा प्रब्लम छ, त्यहाँ व्यवस्था मिलाउनुपर्ने देखिन्छ ।

बजेटको नयाँ ट्याक्स पोलिसी र कर नीतिको असर गाडीको मूल्य र समग्र व्यवसायमा कत्तिको पर्दैछ ?

नयाँ सरकार र फाइनान्स मिनिस्टरज्यूको एउटा एकदम स्पष्ट धारणा के आयो भने, ५० लाख भन्दा मुनिका गाडीलाई मिडल इन्कम ग्रुपले अफोर्ड गर्ने बनाउने र १ करोड भन्दा बढीको गाडी छ भने त्यसलाई प्रिमियम मान्नुपर्छ । सो त्यो लाइनमा उहाँहरू गएपछि नयाँ ट्याक्स पोलिसी आयो र प्राइज स्ट्रक्चरमा ठूलो गाडीमा बढी इम्प्याक्ट पर्‍यो । २० देखि ३० लाख भन्दा कममा त एकदमै नर्मल्ली भयो, त्यसपछि अलिअलि इम्प्याक्ट पर्‍यो ।

नयाँ ट्याक्स लागेपछि मूल्य त बढिहाल्यो, जुन दिन पोलिसी आयो त्यसको नेक्स्ट डे देखि नै लागु भइहाल्यो। अब यसमा हाम्रो एउटा रिक्वेस्ट के छ भने– जुन नयाँ चेन्जेस वा मापदण्ड ल्याउनुभयो, त्यसलाई अब ५ वर्ष सम्म स्थिरता दिनुहोस् । तपाईं ५ वर्षको गभर्मेन्ट हो भने ५ वर्षसम्म यसलाई स्थिरता कमसेकम दिनुपर्छ, सो द्याट प्राइभेट सेक्टरले पनि आफ्नो तयारी गर्न पाओस् । नभए पूरा सप्लाई चेनमा इम्प्याक्ट आउँछ । अर्डरिङ साइकल, डेलिभरीज र कस्टमरको माइन्डसेट र पकेट साइजमा असर पर्छ ।

 ट्याक्सको मूल्याङ्कन डलर र नेपाली रुपैयाँमा गर्दा पनि केही समस्या आएको हो ? 

हो, एउटा इस्यु के आइरहेको छ भने, लेट्स से २९ लाख ८० हजारको एउटा गाडी छ भने त्यसमा डलर फ्लक्चुएशन अलिकति भइदियो भने त्यो अर्को ट्याक्स स्ल्याबमा गइदिन्छ । त्यो सधै भइरहेको हुन्छ । त्यो नेक्स्ट स्ल्याबमा गएपछि कस्टमरले कसरी उसलाई एक्सेप्ट गर्ने र इम्पोर्टरले कसरी जस्टिफाई गर्ने ? त्यो एउटा प्रब्लम छ । धेरै मान्छेको स्टक आइसकेको थियो । यसको फाइनल्ली इम्प्याक्ट के हुन्छ हेर्न बाँकी छ, तर हामीले मिनिस्ट्रीमा अवगत गराइसकेका छौँ कि यो प्रब्लम आउन सक्छ भनेर ।

अन्त्यमा, एक्सपोमा आउने ग्राहक र दर्शकहरूका लागि के भन्न चाहनुहुन्छ ?

पठाओसँग हाम्रो पार्टनरसिप छ, त्यहाँ पुग्न सजिलो बनाउन डिस्काउन्ट अफर पनि गरेका छौँ । खल्तीबाट टिकट्स लाइभ भइसकेको छ । भित्र पसेपछि ५५ वटा ब्रान्ड, रेस्टुरेण्टहरू र चार्जिङ फ्यासिलिटीज हेर्नुहुन्छ । साथीहरू र परिवारसँग आउनुस्, दिन रमाइलो बितोस् ।

नाइमाको उद्देश्य गाडी बेच्ने मात्र होइन । अटो शोको मेन पर्पज मेम्बर्सका लागि एउटै ठाउँमा ५५ वटा ब्राण्ड फेसिलिटेट गर्ने हो, तर त्यसबाहेक मेजर पर्पज लर्निङ सेसन हो । एफडीआई लगानी, रिसाइक्लिङ, इथानोल ब्लेन्डिङ, इन्स्योरेन्स, युथ आन्टरप्रेनरसिप र ट्राफिक सिचुएसनमा २ देखि ५ बजेसम्म दिनदिनै डिस्कसन हुन्छ । बिहान ११ बजे ब्लु पेभिलियन हलमा पोस्ट एक्सिडेन्ट म्यानेजमेन्ट ट्रेनिङ हुन्छ । –न्युज एजेन्सी नेपाल