३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

नेपालयले ल्यायो २५ वर्षमुनिका ७५ लेखक

नेपालयले ल्यायो २५ वर्षमुनिका ७५ लेखक
default
अ+ अ-

काठमाडौँ: शनिबार कालिकास्थानस्थित नेपालयको आरशाला खचाखच थियो । अक्सर साहित्यिक भीडमा देखिने अनुहारभन्दा फरक युवा अनुहारको बाहुल्य थियो । अस्ट्रियाको भियना विश्वविद्यालयमा प्राध्यापनरत लेखक अलका आत्रेय चूडाल भन्दै थिइन्, ‘लेखपढमा युवाहरुको यत्रो उत्साह देखेर म अचम्ममा परेँ । उहाँहरु किताब किनिरहनुभएको छपढिरहनुभएको छसाहित्यिक जिज्ञासा राखिरहनुभएको छ । कति सुन्दर दृश्य देखियो आज ।’

गत वर्ष नेपालयले २५ वर्षमुनिका लेखकबाट कथा, कविता, निबन्ध (ककनि) आह्वान गरेको थियो । छानिएका ७५ लेखकका रचना शनिबार लोकार्पण हुँदै थियो । २५ वर्षमुनिका २५ कथाकार, २५ कवि र २५ निबन्धकारको जमघटले नेपालयको आँगनमा नयाँ स्वरहरुको सृजनशील लहर ल्याइदिएको थियो । यति सानै उमेरमा लेखक बन्न पाइयो भनेर उनीहरु आपसमा बधाई साटिरहेका थिए ।

ह्वाइट केनमा आएका थिए, छनौटमा परेका कवि आर्य निरौला । धरानका उनी काठमाडौँमा मनोविज्ञानमा स्नातक अध्ययनरत छन् । उनी भन्दै थिए, ‘मैले यस्तो प्लाटफर्म पाएँ जो असम्भव थियो ।’

कथा विधामा प्रकाशित पुस्तकमा अजय कार्की, अनिता धिताल, अनुष्का लामिछाने, अमित भट्टराई, आर्या अधिकारी, ईशान ढकाल, उमेश कार्की, कविराज क्षत्री, कृतिशा अमात्य, तेजकुमार राई, दीपक गौतम, दीपिका खतिवडा, नवीन धमला, निश्चल भण्डारी, नीरव, परीक्षा शर्मा, प्रनिका श्रेष्ठ, प्रशान्त वाग्ले ‘प्राकृतिक’, मुधुसूदन घिमिरे, रोदिनलाल श्रेष्ठ, शिवराज शाही, समर्पण न्यौपाने, समिन गैरे, सुमन पौडेल र सोमनाथ लुइटेलका कथा संकलित छन् ।

यी छानिएका नयाँ कथाकार र आख्यानकार नारायण वाग्लेबीच एक घण्टा खुला वार्तालाप चल्यो । ‘तपाईंहरुको कथा शैली र शिल्प पढेर म छक्क परेको थिएँ,’ छनौटकर्ता नारायण वाग्ले भन्दै थिए, ‘आज तपाईंहरुका यति परिपक्व प्रश्न र धारणा सुनेर जेनजीको आख्यान–आन्दोलन आइपुगेको आभास भयो मलाई ।’

यसैगरी कविता विधामा अनिता तिवारीअनुपा गैरेआर्य निरौलाउत्सव आचार्यउषा लिम्बूकम्मान रावलगायत्री नेपालगौरव न्यौपानेजोनसन श्रेष्ठडोल्मा लामातीर्थराज विश्वकर्मादुर्गा खतिवडानवीनकुमार नेपालीनारन न्यौपानेप्रज्वल लोहनीप्रदीप योङ्हाङ्प्रिशा शशी लेखकयुक्ता सुनुवाररसिला धमलाश्रव्य आरियासमृद्ध हमालसुजता बस्यालसुदर्शनप्रकाश खड्कासुरङ्गा सेढाई र स्पन्दन झा छानिएका छन् । 

यी कविसँग कवि तथा आख्यानकार श्रवण मुकारूङको अर्को खुला सेसन चलेको थियो । ‘तपाईंहरुका कविताले मलाई पुरानो थोत्रो कोटझैँ बनायो, यो तपाईंहरुको समय हो’ श्रवण मुकारुङ भन्दै थिए, ‘नयाँ स्वर सुन्न चाहनेका लागि म तपाईंहरुको कृति सबैलाई सिफारिस गर्छु ।’

यसैगरी निबन्ध विधामा अनुकृत लामिछाने, अविरल जाग्री, कञ्चनकुमार बस्नेत, कवीन्द्र जोशी, कृषा दाहाल, जयनी पण्डित, जिज्ञासा सोनम, धीरजप्रताप मल्ल ठकुरी, नुमा थाम्सुहाङ, परिमलप्रकाश नेपाल, भूमिका थारु, मनस्वी बान्तवा, ममता घिमिरे, महिता श्रेष्ठ, मोहन सङ्ग्राम, विक्रम नेपाल, विनोद लामिछाने, विवेक भट्टराई, शून्य नयन, सलिना बास्तोला, संयोग बस्याल, संस्कृति रिजाल, सन्जिला खनाल, सागर घले र सापेक्ष छानिएका छन् ।

निबन्धकार भूषिता वशिष्ठ यी नयाँ निबन्धकारसित अनलाइनमा जोडिएकी थिइन् । ‘तपाईंहरुका रचना पढ्न पाउनु मेरा लागि जति सुरुचिपूर्ण भयो, उति नै शिक्षाप्रद पनि,’ भूषिता वशिष्ठ भन्दै थिइन्, ‘तपाईंहरुको विषय, शैली, साहित्यिक प्रौढता सुन्दर छ ।’

तीन विधाका रचना छनौटकर्ता श्रवण मुकारुङ, नारायण वाग्ले र भूषिता वशिष्ठले ७५ रचनाकारसित वार्तालाप गरेका थिए । केही लेखक देशबाहिर र काठमाडौँबाहिरबाट अनलाइनमा जोडिएका थिए ।
युवा लेखकहरुका परिपक्व विचारधारिला प्रश्न र गहिरा जिज्ञासाले तीनै छनौटकर्ता चकित देखिन्थे । श्रवण मुकारूङले भने, ‘आजको दिन नेपाली साहित्यमा एउटा ऐतिहासिक दिन होजहाँ बलिया लेखकहरु सृजनशीलवैचारिक हस्तक्षेपसहित उदाएका छन् ।’

‘‘पल्पसा क्याफे’ उपन्यास प्रकाशन गर्दै सुरु भएको हाम्रो यात्रा २० वर्ष पुगेको अवसरमा हामीले नयाँ पुस्ताका लेखक खोजी गरेका हौँ,’ नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठले भने, ‘यी उत्साही युवा लेखकलाई यसरी एकै ठाउँ भेट्न पाउँदा मैले आफूलाई पल्पसा क्याफेपछिको फैलिँदो साहित्यिकवृत्तमा पाइरहेको छु ।’

सन् २५ मा ‘२५ वर्षका २५’ शीर्षकमा खुला रचना आह्वान गरिएको थियो । ‘संसारभरबाट उत्साहजनक सहभागिता भयो,’ आह्वानका परिकल्पनाकार तथा सम्पादक विमल आचार्य भन्दै थिए, ‘युवाहरुको बलियो उपस्थितिले साहित्यमा नयाँ सम्भावनाको ढोका खोलेको छ ।’ युवाहरु पढ्दैनन्लेख्दैनन् भन्ने भाष्यमाथि सानोतिनो अनुसन्धान सर्वेक्षण नै भएको भन्दै आचार्यले तीन पुस्तकहरुमा ‘ककनिको कथा’अन्तर्गत यो आह्वानले उजागर गरेका विभिन्न पाटाहरुमाथि लेखेका छन् ।
नेपालयले शनिबार बिहानै ९ बजेदेखि बेलुका ६ बजेसम्म विभिन्न कार्यक्रमसहित नेपालय साहित्य उत्सव आयोजना गरेको थियो । जसअन्तर्गत ऐतिहासिक समाजशास्त्री तथा ‘सन्धिकाल’ पुस्तकका लेखक लोकरञ्जन पराजुलीले ‘नेपालमा पुस्तकालय र पठन परम्परा’ शीर्षकमा कीनोट स्पिच दिएका थिए । सार्वजनिक पुस्तकालयको आवश्यकता र महत्वबारे युवा लेखकहरुबीच उनले सारगर्भित मन्तव्य दिएका थिए ।

नेपालयले अघिल्लो वर्ष प्रकाशन गरेका तीन उपन्यास ‘जगज्जननी उसकी आमाको नाम होइन’का सर्जक नारायण ढकाल, ‘सलह’का सर्जक श्रवण मुकारुङ र ‘पैकेलो’का सर्जक ओम रिजालबीच ‘आजको आख्यान’ शीर्षकमा सृजना खड्काको सहजीकरणमा छलफल भएको थियो ।

उत्सवको अन्त्यमा नेपथ्य ब्यान्डले सन् २००४ मा गरेको नेपाल यात्राबारेको डकुमेन्ट्री फिल्म देखाइएको थियो । साथै नेपालयले हरेक अंग्रेजी महिनाको तेस्रो शुक्रबार आरशालामा फिल्म क्लबको घोषणा गरेको छ ।

युवा लेखकहरुका कथाकवितानिबन्धसंग्रह गरी तीन पुस्तकको सेटको मूल्य १९९५ रुपैयाँ रहेको छ । पुस्तक देशभरका पुस्तक पसल तथा थुप्रैडटकम र अमेजनमार्फत संसारभरबाट किन्न सकिन्छ ।