काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र साहले मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो रहेको बताउनुभएको छ । संविधान दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री साहले भ्रष्टाचारको जरो उखेल्ने हातहरु अब झनै बलिया र धेरै रहेको बताउनुभएको हो ।
उहाँले विकासको लागि सुशासन अनिवार्य पूर्वशर्त हो भन्नेकुरामा सरकार सचेत रहेको बताउनु भयो । साहले वर्तमान सरकारले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलता, प्रशासन यन्त्रमा राजनीतिक तटस्थता र सरकारी एवं सार्वज
निक पदमा योग्यताका आधारमा नियुक्ति प्रक्रिया अवलम्बन गरेको पनि बताउनु भयो । सुशासन नारा होइन, काम हो भन्ने हिसावले सरकारले काम गरिरहेको बताउनु भयो । संघ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा राष्ट्र विकासको साझा उद्देश्य प्राप्त गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताउँदै आफूहरु पुरानै बाटोमा नहिँड्ने बताउनु भयो । कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि र साइबर सुरक्षालाई सँगै लिएर नवप्रवर्तन र स्टार्टअपलाई अगाडि राखेर हामी ज्ञानका ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गरिरहेको बताउनु भयो । डिजिटल सुशासन ब्लूप्रिन्टका अनुसारको राष्ट्रिय डिजिटल पूर्वाधार त्यसैको जग भएको जिकिर गर्नुभयो ।
प्रधानमन्त्री साहले भन्नुभयो,‘भ्रष्टाचार र दण्डहीनता जरो गहिरो छ, तर यो जरो उखेल्ने हातहरु अब झन् बलिया छन्, झन् धेरै छन् । विकासको लागि सुशासन अनिवार्य पूर्वशर्त हो भन्ने कुरा सरकार सचेत छ । वर्तमान सरकारले सुशासन कायम गर्न प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलता, प्रशासन यन्त्रमा राजनीतिक तटस्थता र सरकारी एवं सार्वजनिक पदमा योग्यताका आधारमा नियुक्ति प्रक्रिया अवलम्बन गरेको छ । सुशासन नारा होइन, काम हो र हामी काम गरिरहेका छौँ । संघ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा राष्ट्र विकासको साझा उद्देश्य प्राप्त गर्न नेपाल सरकार प्रतिवद्ध छ र हामी पुरानै बाटोमा हिड्ने छैनौं । कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि र साइबर सुरक्षालाई सँगै लिएर नवप्रवर्तन र स्टार्टअपलाई अगाडि राखेर हामी ज्ञानका ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्दैछौँ । डिजिटल सुशासन ब्लूप्रिन्टका अनुसारको राष्ट्रिय डिजिटल पूर्वाधार त्यसैको जग हो । युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट पनि सुनिश्चित गर्छौं । हालैको रसुवा, भोटेकोशी बाढीले पु¥याएको क्षति हाम्रा लागि अकल्पनीय र अपूर्ण रह्यो । आजको यस विशेष घडीमा विपद् उद्धार कार्यमा सहयोग गर्ने तथा राहत कार्यमा योगदान पु¥याउने सबै मित्र राष्ट्रहरु, अन्तर्राष्ट्रिय समुदाय एवं संघ–संस्था, निजी क्षेत्र, राष्ट्रसेवक कर्मचारीहरु, आम नागरिक तथा देशवासीहरुप्रति विशेष धन्यवाद र आभार प्रकट गर्दछु । तर धन्यवाद मात्र पर्याप्त छैन, नेपाल विश्वको उच्च विपद जोखिममा भएका मुलुकहरुको सूचीमा छ । यो तथ्यलाई हामी विपद् आइसकेपछि होइन, आउनु अघि नै सामना गर्छौँ, जोखिम न्युनिकरण, पूर्वतयारी र प्रति कार्यमा विशेष जोड दिइनेछ । विपदको पूर्व सूचना प्रणाली सर्वोच्च प्राथमिकताका साथ कार्यान्वयनमा ल्याइनेछ ।’
प्रधानमन्त्री साहले युवाले सडकमा मागेको सुशासन सरकारले प्रविधिबाट पनि सुनिश्चित गरिरहेको बताउनु भयो । रसुवा, भोटेकोशी बाढीले पु¥याएको क्षति रसुवा, भोटेकोशी बाढीले पु¥याएको क्षति अकल्पनिय रहेको बताउनु भयो । विपद्को पूर्वसूचना प्रणाली सर्वोच्च प्राथमिकताका साथ कार्यान्वयनमा ल्याइने बताउनु भयो । न्–युज एजेन्सी नेपाल








