३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली

गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली
अ+ अ-

काठमाडौँ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले केही शक्तिहरु देशलाई पुनः अन्धकार युगतिर फर्काउने प्रयासमा जुटिरहेको बताउनुभएको छ ।

पार्टी केन्द्रिय कार्यालय च्यासलमा शनिवार आयोजित संविधान दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले स्थिति, विधि, पद्धति, प्रक्रियाबाट नभइ बलजफ्तीको तरिकाहरु अवलम्वन भइरहेको बताउनु भयो । अराजक तरिकाले मुलुकलाई हाक्ने, अराजक तरिकाले संवैधानिक निकाय र संस्थाहरुलाई हाक्ने, मुलुकमा अराजकता व्याप्त भएको आरोप लगाउनु भयो ।

संविधान चलाउने काम भइरहेको भन्दै उहाँले संविधान तोड्नकै लागि गत भदौ २३ र २४ गतेको आन्दोलन भएको बताउनु भयो ।

अध्यक्ष ओलीले गत भदौमा कसको संलग्नता थियो भन्नेकुरा बिस्तारै खुल्दै गएको बताउनु भयो । अध्यक्ष ओलीले केही नेपाललाई कुबाटोतिर धकेल्नका लागि विभिन्न प्रकारका शक्तिहरु सक्रिय रहेको बताउनु भयो । गत निर्वाचनमा मौन अवधिभित्र बीबीसीले नेपाललाई झुटो कुरा संप्रेषण गरेर अल्मल्याएर गलत बाटोतिर निर्वाचनको माध्यमबाट धकेल्न कोशिस गरेको बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘कतिपय पछाडि, ब्ल्याक होलतिर, अन्धकार युगतिर फर्काउने, अराजकतातिर फर्काउने प्रयासमा जुटिरहेका छन् । स्थिति होइन, विधि होइन, पद्धति होइन, प्रक्रिया होइन, बलजफ्तिको यस्ता तरिकाहरु अवलम्बन भइरहेका छन् । यति व्यापक भएको छ यो तरिका, विधिहीनता, पद्धतिहीनता, नीतिहीनता, अराजकता । अराजक तरिकाले मुलुकलाई हाक्ने, अराजक तरिकाले संवैधानिक निकाय र संस्थाहरुलाई हाक्ने, मुलुकमा अराजकता व्याप्त गर्ने । अराजकताले के ल्याउँछ, हिंसा । अराजकताले के ल्याउँछ, अकर्मण्यता । अराजकताले गैरजिम्मेवारपन ल्याउँछ, अराजकताले दिशाहीनता ल्याउँछ, कुनै बाटो ल्याउँदैन । केही एउटा प्रणाली अन्तर्गत, पद्धति अन्तर्गत चलाउने संविधान, संविधान भनेको देशको मूल कानून, त्यसअनुसार चल्ने चलाउने, लोकतान्त्रिक विधि, प्रक्रिया, प्रणालीबाट चल्ने ती कुराहरुलाई तोड्नका लागि नै गत वर्ष भदौ २३–२४ गतेको षड्यन्त्रपूर्ण उपद्रवको आयोजना गरियो नेपालमा । अहिले म को को संलग्न थिए, के के संलग्न थिए, खुल्दै गएका छन्, बोल्दै गएका छन्, छाप्दै गएका छन्, लेख्दै गएका छन्, अहिले मैले धेरै केही भन्नुपर्दैन । केही नेपाललाई कुबाटोतिर धकेल्नका लागि विभिन्न प्रकारका शक्तिहरु सक्रिय छन् । विभिन्न प्रकारका, देखिएरै गरेका छन्, आश्चर्य लाग्दो गरी गरेका छन् । हामीले देखेका छौँ, मौन अवधिभित्र बीबीसीले नेपाललाई झुट कुरा संप्रेषण गरेर अल्मल्याएर गलत बाटोतिर निर्वाचनको माध्यमबाट धकेल्न कोशिस ग¥यो । यो भन्न अप्ठ्यारो मान्नुपर्दैन । मौन अवधि हामीलाई लाग्थ्यो, बीबीसीलाई लाग्दैनथ्यो । अर्थात आफूलाई स्थापित हुँ भन्ने कतिपय अन्तर्राष्ट्रिय मिडिया समेत नेपालमा असत्य छरेर, जनतालाई दिग्भ्रमित पारेर, बेठीक बाटोतिर लान उद्यत भएको त हामीले देख्यौँ । यस्ता अनेक कुराहरु छन् । अहिले विभिन्न प्रकारका अन्तर्राष्ट्रिय खोज, अध्ययन, अनुसन्धानवाला विभिन्न रिपोर्टहरुले पनि देखाएका छन् । सामाजिक सञ्जालहरुले देखाएका छन्, सञ्चार माध्यमहरुले देखाएका छन् ।’

अध्यक्ष ओलीले आफूलाई स्थापित हुँ भन्ने कतिपय अन्तर्राष्ट्रिय मिडिया समेत नेपालमा असत्य छरेर, जनतालाई दिग्भ्रमित पारेर, बेठीक बाटोतिर लान उद्यत भएको जिकिर गर्नुभयो । –न्युज एजेन्सी नेपाल