३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा

संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा
अ+ अ-

काठमाडौँ।  वागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह मात्र नभई नेपाली जनताका सपना, आँशु, हाँसो र आकांक्षा प्रस्फुटन हुने जीवन्त प्रणाली भएको बताउनुभएको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा शनिवार वागमती प्रदेश सरकारद्वारा हेटौँडामा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख देवकोटाले संविधानले अंगीकार गरेको संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रलाई केवल राजनीतिक व्यवस्थाका रूपमा बुझ्न नहुने बताउनु भयो ।

उहाँले संविधानमा व्यवस्था गरिएका प्रावधानले मुलुकमा रहेका विविधतालाई एकआपसमा जोड्ने बलियो कडीको काम गरेको उल्लेख गर्नुभयो ।

प्रदेश प्रमुख देवकोटाले वर्तमान संविधानलाई न्यायपूर्ण र समतामूलक समाज निर्माणको मार्गचित्रका रूपमा व्याख्या गर्नुभयो । राष्ट्रिय अखण्डता र एकताको बलियो आधारका रूपमा संविधानले भूमिका निर्वाह गरेको उहाँको भनाइ छ ।

संविधान कार्यान्वयनको एक दशक लामो यात्रामा राजनीतिक नेतृत्वबाट त्रुटि र कमीकमजोरी भएको उल्लेख गर्दै उहाँले शासन सञ्चालनका क्रममा भएका कमजोरीलाई संविधानको दोषका रूपमा पन्छाउनु उचित नहुने बताउनु भयो । राजनीतिक नेतृत्वले गम्भीर आत्मसमीक्षा गर्दै संविधानको प्रभावकारी कार्यान्वयनमा जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ छ ।

संविधानको सर्वोच्चता र न्यायमूलक समाजको अपरिहार्यतालाई कायम राख्दै कानुनी राज्यको उपहास हुने कुनै पनि गतिविधि हुन नदिन सचेत रहनुपर्नेमा प्रदेश प्रमुख देवकोटाले जोड दिनुभयो । राज्यका संयन्त्रमा जिम्मेवारी सम्हाल्नेहरूले अधिकारभन्दा कर्तव्य र दायित्वलाई प्राथमिकतामा राख्नुपर्ने उहाँले बताउनु भयो ।

सुशासन, पारदर्शिता, मितव्ययिता र जवाफदेहिता भाषणमा मात्र सीमित नभई नागरिकले दैनिक जीवनमा अनुभूति गर्न पाउनुपर्ने प्रदेश प्रमुख देवकोटाको भनाइ छ ।

समारोहलाई सम्बोधन गर्दै वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संविधानको सफलता यसको घोषणामा मात्र नभई प्रभावकारी कार्यान्वयनमा देखिनुपर्ने बताउनु भयो । संविधानमा सुनिश्चित गरिएका अधिकार नागरिकले आफ्नो दैनिक जीवनमा अनुभूति गर्न पाउनुपर्ने उहाँको भनाइ छ ।

मुख्यमन्त्री थापाले प्रशासनिक ढिलासुस्ती, विकास आयोजनाको न्यून प्रगति, बेरोजगारी, युवा पलायन, भ्रष्टाचारप्रतिको नागरिक चिन्ता र सार्वजनिक संस्थाप्रतिको घट्दो विश्वासलाई साझा चुनौतीका रूपमा उल्लेख गर्नुभयो ।

नागरिकमा रहेको असन्तुष्टिलाई आरोप–प्रत्यारोपबाट नभई जिम्मेवारीबोध, सहकार्य र परिणाममुखी काममार्फत सम्बोधन गर्नुपर्ने उहाँले बताउनु भयो ।

संविधानले प्रदेशलाई प्रदान गरेका अधिकारको कार्यान्वयन, आवश्यक कानुन निर्माण तथा पर्याप्त स्रोत र जनशक्तिको व्यवस्था संघीयता सुदृढीकरणका आधार भएको उहाँले उल्लेख गर्नुभयो ।

समारोहमा नेवा सांस्कृतिक पुचः हेटौँडा, श्री छोर्वा बोन्बो तथा डम्फु सेलो संस्था र चेपाङ संघ मकवानपुरले स्थानीय भेषभूषा र संस्कृति झल्काउने झाँकी प्रश्तुत गरेका थिए । नेपालको संविधान २०७२ असोज ३ गते संविधानसभाबाट जारी भएको दिनको स्मरणमा हरेक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिन्छ । –न्युज एजेन्सी नेपाल