२ आश्विन २०८३, शुक्रबार Friday, September 18, 2026
२ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल News Polar स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ News Polar शव व्यवस्थापन गरिएको स्थानमा स्मृति उद्यान बनाइने News Polar पाकिस्तानी राजदूत खानद्वारा रासस परिवारप्रति सहानुभूति प्रकट News Polar बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने News Polar बाढीको पानी घट्यो, जोखिम घटेन News Polar जुम्ली स्याउको बजार विस्तार र शीतभण्डारमा जोड दिन सभामुखसमक्ष आग्रह News Polar साउनमा महँगी बढ्यो,मुद्रास्फीति ५.९६ प्रतिशतमा

विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए

विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए
अ+ अ-

काठमाडौं । विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यलाई थप प्रभावकारी, व्यवस्थित र समन्वयात्मक बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न विषयगत क्षेत्रका लागि फोकल पर्सन तोकेको छ।

स्वास्थ्य आपतकालीन अवस्थाको समग्र समन्वयका लागि स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख डा. हेमन्त चन्द्र ओझालाई जिम्मेवारी दिइएको छ। आपतकालीन मेडिकल टोली तथा मानव स्रोत परिचालनका लागि HEOC सँगको समन्वयमा डा. रोशन न्यौपानेलाई जिम्मेवारी तोकिएको मन्त्रालयले जनाएको छ।

त्यस्तै, प्रदेशस्तरीय समन्वयका लागि स्वास्थ्य सेवा विभागबाट डा. फणिन्द्र प्रसाद बराल र मन्त्रालयबाट डा. समीर कुमार अधिकारीलाई फोकल पर्सन तोकिएको छ।

घटनास्थलमा संघीय टोली परिचालनका लागि रसुवामा डा. प्रकाश ज्ञवाली र शंकर कँडेल तथा नुवाकोटमा डा. प्रशान्त नापित र प्रवीण कार्कीलाई जिम्मेवारी दिइएको छ।

सम्भावित महामारीको जोखिम न्यूनीकरण, पूर्वतयारी, निगरानी तथा आवश्यक प्रतिकार्यका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (EDCD) का डा. अमृत पोखरेललाई फोकल पर्सन तोकिएको मन्त्रालयले जनाएको छ।

यसैबीच, विपद्को समयमा सर्वसाधारण, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाबीच आवश्यक सहयोग तथा समन्वयलाई थप सहज बनाउन मन्त्रालयले ‘विपद् स्वास्थ्य सहयोग समन्वय’ प्रणाली सञ्चालनमा ल्याएको छ।

उक्त प्रणालीमार्फत उपचार, औषधि वा अन्य स्वास्थ्य सहयोगका लागि अनुरोध गर्न सकिनेछ। त्यस्तै, स्वास्थ्यकर्मीले स्वयंसेवाका लागि आफ्नो विवरण दर्ता गर्न तथा स्वास्थ्य संस्थाले मेडिकल टिम, औषधि वा उपकरण सहयोगको प्रस्ताव राख्न सक्ने मन्त्रालयले जनाएको छ।

सहयोग तथा समन्वयका लागि प्रणालीको वेबसाइट https://help.mohp.gov.np/ रहेको छ।

मन्त्रालयले औषधि तथा स्वास्थ्य सामग्री सहयोग गर्न चाहने व्यक्ति तथा निकायलाई आवश्यक औषधि तथा स्वास्थ्य सामग्री उपलब्ध गराई विपद् प्रभावित क्षेत्रमा सहयोग गर्न आग्रह गरेको छ। मन्त्रालयले आवश्यक औषधिको सूचीसमेत सार्वजनिक गरेको जनाएको छ।