१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवागढी बाढीबारे छलफल गर्न एमाले सचिवालयको आकस्मिक बैठक भोटेकोशी बाढीः २६ प्रहरी सम्पर्कविहीन ओलीद्वारा उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन एमाले कार्यकर्तालाई निर्देशन रसुवा बाढीपछि समाज कल्याण परिषद्को देशव्यापी आह्वान: उद्धार, राहत र पुनर्स्थापनामा जुट्न गैरसरकारी संघ–संस्थालाई आग्रह भोटेकोशी बाढीपीडितको उद्धार र राहतलाई पहिलो प्राथमिकता दिन सरकारसँग लिङ्देनको आग्रह लेन्दे खोला थुनिएकाले बाढी आएको अनुमान,भोटेकोसी–त्रिशूलीमा अझै जोखिम रसुवामा बाढी प्रभावितको उद्धार र राहत तीव्र, १२ जनाको उद्धार भोटेकोशी बाढीः क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद रसुवा बाढीमा मालवाहक सवारीसाधनसहित व्यवसायी र मजदुर सम्पर्कविहीन, उच्च सतर्कता अपनाउन ट्रक महासंघको आग्रह बाढी प्रभावित क्षेत्रका सांसदसँग प्रधानमन्त्री शाहको परामर्श
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवा बाढी प्रभावितको उपचारका लागि काठमाडौँका ६ अस्पताल तयारी अवस्थामा



अ+ अ-

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावित तथा घाइतेको उपचारका लागि काठमाडौँका ६ वटा अस्पताललाई तयारी अवस्थामा राखिएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा घाइते हुनेहरूको उपचारका लागि काठमाडौँका प्रमुख अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको जनाएको हो।

मन्त्रालयका अनुसार वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, निजामती कर्मचारी अस्पताल र नेपाल प्रहरी अस्पताललाई बाढी प्रभावितको उपचारका लागि तयारी अवस्थामा राखिएको छ।

बाढीका कारण घाइते तथा बिरामीलाई आवश्यकताअनुसार तत्काल काठमाडौँ ल्याएर उपचार गर्न सकिने गरी अस्पतालहरूलाई तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ। साथै, आपत्कालीन स्वास्थ्य सेवा व्यवस्थापनलाई प्रभावकारी बनाउन स्वास्थ्य संयन्त्रलाई समेत सक्रिय बनाइएको छ।